हुम्ला । जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा मौसमी फ्लुका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । मौसममा आएको परिवर्तन र बर्खायाममा दूषित पानीको प्रयोगले गर्दा यस्ता खाले बिरामीको सङ्ख्या दैनिक वृद्धि भएको हो ।
चार दिनदेखि निमोनियाले थलिएकी सात वर्षे छोरीको अस्पतालमा उपचार गराई रहनुभएकी सिमकोट गाउँपालिका– ७ की धौली शाहीले अस्पतालमा बिरामी खचाखच भरिएको बताउनुभयो । उनले छोरीलाई श्वासप्रश्वासमा समस्या आउँदा उपचारका लागि अस्पताल लगिएको र चेकजाँचपछि चिकित्सकबाट निमोनिया भएको जानकारी प्राप्त भएको बताए ।
स्वास्थ्य सेवा कार्यालयकी निमित्त कार्यालय प्रमुख एवम् वरिष्ठ अनमी सरिता बोहराले एक साता यता अस्पतालमा उपचारका लागि आउने बिरामीहरू अधिकांश मौसमी फ्लुका रहेको बताए । मौसम परिवर्तनसँगै अस्पतालमा आउने बिरामीहरू मौसम फ्लुबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या उच्च रहेको हो । उनले सामान्य अवस्थामा अस्पतालको ओपिडी कक्षमा दैनिक साठी सत्तरी जनासम्म बिरामी आउने गरेको भएपनि पछिल्ला केही दिनयता एक सय ५० जनाभन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आउने गरेको बताए । उनले उच्च ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, वान्ता हुने र पेट दुख्ने, ज्वरो आउने, निमोनिया रोगको लक्षणसहितका बिरामी आउने गरेको बताए ।
सिजनल फ्लुबाट सङ्क्रमण भएको महसुस भएमा आराम गर्नुका साथै अपनाउनु पर्ने चिकित्सकको सुझाव छ । कतिपय बिरामीले चिकित्सकको सल्लाह बिनै एन्टिबायोटिक औषधिको सेवन गरेको समेत पाइएको मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक कैलाश लामाले बताए । चिकित्सक लामाले भाइरलको सङ्क्रमण हुनासाथ एन्टिबायोटिक औषधिको सेवन गर्नु उपयुक्त नहुने फ्लुको सङ्क्रमण भएका बिरामीले आराम गर्ने, झोलिलो र पोषिलो खानेकुराहरू खाने र सङ्क्रमण बढे तुरुन्तै स्वास्थ्य स्वास्थ्य संस्थामा जान आग्रह गरे ।
यसपटक सिजनल फ्लुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको छ । फ्लुबाट सङ्क्रमित हुने बिरामीहरू सुरुकै अवस्थामा भए औषधि सेवनको सिफारिस गरेर घर फर्काइएको भएपनि कतिपय बिरामीलाई भर्ना गरेर इन्जेक्सनको माध्यमबाट उपचार गर्नुपरेको छ । दैनिक २० जनासम्म भर्ना गर्नुपर्ने अवस्था आएपछि अस्पतालमा बेडको समेत समस्या हुने गरेको छ । जिल्ला अस्पताल १५ शय्या क्षमताको भएको कारण पनि समस्या भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: