Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

कांग्रेस बैठक- आज पनि नेताहरूले धारणा राख्ने, नेतृत्वमाथि प्रश्नैप्रश्न

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सानेपामा मंगलबारदेखि जारी बैठक ११ बजेदेखि तेस्रो दिनपनि सुरु हुँदैछ। 

हिजो केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले विभिन्न धारणा राख्दै पार्टी नेतृत्वलाई सुझावहरू दिएका छन् । अधिकांशले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

कांग्रेसले वडादेखि केन्द्रसम्म संरचना बनाएपनि नेतृत्वमा केन्द्रिकृत मानसिकता हट्न नसकेको अधिकांश नेताले बताएका छन् । प्रदेश सभापतिहरूले पनि प्रदेश समितिलाई बेवास्ता गरिएको पार्टी विधि र विधानअनुरुप चल्न नसकेको गुनासो गरे । 

केही सदस्यले गठबन्धनको समर्थन गरेका थिए भने केहीले चुनावअघिको गठबन्धन आवश्यक नरहेको बताएका छन् ।  बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई दबाबमा राख्ने धेरैको अनुमान थियो । 

तर, बैठकको परिदृश्य फेरियो । देउवाकै प्रस्तावमा कांग्रेसले सम्भवतः नेपालमै पहिलो पटक पार्टीको बैठक लाइभ गरिरहेको छ । शीर्ष तहबाट तय भएको कांग्रेसका १० वटा एजेण्डामा अहिले छलफल भइरहेको छ । 

छलफलमा नेताहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् । पार्टी बैठकमा एउटा कुरा गर्ने तर बाहिर महामन्त्री थापाले मिडियामा आफू अनुकूल प्रचार गर्ने आरोप लागिरहेको बेलामा देउवाले बैठक लाइभ गर्ने रणनीति अख्तियार गरेको कतिपयको विश्लेषण छ ।

महामन्त्री थापा देउवाबाट पार्टी नचल्ने निष्कर्षसहित नेतृत्व परिवर्तनको एजेण्डा जबरजस्त छलफलमा ल्याउने प्रयासमा थिए । तर, अहिले बैठकमा महामन्त्री थापाले प्रस्तुत गरेको एक वर्षे कार्ययोजनामै केन्द्रित भएर छलफल चलिरहेको छ । महामन्त्री थापाले प्रस्तुत गरेको कार्ययोजना पनि कार्यान्वयनमा नेताहरुले उत्तिकै आशंका गरेका छन् ।

तर, बैठकमा गगनले स्थापित गराउन खोजेको नेतृत्व परिवर्तनको एजेण्डालाई इतर पक्षको नेतृत्व गरिरहेका डा। शेखर कोइरालाले नै अंगीकार नगरेपछि गगन अप्ठेरोमा परेका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित केही युवा नेताहरुको मात्रै साथ छ ।

तर, अहिलेसम्म कांग्रेसमा देउवाकै बलियो पकड छ ।  हिजो ४६ जनाले धारणा राखेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending