सुनसरी । सुनसरीको प्रकाशपुर मङ्गलवारेका मदन चन्द्रवंशी कुनै नौलो नाम होइन । विद्यालय जान थालेका बालबालिकादेखि कपाल फुलेका बुढापाकाले समेत मदनलाई चिन्छन् । उनी चटपटे बेचेर चर्चित भएका छन् ।
२०४२ मा बाबुसँग साथ लागेर १२ वर्षको उमेरदेखि नै चटपटे बेच्दै आएका उनको आधा जिन्दगी चटपटे घोलेरै बितिसकेको छ । चटपटे बेचेर उनले राम्रो आम्दानीसमेत गरेका छन्।
दिउँसो बेच्ने चटपटेका लागि चाहिने आवश्यक सामग्री बिहानै जुटाउनु उनको पहिलो काम हो । पहिला टाउकोमा चटपटेको बाकस बोकेर हटिया हटिया डुलाएर बेच्ने मदनले २० वर्षदेखि ठेला बनाएर चटपटे बेच्दै आएका छन् ।
प्रकाशपुर, राजावासका युवापुस्ता र विद्यालय जाने बालबालिका चटपटेको कुरा गर्नेबित्तिकै मदनलाई सम्झन्छन्। गाउँमै बसेर तीन दशकदेखि निरन्तर चटपटे बेच्दै आउनुभएका मदनले प्रकाशपुरमा १३ कठ्ठा जग्गासमेत जोडेका छन् ।
मदन भन्छन्, ‘सानो व्यवसाय भनेर हेला गर्न नहुने र निरन्तर लागीराखे त्यहीबाट जीवनलाई सफल बनाउन सकिन्छ । चटपटेबाटै चार जना छोराछोरीलाई पढाएको छु । जेठो छोराले १२ कक्षा सकेको छ । माइलो स्नातक पढ्दै छ। कान्छो १२ मा पढ्दै छ। एक छोरीको एसईई पासपछि बिहे गरिसकेको छु। तीनतले पक्का घरसमेत बनाएको छु । मेरो अहिले सम्मको आम्दानीको स्रोत भनेकै त्यही चटपटे बेचेर आउने पैसा हो।’’
निरन्तर रुपमा लगनशील भएर लागेपछि चटपटे व्यापारले घर व्यवहार चलेर सम्पत्ति जोडेको उनको अनुभव छ। उनको पसलमा सामान्य चना, भुजिया, मटर, भटमास, मसला, नुन खोर्सानी, टमाटर, कागती हुन्छ। यिनै कुरा मिसाएर चटपटे बनाएर प्रकाशपुरका बासिन्दालाई चटक्क मुख मिठ्याउने सीप उनीसँग छ । उनी दैनिक रुपमा चटपटे बेचेर त्यसैबाट आम्दानी गरेको रकम स्थानीय सहकारीमा बचत गर्छन् ।
मदन चटपटेका पाराखीहरु लोभ्याउने चटपटे बनाउने भएकैले उनकोमा चटपटे खान सधै आउने गरेको बराहक्षेत्र १० का वडाध्यक्ष तेजबहादुर गुरुङ्ले बताए । दैनीक सात सयको सामान हाल्दा दुई हजारसम्म दैनिक आम्दानी गर्ने उनको भनाइ छ ।
मदनको परिवारलाई गाउँ घरमा चटपटेको परिवार भनेर चिनिन्छ। मदनको दाजु पनि चटपटे बेच्दै आएका छन् । सानो काम र ठुलो काम छुट्याउनेलाई मदन उदाहरण बनेका छन्। चटपटे बेचेरै मदनले सानो कामबाटै लाखौं आम्दानी मात्र गरेका छैन घर, परिवारको रेखदेख र खुशीलाई सँगसँगै अगाडि बढाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: