Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

खोलामा फोहोर फाल्नेलाई जरिवाना, सूचना दिनेलाई पुरस्कार

सांकेतिक तस्विर
खबरडबली संवाददाता
म्याग्दी । बेनी नगरपालिका–७ स्थित कालीगण्डकी र म्याग्दी नदी तथा सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ । सात नं वडा कार्यालयले वडा भेलाबाट भएको निर्णयअनुसार खोलामा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको हो ।
जिल्ला सदरमुकाम रहेको बेनी बजारको उक्त वडा भएर बग्ने म्याग्दी र कालीगण्डकी नदीको दोभान पनि छ ।  धार्मिक एवम् पर्यटकीय महत्वको कालीगण्डकी र म्याग्दी नदीको जैविक विविधता संरक्षण एवम् प्रदूषण न्यूनीकरण गर्न फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाइएको वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए  । 
“नगरपालिकाले घरघरमा गाडी पठाएर कुहिने र नकुहिने फोहोर विभाजन गरेर सङ्कलन गर्ने व्यवस्था मिलाए पनि अटेरी गरेर खोलामा फोहोर फाल्ने समस्या रहेकाले त्यसलाई हटाउन वडा भेलाबाट जरिवाना तिराउने नियम बनाएका हौ,” उनले भने, “फोहोर फाल्ने व्यक्ति र सम्बन्धित घरधनीलाई जरिवाना तथा सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका छौँ ।” 
फोहोर फाल्ने भाडावालालाई पहिलोपटक  रु एक हजार र दोस्रो पटक   दुई हजार, घरधनीलाई पहिलो पटक  दुई हजार र दोस्रो पटक रु चार हजार जरिवाना तोकिएको छ । तेस्रो पटक पनि फोहोर फालेको भेटिएमा घरधनीलाई छ महिना वडाले दिने सुविधा रोक्का राख्ने नियम बनाएर बेनी बजारको सार्वजनिक स्थलमा टाँसिएको छ । 
सूचना दिने व्यक्तिलाई जरिवानाको ५० प्रतिशत रकम पुरस्कार दिने पनि व्यवस्था मिलाइएको छ । हिन्दू धर्मावलम्बीहरुले भगवान् विष्णुका रूपमा पूजा गर्ने शालग्रामको शिला पाइने विश्वको एकमात्र कालीगण्डकी नदीमा सिधै फोहोर फालिँदा प्रदूषणको चपेटामा पर्दै आएको थियो । 
कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजन तथा जलयात्रा गर्ने पर्यटकहरु फोहोर तथा प्रदूषणका कारण पीडित भएका थिए । वडा कार्यालयले बर्खामा कालीगण्डकी र म्याग्दी नदीले बगाएर ल्याउने दाउरा सङ्कलन गरी विपन्न परिवारको दाहसंस्कारमा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ । 
 
यसैगरी कपडा बैंक पनि सञ्चालन गरिएको छ । प्रयोग गर्न योग्य तर लगाउन नचाहेको कपडा बजारवासीले बैंकमा लगेर जम्मा गर्छन् । विपन्न नागरिकले आवश्यक परेमा वडा कार्यालयमा सम्पर्क गरेर बैंकमा भएको कपडा लगेर प्रयोग गर्छन् । यस्तै धार्मिक र पौराणिक महत्वका चौतारी र पोखरी संरक्षण अभियान पनि सञ्चालन गरिएको छ । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending