काठमाडौँ । मिड सोलु हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गरेको छ । हाईड्रोपावरले आजबाट आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाखको कुल २० प्रतिशतले हुन आउने १४ लाख ९६ हजार ८ सय कित्ता साधारण सेयर निष्कासन गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत हुन आउने ७ करोड ४८ लाख ४० हजार रकम बराबरको ७ लाख ४८ हजार ४ सय कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि छ ।
सो सेयरमध्ये अति प्रभावित क्षेत्र मानिको सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्डको वडा नम्बर ३, ४, ५, ६, ७ र ११ का बासिन्दाका लागि ५ करोड ६१ लाख ३० हजार बराबरको ५ लाख ६१ हजार ३ सय कित्ता छुट्याईएको छ । त्यसबाहेक सोलुखुम्बु जिल्लाबासीका लागि १ करोड ८७ लाख १० हजार रुपैयाँ बराबरको १ लाख ८७ हजार १ सय कित्ता सेयर छुट्याईएको छ ।
सेयर खरिदका लागि आजबाट साउन २८ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा ९ दशमलब ५ मेघावाटको मध्य सोलु खोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । रन अफ रिभर प्रकृतिको यो आयोजनाको कुल लागत २ अर्ब ८ करोड ४१ लाख छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर निष्कासन गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: