सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले जनश्रमदान अभियान सुरु गरेको छ । गाउँपालिकाले जनतालाई विपद् पर्दा जनश्रमदान अभियान सुरु गरेको हो ।
गाउँपालिकाले वडा नम्बर ७ स्थित बाह्रबिसेमा खोलाले सिंचाइ कुलो बिगारे पछि कृषकलाई सिँचाई कुलोबाट पानी लैजानका जाली तार जाली भरीएको हो । बाह्रबिसे क्षेत्रमा २०५० सालबाट किसानले सिँचाई गदैँ आएको कुलो बाह्रबिसे खोलाले बगाएको थियो । खेतमा पानी लगाउन नपाएकोले रोपेको धान पनि मर्न लागेपछि जनताको गुनासो श्रमदान मार्फत सम्बोधन गरेर खोला नियन्त्रणको लागि एकसय पचास थान जाली भरीएको हो ।
सम्मुनत पालिका निर्काणको लागि गाउँपालिकाले सुरु गरेको जनतालाई विपद् पर्दा जनश्रमदान अभियान जिल्लामा नितान्त नयाँ कार्य भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले बताए । उनका अनुसार गाउँपालिकाको आयोजनामा सुरु गरिएको जनश्रमदान अभियानमा सहभागि हुन नेकपा माओवादी केन्द्रका नेता तथा सिन्धुलीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) पनि शनिबार मरिण पुगेका थिए ।
श्रमदानमा प्रतिनिधिसभा सदस्य दाहाल, गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान, उपाध्यक्ष बिमला माझि, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी तथा लगायत तीन सय भन्दा बढीको सहभागितामा एकै दिनमा एकसय पचास बढी तारजाली भरीएको प्रमुख प्रशासकिय अधिकृत दर्जीले बताए ।
बाह्रबिसे खोलाले कुलो भत्काएपछि ३ सय बिघाहा जमिनमा सिँचाई गर्न किसानलाई समस्या भएको र श्रमदान गरी खोलो नियन्त्रण तथा कुलो मर्मत गरिएको प्रतिनिधिसभा सदस्य दाहालले बताए । तत्काल सरकारको तर्फबाट बजेट बिनियोज भएर आउँदा सम्म समय निकै जाने र सिँचाइ नहुँदा यता धान खेतमै सुकेर जाने स्थिती देखिएकाले जनश्रमदानबाट किसानको समस्या समाधान तर्फ लागिएको उनको भनाइ छ ।
श्रमदानमा सहभागि सबैको जोस, जाँगरको साथ उल्लासमय सहभागिता रहेकाले श्रमदान गर्न उर्जा थपिएको गाउँपालिका अध्यक्ष मोक्तानले बताए । गाउँपालिकाले विपदमा परेकाहरुलाई श्रमदानबाट सहयोग गर्ने उदेश्यले महिनाको १ दिन श्रमदान अभियानको सुरुवात गरिएको मोक्तानको भनाइ छ ।
कुलो निर्माण नहुँदा हजारौँ मुरी उत्पादन हुने धान नष्ट हुने देखिएको र सबैजना श्रमदानमा जुटेपछि अबको समयमा खेतमा पानी लगाउन सफल भएको स्थानीयको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - २१:१६
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...
आषाढ़ ८ गते, २०८३ - २१:१५
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...
आषाढ़ ८ गते, २०८३ - २१:१०
काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...
आषाढ़ ८ गते, २०८३ - १९:४३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...
आषाढ़ ८ गते, २०८३ - १९:४१
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...
आषाढ़ ८ गते, २०८३ - १९:३६
प्रतिवाद गर्ने चेतावनी
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...



प्रतिकृया लेख्नुहोस्: