बनेपा । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई काठमाडौँ विश्वविद्यालयले रिसर्च फेलोसिपमा सिभिल इन्जिनियरिङ विषयमा पिएचडी अध्ययन गराउने निर्णय गरेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ विभागले विश्वविद्यालयको नीति अन्तर्गत रहेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई फेलोसिपमा भर्ना गर्ने निर्णय गरेको हो ।
‘काठमाडौँ विश्वविद्यालयको नीतिमा उल्लेख भए अनुसार विश्वविद्यालयले आवेदन गरेको अवधिमा अध्ययनका लागि निवेदन दिएका बालेन्द्र शाहलाई प्रक्रियामा सहभागी भई उर्तिण भएपछि विश्वविद्यालयको रिसर्च कमिटीले फेलोसिपसहित पिएचडी अध्ययनका लागि सहमति दिने निर्णय गरेको हो ।
बालेन्द्रसहित ६ जनाको आवेदन परेको थियो । दुई जना प्रक्रियामा नै सहभागी भएनन् । प्रक्रियामा सहभागी भएका चार जनाले पिएचडीका लागि अध्ययन गर्ने अवसर पाउने भएका छन् । बालेन्द्र बाहेक बाँकी फेलोसिपमा नरहेकेा विश्वविद्यालय सिभिल इन्जिनियरिङ विभागका प्रमुख श्यामसुन्दर खड्काले बताए ।
दुई जना डिपार्टमेन्टकै विद्यार्थी रहेकाे र एक जना बाहिरबाट भर्ना भएको उनले बताए । फ्रेबुअरी महिनाबाट सुरु भएको छनौट प्रक्रिया अगस्टमा सकिएको हो । विश्वविद्यालयले फेलोसिपको पत्र बुझाउन बाँकी भए पनि बालेन्द्र शाह औपचारिक रुपमा विश्वविद्यालयमा भर्नाका लागि योग्य भएको निर्णय गरिएको विभागीय प्रमुख खड्काले जानकारी दिए ।
बालेन्द्रले पिएचडीको अध्ययन डेढ वर्ष भित्र सक्नु पर्नेछ । ५ वटा कोर्स ३ वटा सेमेस्टरमा सक्नु पर्ने विश्वविद्यालयको नियम छ । प्रति हप्ता बालेन्द्रले कम्तीमा ९ घण्टा विश्वविद्यालयमा उपस्थित भएर कक्षा लिनु पर्नेछ । रिसर्च बाहेकका उक्त विषयहरु अध्ययनका लागि बालेन्द्रले समय व्यवस्थापन गर्ने गरी भर्ना हुन सहमत भएको विश्वविद्यालयले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...
आषाढ़ ११ गते, २०८३ - २०:२७
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...
आषाढ़ ११ गते, २०८३ - २०:२४
राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...
आषाढ़ ११ गते, २०८३ - २०:१५
काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...
आषाढ़ ११ गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...
आषाढ़ ११ गते, २०८३ - २०:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...
आषाढ़ ११ गते, २०८३ - १९:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...
आषाढ़ ११ गते, २०८३ - १९:४७
काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...
आषाढ़ ११ गते, २०८३ - १९:४३
काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...
आषाढ़ ११ गते, २०८३ - १९:३६
पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...



प्रतिकृया लेख्नुहोस्: