Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

बाँकी यी डन अब के गर्छन् ?

\"don_cover\"काठमाडौं । प्रहरी इन्काउन्टरमा कुमार श्रेष्ठ उर्फ घैंटेको मृत्युले यतिबेला तरंग फैलिएको छ । बिहीबार गरेको इन्काउन्टर दोस्रो हो । यसअघि चर्चित डन दिनेश अधिकारीको पनि इन्काउन्टर गरेको थियो । घैंटे र चरिको इन्काउन्टर गरेको प्रहरी अन्य डनलाई भने के गर्ला ? यो प्रश्नको उत्तर समयक्रमसँगै प्रहरीले पक्कै दिने छ । यद्धपी प्रहरीले अन्य डनलाई निगरानीमा राखिएको जनाइसकेको छ । घैंटे र चरि मात्रै होइन समाजमा आपराधिक क्रियाकलाप मार्फत दुषित पार्ने केही नामहरु अझै कुनै कुनै रुपमा सलबलाई रहेका छन् ।   काजी शेर्पा मेनपावर कम्पनिको चौकीदार देखि डान्सबारको बाउन्सर हुँदै अपराधीक दुनीयाँमा छिरेका काजी शेर्पा  ‘पक्राउ नपर्ने गुण्डा’को रुपमा परिचित छन् । २०६४ साउन १३ मा काठमाडौंबाट समुहमा लागेर दोलखाका तत्कालीन सिडियो उद्धवराज थापामाथि कार्यकक्षमै आक्रमण गरियो  । शेर्पाको छत्रछाँयामा हुर्केका मनराज गुरुङले थापा माथि आक्रमण गरेका थिए । आक्रमण गर्ने गुरुङ काजीकै छत्रछाँयामा विएमडब्लु कारमा राजधानीमा हुँइकीरहे । तर प्रहरी निरिह जस्तै बन्यो । पक्राउ गर्दा काजीको प्रहरीको उच्च अधिकारीसम्म पहुँच थियो ।   २०५० तिर सोलुखुम्बुको सल्लेरीबाट काठमाडौं छिरेका काजीको आर्थिक उन्नती अपत्यारिलो छ । धादिङको आंखुखोला १ हाईड्रोपावरमा समेत उनको लगानी छ ।  उनको भक्तपूरको बोडेमा क्रसर उद्योग छ । काभ्रेको ढाँड खोलामा एउटा क्रसर छ । स्क्याभेटर,क्रसर, ट्रिपर ब्यापारदेखि बालुवाखानीहरुमा काजीको एकछत्र राज छ ।   त्यसो त, ६४ साल अघि सम्म काजी प्रहरीको कुख्यात अपराधीको सुचीमा थिए । प्रहरीले उनलाई पटक–पटक थुनेको पनि थियो । तर जब काजीले प्रहरी सेना र सशस्त्रको जवानको दानापानीको ठेक्का पाए त्यहि दिनदेखि उनको तस्बिर त्यहाँबाट एकाएक गायब भयो । काजीको चाँगेस्थान कन्सट्रक्सन् कम्पनिले तीन वटै सुरक्षा निकायका अंगका जवानलाई रासन खुवाउने गरि २०६७÷६८मा पौने ३१ करोडको रासन ठेक्का पायो ।   प्रहरी उच्च अधिकारीसँग राम्रो पहुँच बनाएका शेर्पा विरुद्ध प्रहरी उच्च अधिकारी डिआइजीहरु खुलेर बोल्न समेत सक्दैनन् ।   केही वर्ष पहिला वाइसिएलले क्राइम अपरेशन चलाएपछि काजीले अपराधको शैली बदले । ‘बाहिर नदेखिने तर पर्दापछाडीबाट अपराध गर्ने’ तरिकाबाट शेर्पा अघि बढे । उनी आफ्नै नामबाट गतिविधि गर्दैनन् । सुषुप्त रुपमा आफ्ना सहयोगी मार्फत हप्ता असुली, ठेक्का पट्टा मिलाउने र कमिसन खाने काजीको दैनिकी हो  ।   काजी डनहरु मध्ये असाध्यै चलाख र कूटनीतिक मानिन्छन् । राजनीतिक रुपमा सबै पार्टीसँग समदुरीको सम्बन्ध राख्छन् ।   गणेश लामा राजधानिको ठमेलको रात्रीकालीन व्यावसायमा प्रभाव जमाएका गणेश लामाले सुरुवाती दिनहरुमा दिपक मनाङेको सहयोगी भूमिका निर्वाह गरे  । भारतबाट भित्रिने रक्तचन्दनलाई काभ्रे हुदै चिन पु¥याउन लामाको विशेष योगदान छ । काभ्रेकै स्थानिय भएकाले उनको रक्त चन्दन तस्करीमा एक छत्र राज नै थियो । रक्तचन्दन र रात्रिकालीन व्यावसायबाट आर्थिक रुपमा बलियो बनेका उनले मनाङे समुहबाट विदा लिए लिएपछि काभ्रेका युवाहरु समेटेर आफ्नै समुह विस्तार गरे । तेस्रो शक्तिको रुपमा उदाएका उनको आम्दानीको नयाँ श्रोतहरु बन्दै गए । रात्रिकालीन व्यावसायमा समेत सक्रियता छुटाएनन् ।   गुण्डागर्दि मार्फत अवैध सम्पति जोडेपछि लामा जेल समेत चलान भए । सम्पत्ति सुद्धिकरण विभागले २७ करोड रुपैंया अवैध रकम जोडेको भन्दै विशेष अदालतमा मुद्धा हालेपछि उनलाई विशेषले ३ करोड धरौटी मागेको थियो ।   अदालतले मागे बमोजिमको धरौटि तिरेपछि उनी जेल मुक्त भएका थिए ।   लामाले निर्माण सामग्री सम्बन्धी काम गर्न सिरुवा कन्सट्रक्सन कम्पनि खोलेका छन् । तत्कालीन गृहमन्त्री विजयकुमार गच्छेदारको पछि लाग्दै उनी फोरम लोकतान्त्रीकमा प्रवेश गरेका थिए । उनी फोरम नेपालको केन्द्रीय सदस्य हुन् । संविधानसभाको दोस्रो निर्वाचनमा उनी काभ्रेबाट पराजीत बनेका थिए । उनी गच्छेदार नजिक रहेर काम गर्दै आएका छन् ।   मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ राजधानीको चक्रपथ क्षेत्रलाई आधार बनाएर गुण्डागर्दि गर्दै आएका ‘चक्रे मिलन’ भनेर चिनिने  मिलन गुरुङ्ग आफू राजनीतिमा आउन चाहेको बताउँछन् । गत माघमा गोरखामा आयोजीत कार्यक्रममा २ लाख रुपैंया तिरेर अतिथि बनेका उनले भनेका थिए, ‘अब म नेता भएँ,टिकट पाए भने गोरखाबाट चुनाव जित्छु ।’   एमाले निकट मानिने चक्रे शिर्ष नेताको नजिकका मानिन्छन् । एमाले नेता प्रदिप नेपाल निकट रहेर उनले आपराधीक गतिविधि गर्दै आएका छन् । नेपालकी श्रीमतिले टिका लगाउने भाई बन्दै आएका छन् मिलन । उनी एमालेका सक्रिय कार्यकर्ता हुन् ।   अवैध सम्पत्ति जोडेका उनले मिलन फाउण्डेशन मार्फत सामाजीक काममा समेत हात हालेका छन् । अवैध हतियार तथा अवैध सम्पत्ति दुवै मुद्धा खेपेका उनी एमाले नेताको सहयोगी गुण्डा नाईके हुन् । सम्पत्ति सुद्धिकरण विभागले चक्रेले सात कारोड आठ लाख रुपैंया अवैध सम्पति जोडेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।   विशेषले मागेको १ करोड धरौटी बुझाएपछि उनी गत असारममा जेलमुक्त भएका थिए ।   सुजन पौडेल ‘बाहुन डन’ सुजन पौडेल उर्फ ‘बाहुन डन’ एमालेका रामेछाप जिल्ला समिति सदस्य हुन् । ठिक एक वर्ष अघि एमाले अध्यक्ष ओलीको हातको टिकाबाटै एमाले प्रवेश गरेका पौडेल ओलीकै दबावमा रामेछाप जिल्ला समिति सदस्य चुनिएका थिए । नेपाली सेनाको रेन्जर तह सम्मको तालीम गरेका उनी विभिन्न घटना घटाउदै प्रहरीलाई छक्याउदै हिड्ने गर्थे । बाहुन हातहतियार तथा खरखजनामा प्रहरीको मस्ट वान्टेड सुची थिए । उनलाई गत असारमा लागु औषध सहित भारतको लखनउबाट महानरिय प्रहरी अपराध महासाखा हनुमान ढोकाले पक्राउ गरेको थियो ।   सुजनले हाउजीङ क्षेत्रमा आतंकै मच्चाएका थिए ।   दोलखाका उनी साना हतियारको कारोबारबाट आपराधिक दुनियाँमा हाम फालेका थिए  । ६२ लगत्तै अपराधको दुनिँयाको यात्रा थालेका उनले व्यवासयीका लागि सुरक्षा खतरा पैदा गरे भने प्रहरीको नजरमा मुख्य चुनौतीको रुपमा अघि बढे । ०६४ मा दरबार मार्गबाट पेस्तोल सहित पक्राउ परे । त्यतिबेला जिल्ला प्रशासन कार्यलयमा धरौटी बुझाएर रिहा भएका उनी पुनः बुटवलबाट दुई पेस्तोल सहित पक्राउ परे । हातहतियार खरखजनाको अभियोगमा दुइवर्ष कारागार पछि सफाई पाएर निस्केपछि उनी हाउजीङ व्यावसायीबाट रकम असुल्न लागि परेका थिए । यतिबेला सुजन केन्द्रिय कारागारमा छन् ।   परशुराम बस्नेत युवा संघका केद्रिय सदस्य बस्नेत पुर्वाञ्चल  क्षेत्रका चर्चित गुण्डा नाईके  हुन् । विशेष अदालतको फैसालामा उनले दुई करोड रुपैंया धरौटी बुझाएर रिहा भएका थिए । विराटनगर क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधि गर्दै आएका बस्नेतको नाममा स्रोत नखुलेको ११ करोड ६१ लाख४१ हजार रुपैंया रकम देखिएको थियो । अवैध सम्पति राख्नेमा उनकी पत्नि अञ्जु बस्नेतको समलग्नता देखिएपछि बस्नेत पत्निलाई समेत साधारण तारेखमा छोडिएको थियो ।   एमाले अध्यक्ष केपी शर्मा ओलीको छत्रछायाँमा आपराधीक गतिविधिमा समलग्न उनलाई महेश बस्नेतले राजनीतिक बढुवा गर्दै आएका छन् । केहि वर्ष अघि पत्रकार माथि आक्रमण गरेपछि बस्नेत चर्चामा आएका थिए ।   दिपक मनाङे लामो समय देखि ठमेल क्षेत्रमा राज गर्दै आएका दिपक मनाङे पछिल्ला दिनहरुमा भने गुमनाम रहे । २०४६ को राजनीतिक परिवर्तन पछि नै क्षेत्रपाटीका दिपक मनाङे, सक्रिय बने । राजनीतिक रुपमा मनाङेले त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आधार बनाए ।  खुला राजनीतिक अवस्था र बढ्दो पर्यटकीय क्षेत्रका रुपमा चिनिएको ठमेललाई मनाङेले आधार इलाकाको रुपमा विस्तार गरे । त्यहि आधार इलाकामा उनले आफ्नो अवैध सत्ताको अभ्यास गरे ।   २०६० पछि मुलुकमा रक्तचन्दन तस्करी बढ्यो । उनीहरु सबै रक्तचन्दन तस्करीमा लागे । प्रसस्त आम्दानी हुने भएपछि डनहरुले यसलाई पेसाकै रुपमा अघि बढाए ।  मनाङ्गेले दुवै एकै साथ अघि बढाए ।   तर उनको अवैध सम्पत्ति माथी सरकारी हस्तक्षेप बढ्यो । गुण्डागर्दि मार्फत अवैध सम्पति जोडेको आरोपमा सम्पत्ति सुद्धकरण विभागले विशेष अदालतमा मुद्धा हालेको थियो । उनको नाममा १४ करोड ७४ लाख ३१ हजार रुपैंया अबैध रकम देखिएपछि विभागले मुद्धा हालेको थियो । विशेष अदालतले मागेको २ करोड ९० लाख रुपैंया धरौटी बुझाउन नसकेपछि उनी तीन महिना करागार बसेका थिए । तीन महिना पछि विशेषले मागेको धरौटी बुझाएपछि उनी रिहा भएका थिए । मनाङ्गे अहिले संघीय लोकतान्त्रिक पार्टीमा कार्यरत छन् । लक्ष्मण थारुको नेतृत्वको पार्टीका कार्यकर्ता बनेका उनी यतिबेला क्रियाशिल छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies