Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

एकै थलोमा अग्रज र अनुज कलाकार

खबरडबली संवाददाता

कास्की । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए । उनीसँगै अन्य कलाकार पनि त्यहीँ थिए । शनिबार उनीहरु सबैले विन्ध्यवासिनीबाट देखिएको दृश्य क्यानभासमा उतार्दै थिए । वात्स्यायनको अनुभव र उनको कलासँग अग्रज र अनुज कलाकार भलाकुसारी गरिरहेको भेटिन्थ्यो ।

अग्रज र अनुज कलाकारलाई एकै थलोमा भेट गराउने चाँजोपाँजो पोखरेली युवा सांस्कृतिक परिवारले मिलाएको थियो । अनुभवी र सिक्दै गरेका कलाकारलाई समेट्दै पोखरेली युवा सांस्कृतिक परिवार ६१औँ शृङ्खलाको ‘समता कला कार्यशाला’ गरिरहेको थियो । बिहान १०ः३० बजे निर्धारित समयमै कार्यक्रम सुरु भयो ।

उपस्थित कलाकार क्यानभास, स्ट्यान्ड, रङ, पानी, पेन्सिल, ब्रस चलाउनमै व्यस्त थिए । पानी रङमा खेल्नेहरूले पेन्सिलको डोबमाथि रङ लगाउँदै थिए । एक्रेलिक चित्र कोर्ने पनि व्यस्त रहे । करिब दुई घन्टाको अन्तरालमा सबैले सुन्दर चित्र तयार गरे । अनि विन्ध्यवासिनीमा पुगेका भक्तजन र दर्शकका लागि प्रदर्शन गरियो ।

अग्रज र अनुजको एकैथलोमा बसेर चित्र कोर्दा कोही सानो–ठूलो त थिएनन् । तर अनुभवीसँग रहँदा अनुजलाई राम्रै फाइदा भयो । वात्स्यायनसँगै अग्रज कलाकार बुद्धि गुरुङ, मनोज तामाङ, रिक गुरुङ, थम्मनसिंह सुनार, दलबहादुर गुरुङ, एलिता गुरुङ, निशान थापालगायत दुई दर्जन कलाकार लकडाउनपछि भौतिकरूपमै सहभागी भएर चित्र कोरेकाले सबै खुसी थिए ।

समता कला कार्यशालाले यसरी अग्रज र अनुजलाई एउटै थलोमा काम गर्ने अवसर दिँदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाएको कलाकार निशान थापाले बताए । ‘हामीलाई सबै कुरा थाहा हुँदैन । अग्रजसँगै काम गर्दा उहाँहरूको अनुभव र टेक्निकले नयाँ कुरा सिर्जना गराउन सघाउँछ’, उनले भने, ‘पोखरेली युवा सांस्कृतिक परिवारले जस्तै अरु संस्थाले पनि यसरी अग्रज र अनुज एकै ठाउँमा चित्र कोर्ने वातावरण मिलाउनुपर्छ ।’

वरिष्ठ कलाकार वात्स्यायानले समता कला पाठशालाले पोखरामा छरिएर रहेका कलाकारलाई एकै ठाउँमा ल्याउने काम गरेको बताए । सुरुमा ग्रामीण भेगमा गएर त्यहाँको प्रकृति, संस्कृति र भूगोल चित्रमा उतार्ने काम गरिएकाले पोखरालाई पानीरङको पाठशालाका रूपमा चिनाएको उनले सम्झिए । उनले भने, ‘पोखरा पानी रङको सहरमा त चिनियो नै गाउँ–गाउँमा गएर त्यहाँको प्रकृति, संस्कृति र भूगोल चित्रमा उतार्दा कलाकारको आर्यआर्जनको बाटो पनि खुल्यो ।’

पछिल्लो समय पानीरङ छाडेर एक्रेलिकतर्फ कलाकार र ग्राहक आकर्षित भएकाले पानी रङको महत्व बुझाउनुपर्ने वात्स्यायानको सुझाव थियो । ‘पछिल्लो समय पानीरङ छाडेर एक्रेलिकतर्फ कलाकार र ग्राहक आकर्षित छन् । एक्रेलिकमा पनि जान पाइयो तर पानीरङलाई मर्न दिनु भएन’, उनले भने, ’एक्रेलिक राम्रो भन्ने ग्राहकको मानसिकता हटाउन कलाकार नै लाग्नुपर्छ । यसका लागि राम्रो कागज र रङ प्रयोग गर्नुपर्यो ।’ कलाकारले नयाँ–नयाँ तरिका सिक्नुपर्ने जनाउँदै उनले पोखरेली चित्रकलालाई अझै सुधार्दै जानुपर्ने उनको भनाइ छ ।

कलाकार बुद्धि गुरुङले २०४२ सालदेखि पोखरेली कलाकार गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेको बताए । उनले भने, ‘लामो समयदेखि समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिँदा नयाँ कलाकारले आफूलाई निखार्ने अवसर पाएका छन् ।’

पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार कवि तीर्थ श्रेष्ठले कलाको विकासका लागि अरुको भर परेर होइन, आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनुपर्ने बताए। उनले कला कार्यशालामा कोरिएका चित्र प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससमक्ष लैजान आग्रह गरे ।

पोखरेली युवा सांस्कृतिक परिवार प्रत्येक तीन महिनाको तेस्रो शनिबार समता कला कार्यशाला सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए । उनले आगामी दिनमा अझ चुस्तदुरुस्त र व्यवस्थित कला कार्यशाला आयोजना गरिने जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending