काठमाडाैं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति ४ सय ७ सदस्यीय पुगेको छ । माओवादी केन्द्रले पछिल्लोपटक २२ जना थप गरेर केन्द्रीय समिति सदस्यकाे संख्या ४०७ पुर्याएको हो।
थपिएका सदस्यहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । माओवादी केन्द्रले आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गिता शाही, छमकुमारी खनाललाई केन्द्रीय सदस्य थप गरेको हो।
यस्तै, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार पनि केन्द्रीय समितिमा थपिएका छन् भने सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक, शरू चौधरी पनि थपिएका केन्द्रीय सदस्य हुन्।
२०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्याउने निर्णय गरे पनि हालसम्म कार्यान्वयन भएको थिएन । बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पुर्याउन २२ जना थप्ने प्रस्ताव गरिएको थियो।
निर्वाचन आयोगमा दलका सदस्यहरूको विवरण बुझाइहाल्नुपर्ने भएकाले माओवादीलाई तत्काल केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पुर्याउनुपर्ने बाध्यता रहेकाे थियाे ।
त्यसका लागि २२ जना महिला थप्ने प्रस्ताव अध्यक्ष प्रचण्डले सांगठनिक प्रतिवेदनमा प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई केन्द्रीय समितिकाे बैठकले अनुमोदन गरेपछि केन्द्रीय कमिटीमा २२ महिला नेता थपिएका हुन्। त्यसअघि केन्द्रीय समिति ३८५ सदस्यीय थियो।
१७ गतदेखि चलेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमा धारणा राखिरहेका छन् । बिहीबारसम्म ७४ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए।
बैठक आइतबारसम्म चल्ने बताइएकाे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: