Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

फेवातालमा पानीमुनिकाे ६७३ कित्ता जग्गा व्यक्तिको नाममा

खबरडबली संवाददाता

पोखरा ।  फेवा तालमा पानीमुनिकाे ६७३ कित्ता जग्गा  व्यक्तिको नाममा भन्दा सबैलाई अचमम लाग्न सक्छ । तर यथार्थ यही हो । 

पोखराकावासीका लागि भने यो विषय नौलो नभएपनि अन्य क्षेत्रका व्यक्तीका लागि भने यो विषय चाख लाग्दो हुन सक्छ । फेवा तालमा पानीले ढाकेको क्षेत्र भित्र साढे छ सय कित्ता भन्दा बढि पुर्जा सहितको जग्गा, व्यक्तीको नाममा रहेकेा छ ।

पहिलो पटक सन् १९५७ (२०१४ साल) मा फेवातालको सर्वेक्षण हुँदा इन्डियन सर्भेसँग सहकार्य भएको थियो । त्यसबेला फेवातालको क्षेत्रफल २२ हजार रोपनी थियो । तर, पाँच दशकपछि २०५८ सालमा भएको सर्वेक्षणमा फेवातालको ६० प्रतिशत क्षेत्र पुरिसकेको र कतिपय ठाउँमा अतिक्रमण समेत भएको पाइएको थियो । नापी विभागले २०६४ सालमा गरेको अध्ययन प्रतिवेदन अनुसार तालको गहिराई १८ मिटर, लम्बाई चार किलोमिटर, चौडाई १०० मिटर देखि दुई किलोमिटरसम्म रहेकेा  छ । 

जसअनुसार क्षेत्रफल ५.२३ वर्गकिलोमिटर, अर्थात् १० हजार २८० रोपनी मात्र हुन्छ । त्यसको पाँच वर्षपछि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ सालमा विश्वप्रकाश लामिछानेको संयोजकत्वमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न उच्चस्तरीय समिति बनाएको थियो। यो समितिले पनि तालको किनारबाट ६५ मिटर क्षेत्रमा पर्ने संरचना हटाउन सिफारिस गरेको थियो । उक्त समितिले १ हजार ६सय ९२ रोपनी जग्गा अतिक्रमण गरी व्यक्तिले दर्ता गरेको ठहर गरेको थियो।

त्यस्तै, इटालियन सर्भेयरले नाप्दा पनि तालको क्षेत्रफल यति नै थियो । भारतको सहयोगमा २०१७ सालमा निर्मित पार्दी बाँध ०३१ सालमा फुट्यो र फेवाको आधाभन्दा धेरै पानी बगेर गयो । कतिसम्म भने बाराही मन्दिर पनि हिँडेरै आवतजावत गर्न सक्ने अवस्था बन्यो । त्यही मौकामा पहुँचवालाले जग्गा कब्जा गर्न थाले । फेवाको जग्गामा आँखा गाडेर बसेकालाई यो स्वर्ण समय बन्यो । उनीहरूले जग्गा ओगट्न थाले ।

०३३–३४ मा नापी हुँदा उनीहरूले जग्गा दर्ता पनि गराए । यसरी फेवाको १हजार ६साय ९२ रोपनी जग्गा अतिक्रमण गरेर ६साय ७३ कित्तामा व्यक्तिका नाममा लालपूर्जा बन्यो । तर, युएनडिपीको सहयोगमा ०४१ मा बाँध पुनर्निर्माण भएपछि तालमा फेरि पानी भरियो र अतिक्रमण भएको जग्गा डुब्यो । फेवाताल आफ्नो सतहमा फर्कियो, तर सरकारले आफ्नो दायित्व पूरा नगर्दा यो सम्पूर्ण जग्गा अहिले सम्म व्यक्तिका नाममा छ ।

०३४ मा पञ्च सरकारले सर्भे गर्यो । कब्जा गरेको फेवाको जमिन त्यही मौकामा आफ्नो भन्दै व्यक्तिहरूले नम्बरी गराए ।०३४ को सर्भेमा व्यक्तिले अतिक्रमण गरी नम्बरी बनाएका जग्गा अहिले पनि तालमुनि छन् । तर, कसको कति जग्गा छ, पोखरा महानगरपालिका सँग तथ्यांक छैन । ताल भित्रकै जग्गा पानीले पुरे पनि वरिपरीको अतिक्रमित जग्गा भने आफ्नो बनाएर भोगचलन समेत गरिरहेका छन् ।

फेवातालको ६५ मिटर वरिपरि कुनै पनि पक्की संरचना बनाउन नपाउने नियम छ ।तर,संरचनाहरु हाल सम्म पनि बनिरहेका छन् । तत्कालिन लामिछाने नेतृत्वको आयोगले पञ्चायतकालदेखि सुरु भएको फेवा अतिक्रमण अन्त्य नभएको निष्कर्ष निकालेको थियो । लामिछाने आयोगले संविधान र ऐन समेत मिचेर ०३४ मा भएको नाप जाँचकै कारण राष्ट्रको धरोहर फेवाताल प्राकृतिक र मानवीय अतिक्रमण संकटमा परेको निष्कर्ष निकालेको थियो । 

उसले फेवातालको एक हजार ६ सय ९२ रोपनी जग्गाको दर्ता खारेजी गर्नुपर्ने र पाँच सय ४० रोपनीको हकमा १९९० देखि कमाइ खाँदै आएको देखिएकाले मुआब्जा दिएर सो जमिन पनि तालकै क्षेत्रफलमा ल्याउनुपर्नै सुझाब दिएको थियो । फेवातालमा मानवीय अतिक्रमण मात्रै होइन, प्राकृतिक अतिक्रमण पनि डरलाग्दो रहेकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समाचार लेखेकै कारण पत्रकार शिव ढुङ्गानालाई धम्की, विभिन्न निकायको ध्यानाकर्षण

ओखलढुंगा। समाचार लेखेकै कारण आफूलाई निरन्तर फोन र सामाजिक सञ्जालमार्फत धम्की आएको भन्दै पत्रकार शिव ढुङ्गानाले सार्वजनिक रूपमा ध्यानाकर्षण गराएका छन्।...

सिरहा कारागारभित्र भेटियो पेस्तोल, १३ कैदीबन्दी नियन्त्रणमा

काठमाडौँ  ।  सिरहा सदरमुकामस्थित कारागारभित्र एउटा कटुवा पेस्तोल र दुई वटा गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। जिल्ला ...

नेकपालाई सत्ता सुम्पन आह्वान गर्दै प्रचण्डको रास्वपामाथि प्रहार: होहल्लाले नयाँ हुँदैन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक अन्योलका बीच देशको नेतृत्व नेकपाले सम्हाल्नुपर्ने आवश्यकता रह...

बर्गद्धीका ११ शहीदको शिलालेख छ तर, न्यायको फाइल हरायो !

धानको खलोमा बगेको रगतको हिसाब कहिले ?

धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको निधन भएको छ । गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर...

जेनजी विद्रोहपछि पनि राजनीति किन उस्तै ?

काठमाडौं ।  चुनाव नजिकिँदै जाँदा नेपाली राजनीति असामान्य गतिमा फेरबदल भइरहेका बेला राजनीतिकशास्त्री सुचेता प्याकुरेलले भोट माग्ने शैली र सरकार चलाउने ...

अबको नेपालमा राति सुत्ने छुट छैन : विश्वप्रकाश शर्मा

चितवन   । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका कडा कदम आव...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको अध्यक्षमा नारायणकुमार श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा नारायणकुमार श्रेष्ठ निर्वाचित भएका छन्। राजधान...

बाल मृत्युदर गण्डकीमा अन्य प्रदेशभन्दा कम

गण्डकी । अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा बाल मृत्युदर कम रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्...

विद्युत् र सूचना सञ्चार प्रविधिमा पहुँच विस्तार

काठमाडौं ।  नेपालमा विद्युत् र सूचना सञ्चार प्रविधिमा पहुँच उल्लेख्य रूपमा विस्तार भएको राष्ट्रिय तथ्यांकको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१-८२ ले दे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE