Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

संविधान निर्माण भदौभन्दा पर जाँदैनः मन्त्री रिजाल

\"1440140109578_AR-KTM-Mantriकाठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले संविधान निर्माणको काम भदौ मसान्तभन्दा पर नजाने दाबी गरेका छन् । लायन्स क्लब ३२५ ए वानले शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री रिजालले मस्यौदा समितिले आजभोलिमा नै मस्यौदा सभामुखसमक्ष बुझाउने र त्यसमा सैद्धान्तिक छलफलपछि विधेयक संशोधनका लागि संविधानसभामा छलफल गर्ने काम अगाडि बढ्ने भएकाले भदौ मसान्तसम्म जान सक्ने बताए । उनले सके सर्वसम्मतबाट अन्यथा दुई तिहाइबाट भए पनि देशलाई निकास दिन आवश्यक रहेको भन्दै आन्दोलनभन्दा पनि छलफल र वार्ताबाट निकास खोज्न विपक्षी दललाई आग्रह गरे । उनले भने –‘संविधानमा आफूलाई चित्त नबुझेका कुरा काट्दै जाने हो भने खाली कागज मात्र हुन्छ ।’ कार्यक्रममा लायन्स क्लब ३२५ ए वानका डिट्रिक गभर्नर लायन सुनिलभक्त श्रेष्ठले क्लब सेवाको भावनाका साथ अगाडि बढेको बताए । उनले सन् १९१७ मा अमेरिकामा स्थापना भएको क्लब अहिले विश्वका २१० मुलुकमा फैलिएको र १४ लाख सदस्य यसमा आबद्ध भएको जानकारी दिए । क्लबले देशमा हुने गरेको रगत अभावलाई मध्यनजर राख्दै त्रिभुवन विश्वविद्यालयले उपलब्ध गरेको तीन रोपनी जग्गामा एक करोड २५ लाखको लागतमा रक्तसञ्चार केन्द्र स्थापना गर्न लागेको छ । भूकम्पले गरेको क्षतिलाई मध्यनजर राखी क्लबले राहत सामग्रीमा रु एक करोड खर्च गरिसकेको र पुनःनिर्माणमा ४० करोडभन्दा बढी रकम खर्च गरिने जनाएको छ । पुनःनिर्माणमा खर्च गरिने रकमबाट एक हजार घर र तीन सय विद्यालय निर्माण गरिने लायन्सले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending