काठमाडौं । नेपालमा सुनको आयात घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा सुनको आयात घटेको हो ।
अघिल्लो आर्थिक वर्ष नेपालमा ३५ अर्ब ६१ करोड रुपैयाँ बराबरको सुन आयात भएकाेमा गत आर्थिक वर्षमा जम्मा २२ अर्ब ३५ करोड रुपैयाँको सुन भित्रिएको छ । याे दुई वर्षकाे तुलना गर्दा नेपालमा १३ अर्ब २६ करोड रुपैयाँले सुनकाे आयात घटेकाे देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० मा अवधिमा २९ लाख १६ हजार ५८६ ग्राम सुन आयात भएको थियो । यस्तै, आयातबापत राज्यले २ अर्ब ५३ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको विभागकाे तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा ५० लाख ५३ हजार ग्राम सुन भित्रिँदा ४ अर्ब २९ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।
अघिल्लो आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब हाराहारीले सुनको आयात घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिए । बजारमा माग नहुँदा सुनको आयात घटेको उनकाे भनाइ छ । बजारमा माग नहुँदा समस्या आइरहेको र त्योभन्दा पनि ठूलो कोटा प्रणालीले समस्या पारिरहेको उनले बताए ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दैनिक २० किलो सुन आयातको कोटा लगाइएको भए पनि गत आर्थिक वर्ष भुक्तानी प्रणालीमै समस्या आउने देखेर केन्द्रीय बैंकले दैनिक १० किलो मात्रै सुन ल्याउन पाउने व्यवस्था गरेको थियो । यसले समेत सुन आयातमा गिरावट आएको महासंघले जनाएकाे छ ।
यसबाहेक, यतिबेला बजारमा माग नहुँदा समेत आयत घटेको शाक्यले बताए । उनका अनुसार जेठ महिनादेखि सुन आयात करिब–करिब ठप्प जस्तै भएकाले गत वर्ष २२ अर्बको मात्रै सुन भित्रिएको बताए ।
तर, यतिले मात्रै सुनको आयात नघटेको हुन सक्ने शङ्का गर्ने आधार पछिल्लो सुन तस्करी प्रकरणले समेत देखाएको छ । अघिल्लो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कडाइ गर्दा दैनिक ठुलो मात्रामा यात्रुहरूले सुन ल्याउने गरेको खुलेको थियो । तत्कालीन कार्यालय प्रमुख महेश भट्टराईले कडाइ गर्दा खाडीबाट नेपाल आउने यात्रुको साथबाट दैनिक २० किलोग्रामभन्दा बढी सुन आउने गरेको तथ्य फेला परेको थियो ।
यस्तै, राजश्व अनुसन्धान विभागले गरिरहेको पछिल्लो अनुसन्धानबाट समेत नयाँ तथ्य खुलेको छ ।हङकङबाट ब्रेक प्याडमा लुकाएर रेडी ट्रेड्सले कयौँ पटक सुन ल्याएको र अनुसन्धान गर्दै जाँदा सुन पगाल्ने फ्याक्ट्रीसम्मको तथ्य खुलिसकेको छ । यस्तै, यसअघि, चीनबाट भेप (विद्युतीय सिगरेट)मा लुकाएर सुन ल्याउने गरेको समेत भेटिएको थियो ।
यी आधारहरूले दैनिकरुपमा आउने १० किलोग्राम सुनले मात्रै स्वदेशी बजार नधान्ने जानकारहरुको भनाइ रहेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: