Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

ललितपुरमा ठूला मिटरब्याजीविरुद्ध प्रशासनले थाल्यो कारबाही

खबरडबली संवाददाता

ललितपुर । ठूला मिटरब्याजीविरुद्ध ललितपुर प्रशासनले कारबाही  सुरु गरेकाे छ ।  अनुचित लेनदेनक आयोग गठन भएलगत्तै ललितपुरमा मात्र दुई  सयभदा बढी मिटरब्याजपीडितले उजुरी दिएका थिए ।

ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेमा देशकै सबैभन्दा ठूलो मुद्दा देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले दर्ता गराएका थिए ।  उनले १५ जना मिटरब्याजीविरुद्ध पाँच अर्ब ४० करोडबराबरको मुद्दा ०८० असार १२ गते जिप्रका ललितपुरमा दर्ता गराएका थिए। सो मुद्दामा ०८० साल असार २५ गतेदेखि छानबिन सुरु भएको थियो । छानबिन सुरु भएलगत्तै दुईजना मिटरब्याजीले चलनचल्तीभन्दा बढी लगेको ब्याज फिर्ता गरेको मिटरब्याजीपीडित चौलागाईंले बताए।

उनले उजुरी दिएकामध्ये बाँकी १३ जनासँग ठूलो कारोबार भएको कारण छानबिन गर्न समय लागेको बताए । चौलागाईंले दर्ता गरेको मुद्दामा सबैभन्दा धेरै कारोबार पुल्चोकका रोविन महर्जनसँग भएको पाइएको छ । उनीसँग करिब चार अर्ब करोबार भएको चौलागाईंले बताए । 

विवरण हेर्दा रोविन महर्जनले चौलागाईंलाई दिएको कारोबार ६० करोड छ भने उनले चौलागाईंसँग चार अर्ब बराबर बैंकमार्फत लिएको देखिएको छ । सामान्य जग्गाको कारोबार गर्ने रोविन महर्जनको तीन वर्षयता करिब ६ अर्ब सम्पत्ति थुप्रिएको स्रोतको दाबी छ ।  मिटरब्याजीपीडितका अनुसार रोवनको ललितपुर सैबु भैँसेपाटी आवासभित्र तीनवटा घर, करिब ५० करोड मूल्यबराबरको सातदोबाटोमा २० आनामा आलिसान घर, करिब ३० करोडको बी एन्ड बी अस्पतालसँगै १७ आना जग्गा, २५ करोडबराबरको झम्सीखेलमा २३ आनामा आलिसान दरबार (जो ५५ करोडभन्दा बढीको छ, जहाँ उनी आफैँ बस्ने गरेका छन् ), झम्सीखेल डिएभी स्कुल मेनरोडमा २५ आनामा करिब ६० करोडको जग्गा, बखुन्डोल चैतन्य स्पा ३२ आनामा करिब ५० करोडको स्पा, सानेपामा १० आना जग्गा, इमाडोलमा १० आना जग्गामा घर छ।

उनको व्यापारका नाममा सम्राट मार्केटिङ नाम गरेको छोराको नाममा कम्पनीसमेत छ । उक्त कम्पनीमा माछापुच्छ्रे बैंकले चार करोड कर्जा दिएको छ । रोविन महर्जनको पुच्व: नाम गरेको सहकारी पनि छ।  कुमारीपाटी पञ्चशील सहकारी, ज्योतिपुञ्ज सहकारी, पुच्व: सहकारीमा उनले ठूलो कारोबार गरेको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालयले रोविनको सबै कारोबार मागिसकेको छ। उनको बैंक र सहकारी गरेर करिब सात अर्बजतिको कारोबारको कागजपत्र फेला परेको प्रशासन कार्यालयले जनाएको छ । यस्तै, ०८० सालमा समस्यामा परेको गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ अहिले जेलमा रहेका छन् । उनको नाममा पनि कारोबार देखिएका कारण उनलाई बयान दिनका लागि जिप्रका बोलाइएको थियो। 

दिवाकर श्रेष्ठले पनि रोविन महर्जनले दुई अर्ब मिटरब्याजमा लिएकाले आफ्नो सहकारीको पैसा फिर्ता दिन नसकेर जेल परेको बताउने गरेका छन् । रोविनलगायत अरू १२ जना रवि महर्जन, विज्ञान भारी, देवेन्द्र आचार्य, मोहन घिमिरे, सुमन महर्जन, सञ्जय अधिकारी, रुविन महर्जन, सीताराम राउत, विवेक केसी, आशिष प्रधान सबै मिटरब्याजी पुष्टि भएको जनाइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending