दाेलखा । लम्पी स्किनको महामारी छोडेर दुई जिल्ला हेर्ने भेटेरिनरी अस्पताल चरिकोटका प्रमुख सहित डाक्टर तथा प्राविधिक कर्मचारीहरु १० दिनदेखि अस्पतालमा छैनन् ।
दोलखा र सिन्धुपाल्चोक दुई जिल्ला कार्य क्षेत्र भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सहित डाक्टर र अन्य कर्मचारीहरु १० दिन देखि कार्यालयमा उपस्थित नभएका हुन् ।
बुधबार अस्पताल पुग्दा एक जना प्राविधिक र एक कार्यालय सहयोगी मात्रै अस्पतालमा काम गरिरहेका थिए । दुई जिल्लाका अधिकांस किसानहरुले पालेका पशु चौपायाहरुमा लम्पी स्किनको संक्रमण देखिनुका साथै कतिपय पशुचौपाया मरिरहेको दर्दनाक स्थिति छोडेर कार्यालय प्रमुख तथा डाक्टरहरु अस्पतालमा नहुँदा सेवाग्राहीहरुले हदैसम्मको सास्ती व्यहोर्नुपरेको छ ।
साउने संक्रान्ति मनाउन घर गएका प्राविधिक कर्मचारीहरु अझै कार्यालय फर्किएका छैनन् । निमित्त कार्यालय प्रमुख पलट चौधरी साउन १ गते बिहान हाजिरी लगाएर निस्किएका थिए । उनी बुधबारसम्म अस्पताल आइपुगेका छैनन् ।
त्यस्तै सुचना अधिकारी समेत रहेका डा.ध्रुव डिसी पनि सोही समय देखि अस्पतालमा छैनन् । ११ जनाको दरबन्दी रहेको भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द्रमा ७ जना मात्र कर्मचारी छन् ।
बुधबार दिउँसो १ः३० बजे अस्पताल पुग्दा एक जना प्राविधिक र एक जना कार्यालय सहयोगी मात्रै काममा व्यस्त थिए । उनीहरुले अन्य सबै कर्मचारी कोही बिदा तथा कोही हेटौंडा गोष्ठीमा गएको भन्ने जानकारी दिए । २ जिल्लाका पशुहरुको उपचार हुने एक मात्र भेटेरिनरी अस्पतालको यो हालत हदैसम्मको लापरबाही भएको सरोकारवालाहरुले बताएका छन्।

९ गतेको गोष्ठिका लागि १ गते देखि अस्पतालमा छैनन् कार्यालय प्रमुख
यस विषयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोटका निमित्त प्रमुख पलट चौधरीसँग टेलिफोन सम्पर्क गर्दा उनले आफु प्रदेश मन्त्रालयको गोष्ठिमा सहभागी हुन हेटौंडा गएको प्रतिक्रिया दिए । चौधरीले आफुसँगै डा. ध्रुब डिसी पनि सोही कार्यक्रममा भाग लिन हेटौंडा आएको जनाएका छन् ।
लम्पी स्किन सम्बन्धि यत्रो ठूलो महामारी चलिरँहदा लामो समय अस्पताल नै खाली किन भन्ने जिज्ञासामा चौधरीले प्रस्ट जवाफ दिएनन् । उनले संक्षिप्तमा आफु बाटोमा भएको र केही सुचना चाहिए बिहिबार अस्पताल आउन आग्रह गर्दै टेलिफोन राखेका थिए ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका सुचना अधिकृत अनुप अधिकारीले साउन ९ गते मन्त्रालय मातहतका सबै कार्यालयहरुको समिक्षा गोष्ठि एक दिन मात्रै रहेको जनाएका छन् । उनले यसबारे आबश्यक सोधपुछ गर्ने र गलत भएको पाइएमा आफु भन्दा माथिल्लो तहमा छलफल गर्ने जनाएका छन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले कार्यालय छोड्दा समान्य जानकारी आएको तर अस्पताल जस्तो संबेदनशिल क्षेत्रमा यति लामो समय चिकित्सक तथा कर्मचारी नभएको भन्ने जानकारी प्राप्त नभएको बताएका छन् । प्रजिअ धमलाले त्यसबारे तत्काल अध्ययन गर्ने जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: