Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

सिन्धुलीमा जवरजस्तीकरणी गर्ने दुई र कुटपिट गर्ने एकआरोपी पक्राउ

खबरडबली संवाददाता

सिन्धुली । सिन्धुलीमा कुटपिट र जबरजस्ती करणी आरोपमा तीन जना पक्राउ परेका छन् । मरिण गाउँपालिका ४ का रामध्वज काल्तान, कमलामाई नगरपालिका वडा नम्बर ४ सातपत्रेका २४ बर्षिय रमेश तामाङ र दुधौली नगरपालिका वडा नम्बर ५ सिर्थौलीका २३ बर्षिय अभिशेक कुँबर पक्राउ परेका हुन् । 

गत साउन ३ गते सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ४ लामिदमारका आफ्नै दाजुभाई रामध्वज काल्तान र श्यामध्वज काल्तान बिचकाे झगडमा दाईले भाईलाई ढोकाको आग्लो प्रहार गरी फरार रहेका रामध्वजलाई  मरिणको चुरे जङ्गलमा लुकेर बसेको अबस्थामा साउन ६ गते पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

टाउँको र काधँमा चोट लागेर भाई श्यामध्वज गम्भिर घाइते भई उपचार भइरहेको र रामध्वजलाई साउन १० गते जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालीएको  जिल्ल प्रहरी कार्यालय प्रहरी निरक्षक किशोर ढुङ्घानाले जानकारी दिए ।

त्यस्तै सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ सातपत्रेका २४ बर्षिय रमेश तामाङलाई सोहि स्थानकी नाबालिका लाई जबरजस्ती करणी गरेर फरार भएको आरोपमा  पक्राउ गरी तामाङलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ५ सिर्थौलीका २३ बर्षिय अभिशेक कुँबरले जबरजस्तीकरणी गरी फरार भएको अभियोगमा डकाहाबाट पक्राउा गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डकाहाले कुँबरलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending