ओखलढुंगा । मानसिक रोगबाट पिडित एक किशोरले ओखलढुंगाकाे चिसंखुगढी गाउँपालिकाका विभिन्न स्थानका घर तथा गोठमा आगजनी गरेका छन । केहि दिन अघि २ वटा गाईगोठ तथा मतानघर जलाईदिएका उनले आईतबार पुन ३ घर तथा गोठमा आगाे लगाएका हुन् ।
घर तथा गोठ जलाउँदै हिँड्ने ति किशोर चिसंखुगढी गाउँपालिका २ का १६ बर्षिय किशोर घिमिरे रहेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ । उनले आज मात्रै सोहि ठाउँका कमलबहादुर श्रेष्ठको फुसको छानो भएको ढुङ्गा माटोले बनेको १ तले मतानमा आगजनी गरेका छन । त्यस्तै सिताराम भन्डारीको फुसको छानो र ढुङ्गा माटोले बनेको १ तले मतान र टंकप्रसाद घिमिरेको फुसको छानो भएको गाईको गोठमा आगजनी गरेको प्रहरीकाे भनाइ छ ।
प्रहरीका अनुशार आगजनीबाट घर-गोठ पुर्ण रुपमा जलेर नष्ट भएका छन । यस अघि पनि किशोरले चन्द्रबहादुर बिकको फुसको छानो, ढुङ्गा माटोले बनेको १ तले मतान र बिष्णुप्रसाद घिमिरेको गोठमा आगजनी गरेको खुल्न आएको छ ।
आगजनीबाट झन्डै ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए । आगजनीबाट कुनै मानविय तथा पशुचौपायामा भने क्षति पुगेको छैन ।
आगजनी गर्ने ति किशोरलाई स्थानीयबासी, जनप्रतिनिधी र प्रहरी समेतको सहयोगमा उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...
फाल्गुन २९ गते, २०८२ - २०:५०
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...
फाल्गुन २९ गते, २०८२ - २०:४४
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...
फाल्गुन २९ गते, २०८२ - २०:२९
विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा
फाल्गुन २९ गते, २०८२ - २०:१७
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...
फाल्गुन २९ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...
फाल्गुन २९ गते, २०८२ - २०:०२
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...


प्रतिकृया लेख्नुहोस्: