काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शर्माले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रको विकासका लागि इजरायलसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताइन् । नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री शर्माले कृषिमा यसको प्रयोग गर्न चाहिरहेको बताएकी छन् ।
पहिलेको तुलनामा सूचना प्रविधिको क्षेत्रमा नेपालले पनि उल्लेख्य विकास गरेको जानकारी दिंदै मन्त्री शर्माले सूचना प्रविधिलाई राज्यको प्राथमिकतामा राखिएको बताइन् । ‘हामीले सरकारको नीति तथा कार्यक्रममार्फत पनि यो स्पष्ट गरेका छौं कि अब नेपालमा सूचना प्रविधि प्राथमिकताको क्षेत्र हो’– उनले भनिन्– ‘डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको छ ।’
देशभरि सूचना सञ्चारको पहुँच विस्तार तीब्र गतिमा भइरहेको उल्लेख गर्दै उनले यसमा प्रधानमन्त्रीको उच्च प्राथमिकता रहेको मन्त्री शर्माले जानकारी गराइन् । इन्टनेटको फोजी सेवा देशभरि पुर्याउने कामलाई अन्तिम चरणमा पुर्याइएको उल्लेख गर्दै मन्त्री शर्माले फाइभजी सेवा पनि परीक्षणका लागि क्रममा रहेको बताइन् । उनले नपालले आफ्नै स्याटेलाइट राख्ने सवाललाई पनि प्रथामिकतामा राखेको उल्लेख गर्दै सस्तो र गुणस्तरीय स्याटेलाइट राखेर सूचना प्रविधिको विकासलाई नयाँ आयाम दिने सरकारको सोंच रहेको बताएकी छन् ।
राजदूत गोडरले पछिल्लो समय नेपालले चाँडो चाँडो विकास गरिरहेको बताए । आफू लामो समयदेखि नेपालमा रहेको उल्लेख गर्दै उनले पछिल्लो समय सूचना प्रविधिलगायत सबै क्षेत्रमा नेपालले तीब्र विकास गरिरहेको बताए ।
नेपालको एउटा प्रदेशको हाराहारीमा रहेको इजरायलले सूचना प्रविधिमा धेरै विकास गरेको औल्याउँदै उनले सूचना र सञ्चारको क्षेत्रमा प्रभावकारी सेवा भएन भने अबका दिनमा विश्व समुदायमा प्रतिष्पर्धा गर्न कठिन हुने भएकाले पनि विश्वले यस क्षेत्रमा चाँडोचाँडो विकास गरिहेको बताए । नेपालमा धेरै हिमाली र पहाडी क्षेत्र भएकाले सबै ठाउँमा बराबरी सञ्चार सुविधा पुर्याउन कठिनाइ देखिएको उल्लेख गर्दै उनले नेपालले आफ्नै स्याटेलाइट राख्न सकेको हकमा निकै प्रभावकारी हुने सुझाव पनि दिए ।
भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - ०७:१३
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...
बैशाख १३ गते, २०८३ - ०७:११
भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...
बैशाख १३ गते, २०८३ - ०७:०९
खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...
बैशाख १३ गते, २०८३ - ०७:०७
बागलुङ । कहिल्यै खेती नगरेर झाडीले ढाकिएको पाखो जमिन—रेशगाउँको पहिचान यही थियो। बसाइँसराइ बढ्दै जाँदा खेत बाँझै बस्न थालेका थिए, गाउँ सुनसान हुँदै थिय...
बैशाख १३ गते, २०८३ - ०७:०६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ र...
बैशाख १३ गते, २०८३ - ०७:०२
मकवानपुर । मकवानपुरको भिमफेदी कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको...
बैशाख १३ गते, २०८३ - ०६:५७
भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी...
बैशाख १३ गते, २०८३ - ०६:५५
काठमाडौं। वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि ...
बैशाख १३ गते, २०८३ - ०६:५४
काठमाडौं । प्रिमनसुनको संकेत अब स्पष्ट देखिन थालेको छ। पछिल्लो २४ घण्टामा फोप्ली मा ९७.६ मिलिमिटर वर्षा मापन भएसँगै पश्चिमदेखि पूर्वसम्म मौसम सक्रिय ब...
बैशाख १२ गते, २०८३ - १०:२७
काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो। २०७२ काे भुकम्पले भत्काएको केव...


प्रतिकृया लेख्नुहोस्: