Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

वन मन्त्रालय अन्तर्गतको निकुञ्ज विभाग: एक वर्षमा के-के काम भए ?

खबरडबली संवाददाता

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत आर्थिक वर्षमा महत्वपूर्ण नीतिगत तथा अन्य महत्वपूर्ण काम भएको जनाएको छ । विभागमा आर्थिक वर्ष २०७९/८० मा विभिन्न नीतिगत निर्णय गरी कार्यान्वयनमा लगिएको, राष्ट्रिय र अन्तर्राष्ट्रिय संरक्षणका कार्यक्रम गर्नाका साथै विभिन्न सहयोग जुटाउन सफल भएको जनाएको छ ।

यस अवधिमा विभागले संरक्षित क्षेत्र व्यवस्थापन रणनीति २०२२/२०३०, वन्यजन्तु अपराध नियन्त्रण आदेश, २०८० र वन्यजन्तु राहत निर्देशिका, २०८० तर्जुमा गरी कार्यान्वयनमा ल्याएकोे छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रमलाई आर्थिक वर्षको सुरूमै खर्च गर्नेगरी योजना तर्जुमा गरिएको, राष्ट्रिय निकुञ्ज तथा आरक्षमा काम गर्ने करिब दुई हजार कर्मचारीको दुर्घटना बीमाको व्यवस्था गरिएको विभागको तथ्याङ्क छ । विसं २०७९ साउन २० गतेदेखि यही साउन १० गतेसम्म विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका डा। महेश्वर ढकालले विभागलाई थप उचाइ र फराकिलो बनाउन तथा विगतको विरासतलाई अझै खदिलो बनाउन इमान्दार प्रयास गरिएको बताए ।

विभागमा कार्यरत कर्मचारीका लागि स्थलगत उपकरण उपलब्ध गराउने गरी आयोजना तयारी गरिएको र सो आयोजना अक्टोबर २०२३ सम्म कार्यान्वयन हुने उनको भनाइ थियो । यसैगरी जिइएफ–८ साइकल ९डब्लुआइडी विन्डो० अन्तर्गत वन्यजन्तु संरक्षण र सहअस्तित्वसम्बन्धी पाँच मिलियन अमेरिकी डलर बराबरको आयोजना (तयारीका क्रममा रहेको) छ । साथै सोही आयोजनाको (ग्रिड विन्डो( अन्तर्गत वन्यजन्तु मैत्री तथा जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्न क्षमता अभिवृद्धिका लागि करिब चार मिलियन अमेरिकी डलर तयारीका क्रममा रहेको छ ।  

सहसचिव डा ढकालले जि टु जी योजनाअन्तर्गत युएसएआइडीको सहकार्यमा संरक्षित क्षेत्र व्यवस्थापन तथा जैविक विविधता व्यवस्थापनसम्बन्धी आयोजना तयारीका क्रममा रहेको जानकारी गराए । यस अवधिमा विभागले युएसएआइडी जैविक विविधता ९जलजङ्गल० आयोजना तथा विभागको समन्वय र सहकार्यमा गैँडा पाइने एशियन देश र सरोकारवालाबीच अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको छ ।
त्यस्तै गिद्ध पाइने एशियन देश र सरोकारवाला सम्मिलित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको, वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्याशाला गोष्ठी आयोजना गरिएको, राष्ट्रिय बाघ संरक्षण कार्ययोजना ९२०२३–२०२७० तयार गरिएको, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा गौरीशङ्कर र कृष्णसार संरक्षण क्षेत्रको व्यवस्थापन योजना तयार गरी र स्वीकृत गरिएको उनले बताए ।

विभागअन्तर्गत यस अवधिमा आव २०७८/२०७९ मा रु ३५ करोड राजस्व उठेकामा आव २०७९/२०८० मा रु ७४ करोड राजस्व उठाउन सफल भइएको, गिद्ध संरक्षण कार्ययोजना (२०२३–२०२७)स्वीकृत भएको, साइटिसको १९ औँ सम्मेलनमा सरकारका तर्फबाट भाग लिई नेतृत्व प्रदान गरिएको, विगत पाँच वर्षदेखि रिक्त रहेका दुई सय ५० गेम स्काउट दरबन्दीको लोकसेवा आयोगबाट विज्ञापन गर्न सफल भएको, ४५ जनाभन्दा बढी कर्मचारीलाई वैदेशिक गोष्ठी, सेमिनार र तालिममार्फत क्षमता अभिवृद्धि गरिएको विभागको तथ्याङ्क छ ।  

विभागले यस अवधिमा वन्यजन्तु मैत्री पूर्वाधार नीति कार्यान्वयनसम्बन्धी सात प्रदेशमा प्रदेशस्तरीय कार्याशाला गोष्ठी आयोजना गरेको, संरक्षित क्षेत्रबाट लिने प्रवेश शुल्कका दररेट संशोधनका लागि प्रक्रिया सुरु गरेको, भारत सरकारले सुरु गरेको ठूला बिरालाका लागि अन्तर्राष्ट्रिय गठबन्धन फोरमको संस्थापक सदस्य बन्न समन्वय गरेको तथा विभाग मातहतमा रहेका विभिन्न तीन आयोजनाको ८० प्रतिशतभन्दा बढी वित्तिय प्रगति हासिल गरिएको मन्त्रालयका सहसचिव डा ढकालले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending