कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ को अन्तिम गाउँ हो साँदल र कपुचे । सेती नदीको मुहान क्षेत्रका यी दुई गाउँ भौगोलिक रुपमा समेत विकट छन् । साँदल र कपुचेलाई झन विकट बनाएको छ सेती नदीले । हिउँदमा नदीमाथि बनाइएको बाँस र काठका फड्केबाट नदी वारपार गरे पनि बर्खामा भने स्थानीयवासीले नदी तर्न सास्ती बेर्होनुपर्दछ ।
पुल नहुँदा नदी वारपारका लागि घुमाउरो र अप्ठ्यारो बाटो हिँड्नुपर्दछ, एक घण्टाको समय लाग्छ । अहिले भने झोलुङ्गे पुल बनेसँगै स्थानीयको जीवनचर्यामा सहज बनेको छ । पुल बनेसँगै एक घण्टाको बाटो पाँच मिनेटमै वारपार गर्न सकिन्छ । स्थानीयवासीसमेत उत्साहित बनेका छन् ।
कपुजे र साँदल जोड्ने गरी सेती नदीमाथि ७९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो । यस पुलको निर्माण तीन महिनामै सम्पन्न भएको छ । पुलको विसं २०७९ चैत २० गतेदेखि काम सुरु भएकामा गत असार २६ गते निर्माण सकिएर सञ्चालनमा आएको हो ।
माछापुच्छ्रे–१ का सरोजकुमार गुरुङले झोलुङ्गे पुल निर्माणले साँदलका नागरिक प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो । उहाँका अनुसार विकट गाउँमा पुलबनेसँगै सुगममा परिणत भएको छ । उनले भने, “हिउँदयाममा अस्थायी व्यवस्था भए पनि वर्खामा यहाँका नागरिकले सेती वारपार गर्न ठूलो सास्ती र झन्झट थियो, समय पनि धेरै लाग्ने । अहिले झोलुङ्गे पुल बनेसँगै विकट गाउँ सुगम बनेको छ । स्थानीयको मुहारमा खुुसी छाएको छ ।”
पुल निर्माणका लागि माछापुच्छ्रे गाउँपालिकाले रु १७ लाख ७२ हजार ९९, टिविएसयु पोखराबाट रु १२ लाख १७ हजार बराबरका स्टिल पार्टस्, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट रु तीन लाख २० हजार एक सय ६९ र स्थानीय उपभोक्ताबाट जनश्रमदान रु एक लाख ८१ हजार तीन सय ६३ गरी कूल रु ३४ लाख ९१ हजार लागत रहेको माछापुच्छ्रे–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले गाउँपालिकाका विकट गाउँमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकतामा राखिएको बताए । उनले आवश्यकताका आधारमा पालिकाका अन्य वडामा समेत लागत साझेदारीमा पुल निर्माण गर्ने योजना रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: