सिरहा । सिरहाको औरही गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत एक सहकारीले भाडामा ल्याएका भैँसी किसानलाई बाँडेको खुलेको छ ।
आर्थिक वर्ष २०७९/८० को अन्त्यमा वडा नम्बर ४ स्थित खजनपुर सहकारी संस्थाले १७ वटा भाडाको भैंसी वितरण गरेर अनियमितता गरेको खुलेको हो ।
सहकारीका सञ्चालक रामझारी यादवले किसानको सेटिङ्गमै गत असार २३ र २४ गते किसानलाई भैंसी हस्तान्तरण गरेका थिए । वितरण गरेको भैँसी पुनः फिर्ता लगे पछि भैसी भाडामा ल्याइएको खुलेकाे हाे । भैँसी वितरण कार्यक्रममा पालिका प्रमुख शिवजी यादव, प्रमुख प्रशासकीय अधिकृत रमेश नारायण शर्मासहित सहभागी भएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले आफू भैँसी वितरणमा सहभागी भएको स्वीकारे । उनले पछि भाडाको भैँसी वितरण भएको कुरापछि समिति गठन गरेर छानबिन भइरहेको पनि बताए ।
१७ फागुनमा गाउँपालिकाले सो परियोजना अन्तर्गत गाईरभैंसी साना व्यावसायिक कृषि उत्पादन केन्द्र ९पकेट० विकास कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको थियो । २५ लाख रुपैयाँ बजेट रहेको यो कार्यक्रमका लागि पालिकाले खजनपुर सहकारी संस्था छनोट गरेको थियो ।
जसमा १५ लाख भैंसी वितरणका लागि र अन्य रकम औषधि, च्याप कटर, दूध राख्ने भाँडो, घाँसको बीउ वितरणका लागि छुट्याइएको थियो ।
उन्नत जातको १ लाख ५० लाख पर्ने भैंसी वितरण गर्दा किसानले स्वयम् ५० प्रतिशत तिर्नु पर्ने थियो । तर गाउँघरकै लोकल भैँसी व्यावसायी तथा किसानसँग भाडामा ल्याएर वितरण गरी पुनः फिर्ता लगिएको घटना बाहिरिएपछि गाउँपालिकाले भुक्तानी रोकेको थियो ।
युवाहरुको दबाबमा गाउँपालिकाले असार ३० गतेको कार्यपालिका बैठकबाट यो घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको थियो ।
दुईजना कार्यपालिका सदस्य, पशु शाखा संयोजक रामस्वरुप यादव र स्थानीय युवा दीपेन्द्र यादव र प्रदीप यादवसहितको छानबिन प्रतिवेदन तयार गरी पालिका अध्यक्षलाई बुझाएको थियो ।
प्रतिवेदनमा सहकारीले भाडाको भैँसी बाँडेको उल्लेख छ । घटना नबाहिरियोस् भनेर भैँसी व्यापारी तथा किसानलाई तीनदेखि पाँचहजार रुपैयाँ दिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार असार २२ गते पालिकाले उक्त सहकारीलाई कार्यादेश दिएको थियो ।
भैँसी वितरण गरेको कागजात प्रक्रिया पुर्याएर भुक्तानीका लागि सहकारीले पालिकामा पेश समेत गरेको छ । दुई लाख ३० हजार रुपैयाँको चेक समेत पालिकाले सहकारीलाई दिन काटेको प्रतिवेदनमा खुलाएको छ ।
यस्तै २५ लाख रुपैयाँ मध्ये १० लाखबाट खरिद गरेर किसानलाई वितरण गर्नुपर्ने औषधि, च्यापकटर, दूध राख्ने भाँडो, घाँसको बीउ वितरणका गर्नु पर्नेमा केही औषधि र घाँसको बिउ बाहेकक केही वितरण नगरेको प्रतिवेदनमा उल्लेख छ ।
समितिले प्रतिवेदनमा सहकारी दोषी देखिएकाले कानुन बमोजिमा कारबाही गर्न माग गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - २१:१६
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...
आषाढ़ ८ गते, २०८३ - २१:१५
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...
आषाढ़ ८ गते, २०८३ - २१:१०
काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...
आषाढ़ ८ गते, २०८३ - १९:४३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...
आषाढ़ ८ गते, २०८३ - १९:४१
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...
आषाढ़ ८ गते, २०८३ - १९:३६
प्रतिवाद गर्ने चेतावनी
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...



प्रतिकृया लेख्नुहोस्: