सुनसरी । सुनसरीको प्रकाशपुर मङ्गलवारेका मदन चन्द्रवंशी कुनै नौलो नाम होइन । विद्यालय जान थालेका बालबालिकादेखि कपाल फुलेका बुढापाकाले समेत मदनलाई चिन्छन् । उनी चटपटे बेचेर चर्चित भएका छन् ।
२०४२ मा बाबुसँग साथ लागेर १२ वर्षको उमेरदेखि नै चटपटे बेच्दै आएका उनको आधा जिन्दगी चटपटे घोलेरै बितिसकेको छ । चटपटे बेचेर उनले राम्रो आम्दानीसमेत गरेका छन्।
दिउँसो बेच्ने चटपटेका लागि चाहिने आवश्यक सामग्री बिहानै जुटाउनु उनको पहिलो काम हो । पहिला टाउकोमा चटपटेको बाकस बोकेर हटिया हटिया डुलाएर बेच्ने मदनले २० वर्षदेखि ठेला बनाएर चटपटे बेच्दै आएका छन् ।
प्रकाशपुर, राजावासका युवापुस्ता र विद्यालय जाने बालबालिका चटपटेको कुरा गर्नेबित्तिकै मदनलाई सम्झन्छन्। गाउँमै बसेर तीन दशकदेखि निरन्तर चटपटे बेच्दै आउनुभएका मदनले प्रकाशपुरमा १३ कठ्ठा जग्गासमेत जोडेका छन् ।
मदन भन्छन्, ‘सानो व्यवसाय भनेर हेला गर्न नहुने र निरन्तर लागीराखे त्यहीबाट जीवनलाई सफल बनाउन सकिन्छ । चटपटेबाटै चार जना छोराछोरीलाई पढाएको छु । जेठो छोराले १२ कक्षा सकेको छ । माइलो स्नातक पढ्दै छ। कान्छो १२ मा पढ्दै छ। एक छोरीको एसईई पासपछि बिहे गरिसकेको छु। तीनतले पक्का घरसमेत बनाएको छु । मेरो अहिले सम्मको आम्दानीको स्रोत भनेकै त्यही चटपटे बेचेर आउने पैसा हो।’’
निरन्तर रुपमा लगनशील भएर लागेपछि चटपटे व्यापारले घर व्यवहार चलेर सम्पत्ति जोडेको उनको अनुभव छ। उनको पसलमा सामान्य चना, भुजिया, मटर, भटमास, मसला, नुन खोर्सानी, टमाटर, कागती हुन्छ। यिनै कुरा मिसाएर चटपटे बनाएर प्रकाशपुरका बासिन्दालाई चटक्क मुख मिठ्याउने सीप उनीसँग छ । उनी दैनिक रुपमा चटपटे बेचेर त्यसैबाट आम्दानी गरेको रकम स्थानीय सहकारीमा बचत गर्छन् ।
मदन चटपटेका पाराखीहरु लोभ्याउने चटपटे बनाउने भएकैले उनकोमा चटपटे खान सधै आउने गरेको बराहक्षेत्र १० का वडाध्यक्ष तेजबहादुर गुरुङ्ले बताए । दैनीक सात सयको सामान हाल्दा दुई हजारसम्म दैनिक आम्दानी गर्ने उनको भनाइ छ ।
मदनको परिवारलाई गाउँ घरमा चटपटेको परिवार भनेर चिनिन्छ। मदनको दाजु पनि चटपटे बेच्दै आएका छन् । सानो काम र ठुलो काम छुट्याउनेलाई मदन उदाहरण बनेका छन्। चटपटे बेचेरै मदनले सानो कामबाटै लाखौं आम्दानी मात्र गरेका छैन घर, परिवारको रेखदेख र खुशीलाई सँगसँगै अगाडि बढाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: