काठमाडौँ । सांसद डा. बिमला राई पौड्यालले नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद पौड्यालले नेपाली सेना देश र जनताको रक्षाका लागि अपरिहार्य रहेको भन्दै सेनाको प्रभावकारिता कसरी बनाउने र सुदृढ सङ्गठन निर्माण गर्नेमा ध्यान दिनुपर्ने खाँचो औँल्याइन् ।
सांसद पौडयालले अहिले देशमा द्वन्द्व नभएको र शान्ति स्थापनाले पूर्णता पाएको हुनाले सेनाको सङ्ख्यामा बहस गरिनुपर्ने तर्क राखे । उनले भनिन्, “नेपाली सेना अब्बल शक्तिका रुपमा छ । देशमा नेपाली सेनाको सङ्ख्या कति आवश्यक पर्ने हो, त्यसको समीक्षा गरेर व्यवस्थापन गरिनुपर्छ । हिजो द्वन्द्व थियो सेनाको सङ्ख्या बढाइयो तर अहिले देशमा कुनै किसिमको अशान्ति छैन, त्यसैले किन सेनाको सङ्ख्या बढी चाहियो ।”
सांसद मायाप्रसाद शर्माले वर्तमान सरकारले सुशासन प्रवर्धनका लागि जनताले अनुभूत गर्नेगरी काम गरेको बताए । उनले सरकारले अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रणमा काम गरेको भन्दै प्रशंसा गरे । उनले देश विकासको पूर्वाधार शिक्षा भएको बताउँदै नीतिगत तहबाटै सुधारको खाँचो औल्याए । सांसद शर्माले कर्णाली प्रदेशमा भएका जडीबुटी प्रशोधनका लागि सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय गर्नुपर्नेमा जोड दिए ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलबाट विभिन्न मितिमा प्रणाणीकरण भएका विधेयक–२०८०, आर्थिक विधेयक–२०८० र राष्ट्रऋण उठाउने विधेयक प्रमाणीकरणको विवरण उनले पढेर सुनाएका थिए ।
समितिमा सदस्यहरुको हेरफेर
अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् अन्तर्गत गठिन संयुक्त समितिमा रहनुहुने सांसद सदस्यको नाम फेरफेर गरेका छन् । जसअनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सांसद भैरवसुन्दर श्रेष्ठको सट्टा सांसद बिमला घिमिरे सदस्य रहनेगरी हेरफेर गरेका हुन् । उक्त प्रस्तावित नामलाई बैठकले सहमति जनाएको थियो ।
विद्युतीय व्यापार विधेयक विधायन समितिमा
राष्ट्रियसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ११ गते बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: