Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

उदयपुर जिल्लालाई अखण्ड राख्नुपर्ने सातदलको माग

उदयपुर । उदयपुर जिल्लाका मुख्य सात राजनीतिक दलहरुले उदयपुर जिल्लालाई अहिलेको १ नम्बर प्रदेशमा नै राख्नुपर्ने र कुनै पनि हालतमा टुक्र्याउन नहुने जिल्लागत रुपमा संयुक्त पार्टीगत निर्णय गरेका छन् । भर्खरै राज्यको सीमाङ्कनमा उदयपुर जिल्लालाई १ नम्बर प्रदेशमा राखिएकाले सोही कायम हुनुपर्ने र यदि उदयपुरलाई २ नम्बर प्रदेशमा गाभिए वा अन्य कुनै प्रदेशमा समावेश गरिए जिल्लाका सात राजनीतिकदलले जस्तोसुकै आन्दोलन गर्नपनि पछिनपर्ने निर्णय गरेका छन् । बिहीबार जिल्लाका मुख्य सात राजनीतिक दलहरुले नेपाली काँग्रेस उदयपुरको जिल्ला पार्टी कार्यालयमा भेला भई संयुक्तरुपमा यस्तो निर्णय गरेको सम्बन्धित दलका नेताहरुले बताएका छन् । अहिले सीमाङ्कन मिलाउने नाममा जिल्लाको तराईको चुरिया क्षेत्रको भाग काटेर २ नम्बर प्रदेशमा राख्ने षड्यन्त्र भइरहेको र जिल्लाको पहाडी भागमात्र १ नम्बर प्रदेशमा राख्ने योजना भएको भन्दै यस्तो कार्य हुनैनदिने सात राजनीतिक दलका नेताले प्रतिज्ञासमेत गरेका छन् । यसरी उदयपुरलाई १ नम्बर प्रदेशमा नै राख्नुपर्ने मागगर्ने मुख्य जिल्लाका राजनीतिक दलहरुमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, एकिकृत नेकपा ९माओवादी०, राष्ट्रिय जनमोर्चा नेपाल रहेका छन् । अन्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी, चुरेभावर राष्ट्रिय पार्टी र नेकपा ९माले० उदयपुर रहेको कुरा नेकपा ९एमाले० उदयपुरका अध्यक्ष ईश्वरमणि राउतले बताए । उदयपुरलाई अहिले १ नम्बर प्रदेशबाट २ नम्बर प्रदेशमा गाभ्ने माग भइरहेको, केही आन्दोलनकर्ताले उदयपुरलगायत सप्तरी, सिरहा, सुनसरी र मोरङ मिलाएर अर्को छुट्टै प्रदेश बनाउन पर्ने माग भइरहेको छ । यसरी उदयपुरलाई टुक्र्याउने माग हुन थालेपछि जिल्लाका मुख्य सात राजनीतिक दलहरुले यस्तो निर्णय गर्नुपरेको कुरा नेपाली काँग्रेस उदयपुरका जिल्ला पार्टी सभापति हिमाल कार्कीले बताए । कार्कीले भने –‘उदयपुरवासीलाई १ नम्बर प्रदेशमा नै रहन ठीक छ, बरु तराईका सप्तरी र सिरहा पनि १ नम्बर प्रदेशमा गाभिए राम्रो हुन्छ, तर उदयपुरलाई अन्यत्र गाभिएमा उदयपुरे चुप लाग्ने छैनन् ।’ यस्तै, एनेकपा ९माओवादी० उदयपुरका अध्यक्ष भीम अधिकारीले पनि यस विषयमा यसरी आफ्ना धारणा राख्नुभयो, ‘उदयपुर जिल्लालाई १ नम्बर प्रदेशमा रहन नै राम्रो छ, यसमा एकीकृत माओवादीले स्वागत गरेको छ, तर उदयपुरलाई सीमाङ्कन सुधार गर्ने बहानामा कुनै अन्य राज्यमा गाभिए आफूहरुलाई मान्य हुँदैन ।’ केही दिन यतादेखि मधेसवादी आन्दोलनकारीमध्ये संयुक्त मधेसी मोर्चाले उदयपुर जिल्लालाई पनि २ नम्बर प्रदेशअन्तर्गत तराईका अन्य आठ जिल्लासंगै राख्नुपर्ने माग गर्दै आएका छन् । यता, थारुहट संयुक्त सङ्घर्ष समितिले भने उदयपुर, सप्तरी, सिरहा, सुनसरी र मोरङलाई छुट्टै पूर्वी थारुहट प्रदेश बनाउनुपर्ने माग गर्दै आएका छन् । विभिन्न आन्दोलनकारीले उदयपुरलाई अन्यत्र गाभ्नुपर्ने माग गरिरहेको बेला बिहीबार जिल्लाका मुख्य ठूला राजनीतिक दलहरुले भने उदयपुरलाई १ नम्बर प्रदेशमा नै राख्नुपर्ने भनी संयुक्त हस्ताक्षर गरेका छन् । यसरी हस्ताक्षर गर्नेमा एकीकृत माओवादी उदयपुरका अध्यक्ष भीम अधिकारी, एमालेका जिल्ला अध्यक्ष ईश्वरमणि राउत,ट नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल कार्की रहेका छन् । अन्यमा नेकपा ९माले० उदयपुरका सहसचिव रामप्रसाद चौलागाईं, राष्ट्रिय जनमोर्चा उदयपुरका कोषाध्यक्ष जसी राई र चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष दिलीप निरौलाले अखण्ड उदयपुरमा संयुक्त हस्ताक्षर गरेको कुरा सम्बन्धित पदाधिकारीले बताए । उदयपुरलाई अखण्ड राख्न र १ नम्बर प्रदेशमा नै राख्न आफूहरुले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको कुरा सम्बन्धित पार्टीका नेताले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending