Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

संगीतकार सुरेश अधिकारीका गीत बहिष्कार गर्ने निजी तथा सामुदायिक एफएम रेडियो सञ्चालकहरुकाे घोषणा

खबरडबली संवाददाता

काठमाडौं । निजी तथा सामुदायिक एफएम रेडियो सञ्चालकहरुका तीन संस्थाले संगीतकार सुरेश अधिकारीलाई बहिष्कार गरेको घोषणा गरेका छन् । उनीहरुले हिजो एक संयुक्त विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् ।

नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बीएएन) र सामुदायिक रेडियो प्रसारक संघ (एक्योर्‍याब) द्वारा जारी गरिएको विज्ञप्तिमा नेपाल सरकारसँग आमसञ्चार गृहको सुरक्षाको मागसमेत गरिएको छ । विज्ञप्तिमा आरबीएफका अध्यक्ष आरके श्रेष्ठ, बानका अध्यक्ष कुमार भट्टराई र अकोर्‍याबका अध्यक्ष अर्जुन गिरीले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा सुरेश अधिकारीले फेसबुकमा लेखेको एउटा स्टाटसलाई लिएर आपत्ति जनाइएको छ । उक्त अभिव्यक्ति अत्यन्त अमर्यादित, गालीगलौज, मानमर्दन र भ्रम सिर्जना गर्ने खालको भएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली संगीत क्षेत्रका एकजना सर्जकका रुपमा समाजिक पहिचान बनाएका व्यक्तिबाटै यसप्रकारको तुच्छ र अमर्यादित अभिव्यक्ति सार्वजनिक हुनु कुनै पनि अर्थमा सभ्य समाजमा सहाउँदो कुरा हुनै सक्दैन । यस्तो अभिव्यक्तिले समग्र नेपाली संगीत क्षेत्रकै गरिमा घटाउनेमात्र नभएर सञ्चारमाध्यमसितको सम्बन्धमा समेत दूरी बडाउने काम गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘संगीत रोयल्टी संकलन समाज’ का नाममा राज्यको चौथो अंगका रुपमा स्थापित आमसञ्चार गृहका उपकरणहरुसमेत उठाउने अभिव्यक्ति दिइएको भन्दै विज्ञप्तिमा खेद व्यक्त गरिएको छ र सरकारसँग सुरक्षा माग गरिएको छ र सरकारसँग सुरक्षा माग गरिएको छ ।

‘समाजले एक संगीत सर्जकद्वारा यसरी सञ्चारमाध्यमलाई लक्षित गर्दै प्रसारण गृहमा आक्रमण गर्नेसम्मको अभिव्यक्ति दिनु पक्कै पनि विधि, विधान र लोकतान्त्रिक चरित्र विपरीतको कार्य भएकाले यस्तो अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र नेपाली संगीत क्षेत्रबीचको सुमधुर सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने कुराको महसुस गर्दै उहाँका सम्पूर्ण सांगीतिक कृतिहरु रेडियोबाट प्रसारण गर्न नसकिने व्यहोरासमेत यसै विज्ञप्तिमार्फत अवगत गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

चार दिनअघि संगीतकार अधिकारीले रोयल्टी विवादलाई लिएर रेडियोहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए । जसमा केही ‘अमर्यादित’ शब्दहरु प्रयोग गरिएको थियो ।

संगीतकर्मी र प्रसारकहरुबीच लामो समयदेखि रोयल्टीको विषयमा द्वन्द्व चल्दै आएको छ । आफूहरुको सिर्जनालाई रेडियो-टेलिभिजनहरुले विनारोयल्टी प्रसारण गरेर पैसा कमाउने गरेको गुनासो स्रष्टाहरुले लगाउँदै आएका छन् ।

संगीतकार अधिकारी रोयल्टी संकलन समाजका अध्यक्ष पनि हुन् । उनी तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए । रोयल्टी समाजले आमसञ्चार तथा सार्वजनिक स्थानमा गीत बजाएर रोयल्टी नतिर्ने निकायविरुद्ध कानूनी उपचार खोज्ने तयारी गरिहेको छ । तर, फेसबुकमा छुद्र भाषा प्रयोग गर्दा अधिकारी स्वयम् रेडियोको बहिष्कारमा परेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले बैठकमै प्रहरीको इन्ट्री, विष्णु पौडेल पक्राउपछि कर्णालीमा तरंग।

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...

मोटरसाइकलले ठक्कर दिँदा बारामा तीन जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...

कोटेश्वरमा कारको ठक्कर : चार मोटरसाइकलमा क्षति, पाँच जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...

आरजुमाथि तत्काल मुद्दा नचल्ने, अख्तियारले छुट्टै अनुसन्धान अघि बढाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...

विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending