Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

एकै थलोमा अग्रज र अनुज कलाकार

खबरडबली संवाददाता

कास्की । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए । उनीसँगै अन्य कलाकार पनि त्यहीँ थिए । शनिबार उनीहरु सबैले विन्ध्यवासिनीबाट देखिएको दृश्य क्यानभासमा उतार्दै थिए । वात्स्यायनको अनुभव र उनको कलासँग अग्रज र अनुज कलाकार भलाकुसारी गरिरहेको भेटिन्थ्यो ।

अग्रज र अनुज कलाकारलाई एकै थलोमा भेट गराउने चाँजोपाँजो पोखरेली युवा सांस्कृतिक परिवारले मिलाएको थियो । अनुभवी र सिक्दै गरेका कलाकारलाई समेट्दै पोखरेली युवा सांस्कृतिक परिवार ६१औँ शृङ्खलाको ‘समता कला कार्यशाला’ गरिरहेको थियो । बिहान १०ः३० बजे निर्धारित समयमै कार्यक्रम सुरु भयो ।

उपस्थित कलाकार क्यानभास, स्ट्यान्ड, रङ, पानी, पेन्सिल, ब्रस चलाउनमै व्यस्त थिए । पानी रङमा खेल्नेहरूले पेन्सिलको डोबमाथि रङ लगाउँदै थिए । एक्रेलिक चित्र कोर्ने पनि व्यस्त रहे । करिब दुई घन्टाको अन्तरालमा सबैले सुन्दर चित्र तयार गरे । अनि विन्ध्यवासिनीमा पुगेका भक्तजन र दर्शकका लागि प्रदर्शन गरियो ।

अग्रज र अनुजको एकैथलोमा बसेर चित्र कोर्दा कोही सानो–ठूलो त थिएनन् । तर अनुभवीसँग रहँदा अनुजलाई राम्रै फाइदा भयो । वात्स्यायनसँगै अग्रज कलाकार बुद्धि गुरुङ, मनोज तामाङ, रिक गुरुङ, थम्मनसिंह सुनार, दलबहादुर गुरुङ, एलिता गुरुङ, निशान थापालगायत दुई दर्जन कलाकार लकडाउनपछि भौतिकरूपमै सहभागी भएर चित्र कोरेकाले सबै खुसी थिए ।

समता कला कार्यशालाले यसरी अग्रज र अनुजलाई एउटै थलोमा काम गर्ने अवसर दिँदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाएको कलाकार निशान थापाले बताए । ‘हामीलाई सबै कुरा थाहा हुँदैन । अग्रजसँगै काम गर्दा उहाँहरूको अनुभव र टेक्निकले नयाँ कुरा सिर्जना गराउन सघाउँछ’, उनले भने, ‘पोखरेली युवा सांस्कृतिक परिवारले जस्तै अरु संस्थाले पनि यसरी अग्रज र अनुज एकै ठाउँमा चित्र कोर्ने वातावरण मिलाउनुपर्छ ।’

वरिष्ठ कलाकार वात्स्यायानले समता कला पाठशालाले पोखरामा छरिएर रहेका कलाकारलाई एकै ठाउँमा ल्याउने काम गरेको बताए । सुरुमा ग्रामीण भेगमा गएर त्यहाँको प्रकृति, संस्कृति र भूगोल चित्रमा उतार्ने काम गरिएकाले पोखरालाई पानीरङको पाठशालाका रूपमा चिनाएको उनले सम्झिए । उनले भने, ‘पोखरा पानी रङको सहरमा त चिनियो नै गाउँ–गाउँमा गएर त्यहाँको प्रकृति, संस्कृति र भूगोल चित्रमा उतार्दा कलाकारको आर्यआर्जनको बाटो पनि खुल्यो ।’

पछिल्लो समय पानीरङ छाडेर एक्रेलिकतर्फ कलाकार र ग्राहक आकर्षित भएकाले पानी रङको महत्व बुझाउनुपर्ने वात्स्यायानको सुझाव थियो । ‘पछिल्लो समय पानीरङ छाडेर एक्रेलिकतर्फ कलाकार र ग्राहक आकर्षित छन् । एक्रेलिकमा पनि जान पाइयो तर पानीरङलाई मर्न दिनु भएन’, उनले भने, ’एक्रेलिक राम्रो भन्ने ग्राहकको मानसिकता हटाउन कलाकार नै लाग्नुपर्छ । यसका लागि राम्रो कागज र रङ प्रयोग गर्नुपर्यो ।’ कलाकारले नयाँ–नयाँ तरिका सिक्नुपर्ने जनाउँदै उनले पोखरेली चित्रकलालाई अझै सुधार्दै जानुपर्ने उनको भनाइ छ ।

कलाकार बुद्धि गुरुङले २०४२ सालदेखि पोखरेली कलाकार गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेको बताए । उनले भने, ‘लामो समयदेखि समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिँदा नयाँ कलाकारले आफूलाई निखार्ने अवसर पाएका छन् ।’

पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार कवि तीर्थ श्रेष्ठले कलाको विकासका लागि अरुको भर परेर होइन, आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनुपर्ने बताए। उनले कला कार्यशालामा कोरिएका चित्र प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससमक्ष लैजान आग्रह गरे ।

पोखरेली युवा सांस्कृतिक परिवार प्रत्येक तीन महिनाको तेस्रो शनिबार समता कला कार्यशाला सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए । उनले आगामी दिनमा अझ चुस्तदुरुस्त र व्यवस्थित कला कार्यशाला आयोजना गरिने जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending