Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

लम्पी स्किनबाट मधेशमा दुई हजारभन्दा बढी पशु मरे

खबरडबली संवाददाता

जनकपुरधाम  । लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा दुई हजारभन्दा बढी पशु चौपायाको मुत्यु भएको तथ्याङ्कले देखाएको छ । सोमबार जनकपुरधामा एक कार्यक्रममा लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा दुई हजारभन्दा बढि गाईवस्तु सहितका पशुहरुको मुत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

सरकारले समयमै औषधि उपचारको उचित व्‍यवस्था गर्न नसक्दा किसानहरू क्षति बेहोर्न बाध्य छन् । मधेश प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी १ हजार १ सय १८ गाईभैँसी सहितका पशुको मृत्यु भएको हो भने पर्सामा सबैभन्दा कम दुई पशुको मृत्यु भएको छ। मधेश प्रदेशमा हालसम्म यो रोगबाट २ हजार २५ पशुको मृत्यु भइसकेको तथ्यांकले बताएको छ।

लम्पी स्किनका कारण सबैभन्दा बढी गाईगोरुको मृत्यु भएको देखिन्छ । मधेश प्रदेशका आठवटै जिल्लाहरुमा हालसम्म ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किन विरुद्वको खोप लगाई सकिएको समेत पशु अधिकृत चिकित्सक डा रञ्जित कुमार अधिकारीले बताए । अहिलेसम्म सप्तरी, सिरहा, महोतरी र पर्सामा खोप लगाउन सुरु गरिएको छैन भने सर्लाहीमा सबैभन्दा बढी १२ हजार ३ सय २५ पशुलाई खोप लगाइएको छ ।

सोमबार रोग विरुद्वको खोप अभियानलाई जनकपुरधाम स्थित सीताराम गाई गौशालामा समुद्‍घाटन गर्दै मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले मधेश सरकारले आठवटै जिल्लामा आठ-आठ हजारको दरले कुल ६४ हजार खोप पठाएको बताए ।

मन्त्री न्यौपानेले यो समस्या पहिलादेखि नै भए पनि अहिले भयावह भएको बताउदै यस्ता समस्याहरु दीर्घकालीन रुपमा समाधान गर्न सरकार पहल गर्ने बताए ।

स्थानीय सरकारहरुले समेत रोग विरुद्वको खोप आफनो पहलमा लगाइरहेको भए पनि प्रदेश सरकार अभियानका रुपमा खोप लगाउन सुरु गरेपछि रोग नियन्त्रण हुने विश्वास मधेश सरकारको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य समस्याका कारण प्रचण्ड सर्वदलीय बैठकमा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...

साइकलसँगै सडक किनारमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान सडक छेउमा शव देखिएको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो। जिल्...

पूर्वगृहमन्त्री गुरुङलाई क्लिनचिट, सम्पत्ति विवादमा समितिको प्रतिवेदन सार्वजनिक

​काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा परेर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। प...

रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ...

आजको कृषिउपजको थोक मूल्य सार्वजनिक, गाजर र च्याउ महँगो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...

पाँचथरमा गुरुङ, तनहुँमा बाँस्तोला र बाँकेमा श्रेष्ठ निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...

अवैध लागुऔषधसहित ११ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...

ईश्वरी हत्याको अभियोगमा थप ३ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...

प्रतिनिधि विवादले रास्वपा उदयपुर अधिवेशन प्रभावित, निर्वाचन प्रक्रिया स्थगित

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...

संसदीय गतिरोधबीच रास्वपाको पहल, रविले बोलाए सर्वदलीय बैठक

​काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending