सन्धिखर्क । अर्घाखाँचीमा बाँदरले मकै खान थालेपछि कृषक चिन्तित बनेका छन् ।बाँदरले मकै सखाप पार्न थालेपछि किसान रातभर जाग्राम बस्न थालेका छन् ।
सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाडा, खाबडाडा, वागला, डिभर्ना , भुमिकास्थानको धनचौर ढिकुरा, शितगंगा नगरपालिका, पाणिनि गाउँपालिका ,मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका अधिकांश गाउँमा बाँदरले मकै सखाप पारेपछि किसान चिन्तित बनेका हुन् ।
किसान मकै जोगाउन काम छोडेर बाँदर धपाउन लागिपरेका छन् । 'बाँदरको हुल पस्यो भने छिनभरमा बारीभरिको मकै सखाप पार्छ,बिहानैको झिसमिसेदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर बारीमा बस्ने गरेको सन्धिखर्क २ भलायडाँडाका कृषक ठाकुर शालिक पोख्रेलले बताए ।
सन्धिखर्क ८ किमडाँडाका किसान उमकला बन्जाडेले बाँदरले मकैबाली नष्ट गर्न थालेपछि भोकमरी पो हुने हो कि भन्ने चिन्ताले सताउन थालेको दुखेसो पोखे। वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्न थालेपछि अरू कामधन्दा छाडेर बाँदर धपाउनमै व्यस्त हुने गरेको भलायडाँडाका कृषक दुर्गा चुँदालीले बताए ।
बाँदरबाट बाली जोगाउन एकाबिहानै खेतबारी पुग्नेका कृषक साँझ नपरुञ्जेलसम्म बाली कुरेर बस्ने गर्छन् । उनीहरूले खाना र खाजा खाने समय समेत पाउँदैनन् । बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा पुर्याइदिने गरेको सन्धिखर्क –२ भलायडाँडाका कृषक भेषराज बन्जाडेले बताए ।
खेतबारीमा फल्दै गरेका बाली मात्र नभइ मान्छे नभएको मौकामा घरभित्रै पसेर समेत अन्नपात सखाप पारिदिने गर्छन् । बाँदरले खाद्यबालीसँगै तरकारी र फलफूल सखाप गरिदिने गरेको सन्धिखर्क–८ का अगुवा कृषक पुष्करनाथ बन्जाडेले बताए ।
बाँदरकै समस्याका कारण कतिपय कृषकले बाली लगाउनै छाडेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: