काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले 'बीबीसी हार्ड टक'लाई दिएको अन्तर्वार्तामा आफ्नो देशको सेना यसै वर्षको अन्त्यमा हुने निर्वाचनसँग "भयभीत भएको" बताएका छन्।
उनले "फासीवादीहरूले देशलाई अँध्यारो युगतर्फ" धकेलिरहेको बताए। सन् २०१८ मा प्रधानमन्त्री बनेका खानले चार वर्षभन्दा कम समय शासन गरेका थिए। गत वर्ष संसद् प्रस्तुत अविश्वासको प्रस्तावमा बहुमत सिद्ध गर्न नसकेपछि उनको बहिर्गमन भएको थियो।
पर्यवेक्षकहरूले देशको शक्तिशाली सेनाको समर्थन गुमाउनु उनको सत्ता ढल्नुको प्रमुख कारण रहेको बताउने गरेका छन्। पाकिस्तानको सत्तामा दशकौँदेखो देशको सेनाको दह्रो पकड रहेको छ।
खानले उनको पाकिस्तान तारिक-इ-इन्साफ (पीटीआई) दल "सैन्य तानाशाहहरूले गठन नगरेको एकमात्र दल" भएको बताउने गरेका छन्। त्यही भएर आफ्नो दललाई विघटन गराउने अभियान चलिरहेको आरोप उनले लगाएका छन्।
तर धेरै आलोचकहरूले सत्तामा आउने क्रममा उनले सेनाको समर्थन प्राप्त गरेको टिप्पणी गर्ने गरेका छन्। पछिल्ला महिनाहरूमा उक्त दल छाड्नेहरूको सङ्ख्या उल्लेख्य देखिएको छ भने कैयौँ प्रभावशाली सदस्यहरू पक्राउ परेका छन्।
तर खानले आफ्नो दल एकताबद्ध रहेको दाबी गरेका छन्। बीबीसीका स्टीभन साकरसँगको अन्तर्वार्तामा उनले भने, “संस्थापन खुल्लमखुल्ला हामीविरुद्ध गइरहँदा, हामीलाई विघटन गर्ने प्रयास गरिरहँदा र हामी सरकारबाट बाहिर भएको अवस्थामा कसरी हामीले उपनिर्वाचनमा ३७ मध्ये ३० निर्वाचन क्षेत्रमा जित्यौँ?”
उनले सत्ताबाट हटाइएपछि आफ्नो दल कमजोर हुने अपेक्षा संस्थापन पक्षले गरेको बताए। “सामान्यतया केही समय तपाईँ सत्ताबाट बाहिर हुनुभयो भने यस्तो हुन्छ। तर के भयो भने हाम्रो दलको लोकप्रियता बढिरह्यो।”
“उनीहरूले सबै प्रयास गरेका छन्। उनीहरूले १०,००० मानिसलाई जेल हालेका छन् जसमा महिला र शान्तिपूर्वक प्रदर्शन गर्नेहरू पनि छन्। अनि सबैभन्दा खराब कुरा के भने उनीहरूले यातना दिएका छन्,” खानले भने। उनका अनुसार विपक्षीहरूले दाबी गरेको जस्तै यदि उनको "समाप्त भएको भए" सरकारले चुनावको मिति घोषणा गरिसक्थ्यो।
खानका समर्थकहरूले उनलाई "भ्रष्टाचारबाट मुक्त एक राजनीतिक बाहिरिया" का रूपमा लिने गर्छन्। उनीहरूले सेनाले खानबाट पदबाट हटाउने षड्यन्त्र गरेको आरोप लगाउने गरेका छन्। तर सेनाले उक्त आरोप अस्वीकार गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: