Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

गोलाप्रथा पेसीले बिचौलियामा छटपटाहट

खबरडवली संवाददाता
काठमाडौं । करिब सात वर्षको न्याय सम्पादनसँगै प्रधानन्यायाधीशको समेत जिम्मेवारी पूरा गरेर हरिकृष्ण कार्की शुक्रबार सेवानिवृत्त भएका छन् । न्यायपालिकाका धेरै उतारचढावबीच न्यायाधीश हुँदै प्रधानन्यायाधीश बनेका कार्की सर्वोच्च अदालतबाट औपचारिक रूपमा बिदा भएका हुन् । अब कायममुकायम (कामु) प्रधानन्यायाधीशका रूपमा विश्वम्भरप्रसाद श्रेष्ठ न्यायालयको जिम्मेवारीमा आउनेछन् । जाँदाजाँदै कार्कीले न्यायिक स्वतन्त्रता अक्षुण्ण राख्नुलाई न्यायपालिकाको प्रमुख चुनौतीका रूपमा औल्याएका छन् । उनले राज्यका सबै निकायले लोकतन्त्रको स्थायित्वका लागि भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् । ३० औं प्रधानन्यायाधीश बनेका कार्की छोटो समय अर्थात् ५० दिन पूर्ण जिम्मेवारीमा रहे । ६ महिना कामुको भूमिका निभाएपछि प्रधानन्यायाधीशको जिम्मेवारी वहन गरेका उनले सेवानिवृत्त हुँदा एउटा ठुलो बोझ बिसाएको महसुस भएको बताएका छन् । शुक्रबार दिउँसो सर्वोच्च अदालतमा प्रधानन्यायाधीशकै कुर्सीमै भेटिएका उनले से वानिवृत्त हुँदा मन हलुका भइरहेको बताए । 'मन चंगा भएको छ । एउटा बोझ बिसाएजस्तै लागेको छ,' उनले भने । महान्यायाधिवक्ताको कानुन व्यवसायमा लामो समय बिताएका कार्कीले नेपाल बार एसोसिएसनको अध्यक्ष, जिम्मेवारी वहन गरिसकेपछि सर्वोच्च अदालतमा न्यायाधीशको नियुक्ति पाएका थिए । नियुक्ति हुँदा उनीमाथि जुन किसिमको राजनीतिक लेपन लगाइएको थियो, आफूले न्याय सम्पादनका क्रममा त्यसको प्रभाव पर्न नदिएको दाबी गरे। उनले आफूले इमानदारीसाथ न्याय सम्पादन गरेको जिकिर गरे । कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा आउनुअघि अर्थात् न्यायाधीश रहँदा कार्कीको संयोजकत्वमा बनेको समितिले न्यायपालिका विकृति, विसंगति, भ्रष्टाचार, बिचौलिया अन्त्यका लागि एउटा प्रतिवेदन पनि तयार भएको थियो। न्यायापालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नु पर्ने प्रभावकारी उपायहरूका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन दिन उनको नेतृत्वमा समिति बनाइएको थियो। समितिले दिएको त्यही प्रतिवेदनकै कारण न्यायालयमा गोला प्रक्रियाबाट मुद्दाका दैनिक पेसी तोक्ने परिपाटी बसेको थियो। गोला प्रक्रियाबाट पेसी तोक्दा बिचौलियाहरू नराम्रोसँग छटपटाएको कार्कीको बुझाइ छ। अब गोला प्रक्रियाबाट ‘स्वचालित पेसी’ तोक्ने प्रणालीमा न्यायालय जानुपर्ने सुझाव उनले दिएका छन्। ‘बेन्च सपिङ’को आरोप खेपेको अदालतमा मुद्दाको दैनिक सूची गोला प्रक्रियाबाट तोक्न थालिएपछि प्रणालीगत रूपमा हुने भ्रष्टाचार रोकिएको कार्कीले बताए। यो समाचार नागरिक दैनिकमा छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending