Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

बाराको कलैया बजार बन्द, प्रहरी र आन्दोलनकारीबीच तनाव

खबरडबली संवाददाता

बारा । नेता कुटिएको विरोधमा कलैया बजार बन्द गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय बारा परिसरमा नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव ध्रुव प्रसाद यादवमाथि भएको कुटपिटको विरोधमा आज कलैया बजार बन्द  गरिएको हाे ।

कुटपिटमा संलग्न प्रहरी अधिकारीलाई कारबाही नगरिएको भन्दै काँग्रेस र एकीकृत समाजवादीले कलैया बजार बन्दको आह्वान गरेको हो ।

पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुसार अहिले काँग्रेस र नेकपा एसका कार्यकर्ता कलैया बजार बन्द गराउँदै हिँडेका छन् । सडकमा टायर बालेर उनीहरू यातायात र पसलहरू बन्द गराएका हुन् । सडकमा मोटरसाइकल समेत चल्न दिइएको छैन ।

यता, जिल्ला प्रहरी कार्यालयले बजार र यातायात बन्द गराउन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच कलैया बजारमा तनावको अवस्था सृजना भएको छ ।

सवारी दुर्घटनाको विषयलाई लिएर साउन २ गते भइरहेको छलफलका क्रममा काँग्रेस जिल्ला सचिव भैयाराम र नेकपा एसका जिल्ला उपसचिव ध्रुवमाथि प्रहरी अधिकारीले कुटपिट गरेको आरोप लागेको थियो ।

कुटपिटको आरोप लागेका प्रहरी नायब निरीक्षक पुरुषोत्तम प्रसाद पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई जिम्मेवारीवाट हटाई अन्यत्र पठाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण पोखेलको संयोजकत्वमा साउन ५ गते छानबिन समिति बनाएको थियो । उक्त समितिले समेत छानबिन गरिरहेको छ ।

घटनाको छानबिन भइरहेको र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पटक पटक सर्वदलीय बैठक बसेर सहमतिको प्रयास गरिरहेको भन्दै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेर बजार बन्द नगराउन मंगलवार आन्दोलनरत पक्षसँग आग्रह गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले बैठकमै प्रहरीको इन्ट्री, विष्णु पौडेल पक्राउपछि कर्णालीमा तरंग।

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...

मोटरसाइकलले ठक्कर दिँदा बारामा तीन जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...

कोटेश्वरमा कारको ठक्कर : चार मोटरसाइकलमा क्षति, पाँच जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...

आरजुमाथि तत्काल मुद्दा नचल्ने, अख्तियारले छुट्टै अनुसन्धान अघि बढाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...

विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending