Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

इराकबाट फर्किएर कुखुरापालन व्यवसाय

\"poultry-farm\"झापा । वैदेशिक रोजगारीका लागि इराक पुग्नुभएका दुई युवाले त्यहाँबाट फर्किएर अहिले झापामा कुखुरापालन व्यवसाय सुरु गरेका छन् । शिवसताक्षी नगरपालिका–३ व्याङ्डाँडाका पवन कटुवाल र धनकुटा निवासी पदम राईले ९० लाख लगानी गरेर कुखुरापालन व्यवसाय सुरु गरेका हुन । धन कमाउन इराकमा पुग्नुभएका कटुवाल र राईको त्यहीँ पाँचवर्ष अगाडि चिनजान भएको थियो । इराकमा आफूले गरेको दुःख सम्झिएर विदेशमा गरिने दुःख नेपालमा पनि गरे मनग्य आम्दानी लिन सकिन्छ भनेर नेपाल फर्किएको र झापामा कुखुरापालन व्यवसाय सुरु गरेको कटुवाल र राईको एउटै भनाइ छ । नेपाल फर्किएलगत्तै आफूहरुले व्यावसायिक कुखुरापालनका लागि डार्डेन पोल्ट्री फार्म सुरु गरेको बताउँछन्  व्याङ्डाँडाका कटुवाल । नौ कट्ठा क्षेत्रफलमा बनाइएको व्यवस्थित फार्ममा अहिले आठ हजार लेयर जातका कुखुरा पालिएको र दैनिक ४५० भन्दा बढी अन्डा उत्पादन गर्नसमेत सुरु भइसकेको कटुवालले बताए । फार्म सञ्चालनका लागि अहिले सात जनालाई आफूहरुले रोजगारीसमेत उपलब्ध गराएको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर फार्म सुरु गर्दा होच्याउने र गिज्याउने धेरै भएपनि अहिले सातजनालाई आफैँले रोजगारी दिएपछि आफूहरुले सुरु गरेको कुखुरापालन व्यवसाय हेर्न आउनेको घुइँचो नै लाग्ने गरेको छ फार्मका अर्का सञ्चालक राईले भने । आँट, जोश र जाँगर भयो भने सफलता पाउन कुनै गाह्रो रहेनछ तर परिश्रम गर्नुप¥यो, राईले थपे। आफूहरुले सुरु गरेको यो व्यवसायबाट अहिले झन्डै रु ७५ हजार मासिक बचत गर्नसमेत सुरु गरिसकेका छौँ, फार्मका सञ्चालक कटुवालले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending