विराटनगर। साउन ४ गते भारत सरकारले बास्मतीबाहेक अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा समेत परेको छ । नजिकिँदै गरेको चाडपर्वमा बढी खपत हुने चामल अभाव हुन नदिन तत्काल भारत सरकारसँग अनुरोध गरेर २ लाख मेट्रिक टन धान आयात गर्नुपर्ने व्यवसायी बताउँछन् ।
उनीहरूले यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराइसकेका छन् । गतवर्ष भारतले ६ लाख मेट्रिक टन धान नेपाललाई दिएको थियो । गतवर्षको कोटा साउन १६ गते सकिएको छ ।
नेपाल चामल–तेल–दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले नेपालमा चामल अभाव हुन नदिन भारत सरकारसँग कूटनीतिक तहबाट अनुरोध गरी तत्काल २ लाख टन धान आयात गर्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र बुझाएका छन् । नेपालको घरेलु माग पूरा गर्न वार्षिक १० लाख मेट्रिक टन धान आयात गर्नुपर्ने दुगडले बताए ।
भारतले नेपालमा मात्रै धान निकासी गर्छ । अन्य देशमा चामल निकासी गर्छ । नयाँ दिल्लीले खाद्यसुरक्षाको जोखिम रहेको भन्दै चामल निकासीमा प्रतिबन्ध लगाएको हो । यो खबर फैलिएपछि नेपालमा चामलको भाउ बढिसकेको छ ।
नेपालको नयाँ धान मङ्सिरमा आउने भएकाले तत्काल २ लाख मेट्रिक टन आयात गर्नुपर्ने दुगड बताउँछन् । ‘भारतबाट चामलभन्दा धान नै आयात गर्दा नेपाललाई फाइदा हुने उनको भनाइ छ । ‘धान ल्याउँदा यहाँका ४० ठूला र ५०० साना धान मिल सञ्चालन हुन्छन्, त्यसले रोजगारी र राजस्वसमेत बढ्छ,’ दुगडले भने । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: