Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

खपटे किराको प्रकोपले ५ हेक्टर क्षेत्रफलमा लगाएको धान क्षति

खबरडबली संवाददाता

सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर १४ का जोगदेखोला, स्यालपानी, बरला आपसापका क्षेत्रको धान बालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ ।  शारदा नदीको किनारमा भएका खेतमा किराको प्रकोप तीव्र रुपमा फैलिएको हो ।

किराको प्रकोपका कारण अहिले १ सय किसान परिवार प्रभावित भएका छन् । तीब्र रुपमा फैलिरहेकाले आसपासका किसान समेत चिन्तित भएका छन् । अहिले वर्षात् भइरहेकाले र किसानले रासायनिक मल प्रयोग गर्दा खपटे किराको प्रकोप चारैतिर फैलिएको जानकार बताउँछन् ।

खपटेकिराका कारण बरला, स्यालपानी र जोगदेखोला आसपासमा किसानले लगाएको झन्डै ५ हेक्टर भन्दा बढी खेतमा लगाएको धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालय सल्यानका वसन्त रेग्मीले बताए । खपटे किराको लार्भाले हरियो भाग खाँदा धानका पात सुक्दै गएको र बयस्क किराले धानको टुप्पा खाने गरेको उनले जानकारी गराए ।

उनका अनुसार किसानले रोग र किरा लागेको अवस्था छुट्याउन नसकी फाट्टफुट्ट किरा देखिएको बेला रासायनिक मल प्रयोग गर्दा खपटे किरा तीब्र रुपमा फैलिरहेको हो । किरा नियन्त्रणका लागि किसानलाई विभिन्न किसिमका सल्लाह र विषादी उपलब्ध गराएको उनको भनाइ छ ।

खेतमा लगाएको धानबालीका पात सुक्दै गएको भन्दै किसानले खबर गरेपछि किसानको खेतमा पुगेको र रोग नभई किराको प्रकोप देखिएकाले किरा नियन्त्रणका लागि विषादी र विभिन्न सल्लाह दिएको शारदा नगरपालिका सल्यानका कृषि शाखा प्रमुख प्रकाश खड्काले बताए । विषादी छरेर किरा नियन्त्रणमा आउने उनले जानकारी गराए । खपटे किराका कारण धानका पात सुक्दै गएपनि त्यसले खासै असर नपुर्याउने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: