स्याङ्जा । पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै आर्थिक वर्षमा ४२।६५ किमी सडक कालोपत्रे तथा ढलान गरेको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार विकास कार्यालय स्याङ्जाले आव २०७९/८० मा २२ किमि कालोपत्रे र २०.६५ किमि ढलान गरेको हो।
यहाँको अर्जुनचौपारी सडक ९गााउँपालिका–सदरमुकाम० छ किमि, मिर्दी–क्याक्मी–भिमाद–स्याङ्जा खण्ड १० किमि, नागडाँडा–कार्कीनेटा खण्ड स्तरोन्नति छ किमि पूर्वाधार कार्यालयले कालोपत्रे गरेको हो । पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख सन्तोष अर्यालले सडक कालोपत्रे २७ करोड छ लाख रुपियाँमा गरेको जानकारी दिए।
ढलानतर्फ दामाचौर–हिलामराङ–भिमाद सडक तीन किमि, शुक्लागण्डकी–दुलेगौँडा–चिसापानी ९गाउँपालिका केन्द्र जोड्ने० दुई किमिभन्दा बढी, बायटारी–उदियाँचौर–सेतीवेणी सडक एक किमि सडक ढलान गरेको अर्यालले बताए । यहाँका अन्य सडक ३० मिटरदेखि आधा किलोमिटरसम्म ढलान भएको पूर्वाधार कार्यालयले जनाएको छ।
यहाँ ढलानतर्फ ८२ करोड ९७ लाख रुपियाँ खर्च भएको बताउँदै अर्यालले स्थानीय स्रोत र देशमै उत्पादन भएको रड, सिमेन्ट प्रयोग गरेर ढलान गरिएको बताउनुभयो। इन्जिनियर दिपेश लिगलले स्याङ्जामा चालु आवमा धेरै सडक कालोपत्रे र ढलान हुने बताउनुभयो। आगामी आवका लागि १६ वटा सडक बहुवर्षीय रहेका र प्रदेश तथा सङ्घको बजेटसमेत धेरै रहेकाले कालोपत्रे र ढलानसमेत धेरै हुने लिगलले बताए । पूर्वाधारले ५३ वटा सडकको कटान, मेसिनरी वाल, नाला बनाएको छ। एउटा सडक पुल, तीन झोलुङ्गे पुल, तीन कल्भर्ट, पाँच वटा कजवे र दुई वटा भवनसमेत बनाएको हो । पूर्वाधारमा आएको एक अर्ब ५१ करोड आठ लाख ६६ हजार रुपियाँमा एक अर्ब एक करोड ८६ लाख १३ हजार रुपियाँ बराबरको प्रगति भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १३:३६
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...
फाल्गुन २७ गते, २०८२ - १३:३५
काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...
फाल्गुन २७ गते, २०८२ - १३:२२
काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...
फाल्गुन २७ गते, २०८२ - १३:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...
फाल्गुन २७ गते, २०८२ - १३:१७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...
फाल्गुन २७ गते, २०८२ - १०:२५
काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...



प्रतिकृया लेख्नुहोस्: