Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

१६ देखि २८ वर्षका युवाहरु लागु औषधको कुलतमा

एक आर्थिक वर्षमा चार सय ३० जना बिरुद्व लागुऔषध दुर्व्यसनकाे मुद्दा

खबरडबली संवाददाता

नवलपुर । पछिल्लो समय नवलपुरमा लागु औषधको कुलतमा बढी मात्रामा युवाहरु फस्ने गरेका छन् । लागुऔषधको कुलतमा फसेकामध्ये ९५ प्रतिशत युवा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक चुवनेश्वर तिवारीले बताए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले पछिल्लो एक आर्थिक वर्षमा चार सय ३० जना लागुऔषध दुर्व्यसनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको छ । ती सबै १६ देखि २८ वर्ष उमेर समूहको रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । कुलतमा फसेका दुव्र्यसनीहरुले ब्राउन सुगर, स्पासमो, फेन्सी डिल, टिडिजिसी लगायतका लागुऔषधहरु प्रयोग गर्ने गरेको प्रहरीले दिएको तथ्याङ्कबाट पुष्टि भएको छ । 

ब्राउन सुगर बाहेक स्पासमो, फेन्सी डिल, टिडिजिसी भारतमा निर्वाध रुपमा विक्री वितरण हुने भएकोले पनि यो भारतको बाटो भएर नेपाल भित्रिने गरेको प्रहरी उपरीक्षक तिवारीले बताए। स्पासमो, फेन्सी डिल र टिडिजिसी नेपालमा डाक्टरले सिफारिस गरेको बिरामीले मात्र खान पाउने र अन्यको हकमा प्रतिबन्धित औषधि हो । यसलाई अहिले युवा पिढीले आगुऔषधको रुपमा प्रयोग गर्ने गरेका छन् । 

देवचुली, अरुरणखोला, गैँडाकोट र कावासोती, चोरमारा, दुुम्कीबास लगायतका क्षेत्रमा समातिएका केही युवा नारायणी नदी किनार र गैँडाकोट र कावासोती, चोरमारा, अरुरणखोलाका जङ्गलमा बसेर आगुऔषध प्रयोग गरिरहेको अवस्थामा धेरै युवा पक्राउ पर्नै गरेका छन् । कावासोतीमा पक्राउ गरेका युवाहरु कोही मन्दिर, जङ्गल र सडकको कल्भर्डमा त कोही भारतबाट लागु पदार्थ मोटरसाईकल, बस लगायतका साधनहरुमा ल्याउँदै गर्दा पक्राउ परेका हुन् । 

नेपाल भारत खुल्ला सिमाना रहेको कारण नेपालमा भित्रिने अधिकांश लागुऔषध भारतबाट नेपाल भित्रिने गर्दछ । यसको लागि नेपालकै मुख्य नाका त्रिवेणी, महेशपुर, बर्दघाटदेखि सुनवल सम्मको इलाका बन्ने गरेको छ । 

प्रहरीले अहिलेसम्म पक्राउ गरेका युवाहरुले बर्दघाट वा सुनवल क्षेत्रबाट लागुऔषध किनेर ल्याएको पाइएको छ । नेपाल भित्रिने लागुऔषध भारतबाट खुला सिमानाका कारण नेपाल भित्रिने र ती लागुऔषध बर्दघाट, सुनवल लगायतका क्षेत्रलाई मुख्य नाका बनाएर बुटवल, नारायणगढ, पोखरासम्म ओसारपोसार हुने गरेको प्रहरीको भनाइ छ । 

नवलपरासी पूर्वमा मात्रै एक वर्षमा चार सयदेखि पाँचसम्म बढी युवाहरु लागुऔषध मुद्धामा पक्राउ परेका छन् । पक्राउ परेका युवाहरुले भारतबाट लागुऔषध भित्र्याएको र गाँउघरमै बेच्ने गरेको बयानमा उल्लेख गर्ने गरेका प्रहरीले जानकारी दिएको छ । 

नवलपरासी पूर्वमा १६ देखि २८ वर्षका युवाहरु लागु औषधको कुलतमा परेको एक अध्ययनले समेत देखाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending