Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

क्यानडामा चम्केका दुई क्रिकेटर

खबरडबली संवाददाता

काठमाडौं। अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने अहिले क्यानडामा छन्।

क्यानडाको घरेलु प्रतियोगिता खेल्दै गरेका उनीहरूले उपस्थिति मात्र जनाएका छैनन् सानदार प्रदर्शन गरिरहेका छन्। मोन्टरिएल टाइगर्समा आबद्ध दीपेन्द्रले हिजोको खेलमा उत्कृष्ठ लय पक्रिए। 
नेपालका दीपेन्द्रले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए। दीपेन्द्रले फिल्डिङमा दुई रन आउट र एक क्याच लिदै जित सहज बनाए। यता सन्दीप झनै चम्किएका छन्।    सर्रे जागुअर्समा आबद्ध उनले प्रतियोगिताकै सबैभन्दा बढी विकेट लिने खेलाडीमा पर्छन्।

राष्टिरय टीमबाट खेल्दा भने दीपेन्द्रको लय खच्किएको छ। यता सन्दीपको पनि सोही प्रतियोगितामा प्रस्तुति झनै उत्कृष्ठ छ।
हिजोको खेलमा ऐरीको उत्कृष्ट फिल्डिङमा मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडाको पहिलो एलिमिनेटर खेलमा ब्राम्पटन वल्भ्सलाई ९ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको छ।

जितको लागि १ सय ५ रनको सामान्य लक्ष्य टाइगर्सले १४।२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। टाइगर्सको जितमा कप्तान क्रिस लिन ४७ बलमा ७ चौका र ३ छक्कासहित ६३ रनमा नट आउट रहे। 

श्रीमन्था विजयरत्ने १५ बलमा २ चौकासहित १५ रनमै नट आउट रहे । मोहम्मद वासिम २४ बलमा २ छक्कासहित २३ रनमा आउट भए।

त्यसअघि वल्भस टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा १ सय ४ रनमा अल आउट भएको थियो । ओपनर आरोन जोनसनले २५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाए । उस्मान खान ११, कोलिन डी ग्रान्डहोम २० र मार्क च्यापम्यानले ११ रन बनाए ।

कार्लोस ब्रेथवेट र आयन खानले समान दुई विकेट लिए । दीपेन्द्रले फिल्डिङमा दुई रन आउट र एक क्याच लिदै जित सहज बनाए ।

ओपनर उस्मान खान कार्लोस ब्रेथवेटको बलमा दीपेन्द्रबाट समातिन पुगेका थिए । दीपेन्द्रले न्युजिल्यान्डका स्टार ब्याटर मार्क च्यापम्यानलाई ११ रनमा बोल्ड आउट गरेका थिए ।

दीपेन्द्रले न्युजिल्यान्डका अलराउन्डर समेत रहेका कोलिन डी ग्रान्डहोम तथा अष्ट्रेलियाका क्रिस गिनलाई विकेटकिपर श्रीमन्थाबाट रन आउट गराएका थिए ।

पहिलो क्वालिफायर खेलमा सन्दीप सम्मिलित सर्रे जागुअर्सले भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

टाइगर्स र नाइट्सबीच आज राती दोस्रो क्वालिफायर हुनेछ । उक्त खेलको विजेता टोलीले आइतबार सर्रेसँग उपाधिको लागि भिड्नेछ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE