काठमाडौँ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक यही साउन १८ गते बिहीबार बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनमत पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.शरदसिंह यादवले बताए ।
बैठकमा सहभागी हुने केन्द्रीय सदस्यहरुलाई आ/आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो लिएर उपस्थित हुन पार्टीले निर्देशन दिएको छ ।
प्रवक्ता यादवले नयाँ केन्द्रीय सदस्यहरुको शपथग्रहण, परिचय तथा प्रशिक्षणका लागि बैठक बोलाएको जानकारी दिए ।
एक केन्द्रीय सदस्यले भने, ‘यो केन्द्रीय समितिको बैठक जस्तै हुन्छ, ठूलो संख्यामा विस्तार भएको छ, एक आपसमा चिनजान गराउनुको साथै पार्टीको विधि विधानको बारेमा जानकारी गराउने, पार्टीका लागि कसरी काम गर्ने लगायतका विषयमा जानकारी दिनका लागि यो बैठक बोलाएको हो ।’
जनमतले केही दिन अगाडि केन्द्रीय समिति विस्तार गरेको थियो । केन्द्रीय समिति विस्तारपछि यो पहिलो बैठक हो । जनमत पार्टीले मिसन ८४ सुरु गरेको छ ।
सो मिसनअन्तरर्गत वडा तहको प्रशिक्षण सम्पन्न गरेको छ भने साउन ५ गते जिल्ला इन्चार्ज र पूर्व जिल्ला इन्चार्जको बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ ।
यस्तै पार्टीले साउन ७ गतेदेखि नौ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई धुलीखेलमा प्रशिक्षण दिएको छ । साउन १२ गते मधेस प्रदेश समितिको बैठक राखेको छ । साउन १७ गते राष्ट्रिय परिषद्को बैठक बोलाएको छ भने साउन १९ गतेका लागि स्थानीय जनप्रतिनिधिहरुको बैठक बोलाएको छ ।
यस्तै साउन २७ गतेका पार्टीले स्थानीय तहका जनप्रतिनिधि बारेमा जनमत संग्रह गराउने तथा साउन ३० गते नेपाल आइ संघको बैठक राखेको छ । भदौ २ गते प्रदेशसभा सदस्यहरुका बारेमा जनमत संग्रह गर्ने पार्टीले कार्यक्रम राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ११:२९
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुन: स्थापना गरिने बताएका छन्। उद्घाटन समा...
श्रावण ११ गते, २०८३ - ११:१५
काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना सडकखण्डमा स्कुटर र मिनी ट्रक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। सोमबार बि...
श्रावण ११ गते, २०८३ - ११:०६
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा पहिरोमा पुरिएकी एक महिलाको सकुशल उद्धार गरिएको छ। मुना र ताकम प्रहरी चौकीबाट खटिएको उद्धार ट...
श्रावण ११ गते, २०८३ - १०:४७
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक खहरेस्थित तम्घास–पुर्कोटदह सडकखण्डमा एलपीजी ग्यास सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइ...
श्रावण १० गते, २०८३ - १७:३७
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...
श्रावण १० गते, २०८३ - १७:०४
बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...
श्रावण १० गते, २०८३ - १६:५५
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:३८
काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...



प्रतिकृया लेख्नुहोस्: