काठमाडौँ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक यही साउन १८ गते बिहीबार बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनमत पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.शरदसिंह यादवले बताए ।
बैठकमा सहभागी हुने केन्द्रीय सदस्यहरुलाई आ/आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो लिएर उपस्थित हुन पार्टीले निर्देशन दिएको छ ।
प्रवक्ता यादवले नयाँ केन्द्रीय सदस्यहरुको शपथग्रहण, परिचय तथा प्रशिक्षणका लागि बैठक बोलाएको जानकारी दिए ।
एक केन्द्रीय सदस्यले भने, ‘यो केन्द्रीय समितिको बैठक जस्तै हुन्छ, ठूलो संख्यामा विस्तार भएको छ, एक आपसमा चिनजान गराउनुको साथै पार्टीको विधि विधानको बारेमा जानकारी गराउने, पार्टीका लागि कसरी काम गर्ने लगायतका विषयमा जानकारी दिनका लागि यो बैठक बोलाएको हो ।’
जनमतले केही दिन अगाडि केन्द्रीय समिति विस्तार गरेको थियो । केन्द्रीय समिति विस्तारपछि यो पहिलो बैठक हो । जनमत पार्टीले मिसन ८४ सुरु गरेको छ ।
सो मिसनअन्तरर्गत वडा तहको प्रशिक्षण सम्पन्न गरेको छ भने साउन ५ गते जिल्ला इन्चार्ज र पूर्व जिल्ला इन्चार्जको बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ ।
यस्तै पार्टीले साउन ७ गतेदेखि नौ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई धुलीखेलमा प्रशिक्षण दिएको छ । साउन १२ गते मधेस प्रदेश समितिको बैठक राखेको छ । साउन १७ गते राष्ट्रिय परिषद्को बैठक बोलाएको छ भने साउन १९ गतेका लागि स्थानीय जनप्रतिनिधिहरुको बैठक बोलाएको छ ।
यस्तै साउन २७ गतेका पार्टीले स्थानीय तहका जनप्रतिनिधि बारेमा जनमत संग्रह गराउने तथा साउन ३० गते नेपाल आइ संघको बैठक राखेको छ । भदौ २ गते प्रदेशसभा सदस्यहरुका बारेमा जनमत संग्रह गर्ने पार्टीले कार्यक्रम राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: