Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

भक्तपुरका पोखरी चिनाउन सम्पदा पदयात्रा

खबरडबली संवाददाता

भक्तपुर । ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ आज भक्तपुरमा सम्पदा पदयात्रा गरिएको छ । 

भक्तपुर नगरपालिकाले ऐतिहासिक एवं सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाबारे परिचित गराउने र सम्पदा संरक्षणकार्यमा उत्साहित गर्ने उद्देश्यले सो पदयात्रा आयोजना गरिएको जनाएको छ ।

नगरपालिकाको वडा नं ९ स्थित लामग: पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा–ग्वंग पुखु–क्वाठडौँ पुखु–तिनाछें–सलां गणेश पुखु–बसिकुलां नाग पुखु–दुगुमला–भोलाछें पुखु–अंचा पुखु– ब्यासी पुखु– ख्यो पुखु ९धवाहिटी पुखु० कालदह पुखु– न: पुखु– त: पुखु (सिद्ध पोखरी) हुँदै सल्लाघारीस्थित न्हुपुखु (रानी पोखरी) मा पुगेर समापन भएको थियो ।

नगरपालिकाले यसअघि पनि सम्पदाको प्रचारप्रसार गरी पर्यटन उद्योगको प्रवर्द्धनका लागि पटक–पटक सांस्कृतिक सम्पदा पदयात्रा गरिसकेको छ । यसपटकको सम्पदा पदयात्राको मुख्य उद्देश्य नगरका पोखरी पर्यटकलाई परिचित गराउनु रहेको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।

“यहाँका सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र पुर्खाले सिर्जेको सम्पत्तिलाई जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने नीति नगरपालिकाले लिँदै आएको छ । भक्तपुर महोत्सवको तयारीका रूपमा पनि सम्पदा पदयात्रा कार्यक्रमलाई विशेष महत्वका साथ अगाडि बढाइएको हो, उनले भने ।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरभित्रका पोखरीको उपयोगिताबारे प्रष्ट पार्दै पोखरी ऐतिहासिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण सम्पदाका रूपमा रहेको बताए । “पुरानो सम्पदालाई नयाँ किसिमले उपयोग गर्ने नगरपालिकाको सोच छ । पोखरीले वरिपरिको वातावरण सफा र स्वच्छ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ”, उनले भने ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले मानव सभ्यताको विकास सँगसँगै मूर्त र अमूर्त सम्पदाको विकास भएको बताउँदैै यस किसिमको कार्यक्रमले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पदयात्राको क्रममा सांस्कृतिक झाँकी प्रदर्शन गर्नुका साथै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनको प्रदर्शनी तथा बिक्री केन्द्रसमेत राखिएको थियो । 

पदयात्रामा स्थानीय बाजागाजा र सांस्कृतिक झाँकीसहित मौलिक पहिरनमा सहभागी भएका थिए । पदयात्रालाई ठाउँ–ठाउँमा स्थानीयले स्वागतसमेत गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...

काठ निकासी घुस प्रकरण : ३ जनालाई कैद र जरिवानाको फैसला

काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...

नेकपा जोगाउन खोज्दा एमालेमा जाँदैछ भनियो, अन्यायको मौन समर्थन गर्न सकिनँ : हरिबोल गजुरेल

काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...

मानुपातिक मतपरिणाम सार्वजनिक : कुन दलले कति मत पाए ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...

रास्वपाको दुई तिहाइमा ‘दुई सिट’को दूरी : यस्तो छ संसद्को नयाँ अंकगणित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...

सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE