Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

दोलखा र रामेछापसिमा क्षेत्रमा भालु आतंक, दुई जना घाइते

खबरडबली संवाददाता

दोलखा । दोलखा र रामेछापमा यो वर्षपनि भालुको आतंका सुरु भएको छ ।  गर्मी मौसम लागेसँगै यी दुई जिल्लाको विभिन्न क्षेत्रमा भालुले मानिसलाई आक्रमण गर्न थालेको हो । 

यो वर्ष लागेपछि दोलखा र रामेछापमा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । असार अन्तिममा भालुको आक्रमणबाट रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ का एक पुरुष गम्भीर घाइते भएका थिए । 

उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको सिमानामा पर्ने चित्रे पोखरीमा दुई वटा भालुले आक्रमण गर्दा उमाकुण्ड–२ का ४७ वर्षीय पासाङ लामा गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । 

गौरीशंकर संरक्षण क्षेत्रभित्र र सोको आसपासका क्षेत्रमा भालुले धमाधम स्थानीय नागरिकलाई आक्रमण गरेपछि घटनाको सबै जिम्मेवारी संरक्षण क्षेत्रले लिनुपर्ने स्थानीय बताउँछन् ।

आतबार मात्रै पनि संरक्षण क्षेत्रमै पर्ने दोलखाको उत्तरी क्षेत्रमा भालुको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । आइतबार विहान करिब साँढे ९ बजे गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याँकुका ५० वर्षीय प्रकाश खड्कालाई भालुले आक्रमण गरेको हो । 

वडाध्यक्ष युगबहादुर बस्नेतका अनुसार उनलाई जंगलमा खाँबा काट्न गएका बेला भालुले आक्रमण गरेको थियो । आक्रमण परि सामान्य घाइते भएका उनलाई उपचारका लागि काठमाडौं पुर्याइएपनि अहिले अवस्था सामान्य रहेको छ ।

गौरीशंकर संरक्षण क्षेत्र र संरक्षण क्षेत्र र आसपास पर्ने क्षेत्रमा वर्षेनी भालुले मानिसलाई आक्रमण गर्दै आएको छ । गत वर्ष र अघिल्लो वर्ष पनि केही मानिसहरु आक्रमणमा परि घाइते भएका थिए । अघिल्लो वर्ष जिरी नगरपालिका वडा नम्बर ९ मा एकै परिवारका दाजुभाई भालुको आक्रमणमा परि गम्भीर घाइते भएका थिए ।

विशेषगरी वैशाखदेखि साउनसम्म भालु आहारको लागि हिमाली क्षेत्रबाट तल्लो पहाडी भेगमा आउने गरेका छन् । जलवायु परिवर्तनका कारण पनि भालुले वासस्थान परिवर्तन गर्न थालेका छन् । उनीहरू खास गरी हिमाली भेगमा हिउँ पग्लिँदा तल्लो पहाडी क्षेत्रमा झर्न थालेको छ ।

रामेछापको ठोसे दोर्जेका स्थानीय विपिन कार्कीका अनुसार खास गरी माथिल्लो क्षेत्रमा हिमपात हुन थालेपछि कालो भालु आहारा खोज्दै तल्लो क्षेत्रमा झर्ने क्रमसँगै असोजदेखि मंसिर महिना सम्म पनि भालु आक्रमणका घटना बढी हुने गरेका छन् । सोही क्रममा स्थानीय नागरिकहरु घाँस दाउरामा निस्कँदा आक्रमणमा पर्ने गरेका छन् ।

खास गरी यौन तथा प्रजननको अवस्था, बच्चा हुर्काउने बेला र आहाराको खोजीमा निस्किने क्रममा भालुले मानिसमाथि आक्रमण गर्ने गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: