Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

मुक्त कमैया घोषणाको २३ वर्ष: सरकारी प्रतिबद्धता पूरा भएन

खबरडबली संवाददाता

कञ्चनपुर । दुई दशकअघि लामो सङ्घर्ष पश्चातमुक्तिको घोषणा हुँदा सरकारले गरेको प्रतिबद्धता पूरा नगर्दा मुक्तकमैया परिवार कष्टकर जीवन बिताउन बाध्य छन् । तत्कालीन सरकारले सुरक्षित आवास, नि:शुल्क शिक्षा, स्वास्थ्यमा सहज पहुँचसँगै रोजागरीको सुनिश्चित गर्ने प्रतिबद्धता गरेको थियो । 

विगत सम्झदै मुक्तकमैया समाजका केन्द्रिय उपाध्यक्ष जगरनाथ चौधरीले भने, “सरकारले मालिकबाट लिएको सौकी बापतको ऋण मिनाहा गर्यो, सहज जीवनयापनका लागि गरेको प्रतिबद्धता सुनेर सिंहदरबारबाट बाहिरिँदा निकै उत्साह लिएर फर्केका थियौँ, मालिकको घरमा गरेको कष्ट सबै विर्षेका थियौँ त्यो बेला, दु:खका दिन अब अन्त्य भए, सहज जीवन चलाउन सकिने सपना बोकेर घर फर्केका थियौँ ।” मुक्तिको घोषणा भएको २३ वर्ष बितेपनि सरकारी प्रतिबद्धता पूरा नहुँदा निकै निराश भएको उनले उल्लेख गरे । 

“पुन: स्थापन गराएको पाँच कठ्ठा जग्गामा घर निर्माण गर्नकै लागि ठिक्क छे” उनले भने, “परिवारको भरणपोषणको कार्य गर्न मजदुरीमा जानुपर्ने अवस्था विद्यमान छ ।” “चुनावी एजेण्डामा मुक्तकमैयाका मुद्दालाई निकै प्राथमिकताका साथ उछालिन्छ” उनले भने, “चुनाव सकिएपछि सबै मुद्दा ओझेलमा पर्छन्, राजनीतिक दृढइच्छाशक्ति नहुँदा मुक्तकमैया परिवारले आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको छ ।” 

मुक्तकमैया परिवारलाई नदी तटीय क्षेत्रको बलौटे जग्गा, वन क्षेत्र नजिकै, बजार भन्दा निकै टाढा पुन: स्थापन गराउदा समस्या उत्पन्न भएको मुक्तकमैया अगुवा रामबहादुर रानाले बताए । “नदीले जग्गा कटान गर्दा धेरै परिवार भूमिहीन अवस्थामा पुगेका छन्” उनले भने, “वन क्षेत्र नजिकैको जग्गामा पुन:स्थापन गराइएका परिवार जङ्गली जनावरबाट पीडित भएका छन, बजार क्षेत्र भन्दा टाढा पुन: स्थापन गराइएका परिवार मजदुरी गर्नबाट वञ्चित छन् ।” उनका अनुसार मुक्तकमैया श्रम ऐन २०५८ र नियमावली बनाइए पनि व्यवहारमा कार्यान्वयनमा नल्याईदा मुक्त कमैया परिवार अझै पनि पुन: स्थापन हुनबाट छुटेका छन । धेरै परिवारको हातमा लालपूर्जा भए पनि जग्गा चिन्न पाएका छैनन् ।

मुक्तकमैयाका अधिकांस परिवार थारु समुदायसँग सम्बन्धित रहेका छन् । थारु समुदायसँग परम्परागत सीप छ । “सीपलाई निर्खानका लागि आधुनिक तालिमको आवश्यकता छ” मुक्तकमैंया अगुवा लाहुरे डगौराले भने, “सीपमा आधारित उद्योग सञ्चालन गरी  मुक्तकमैयालाई व्यावसायिक बनाइनुपर्छ, यो कुरा धेरै पटक उठाएका छौँ, सुनवाइ हुने गरेको छैन ।”

मुक्ति घोषणाको दुई दशक बित्दा सुरक्षित आवास, नि:शुल्क शिक्षा, स्वास्थ्योपचार, रोजगारीको सुनिश्चित हुन नसकेको बिना चौधरीले बताए । उनका अनुसार कैलालीमा नौ सय ५३ र कञ्चनपुरमा एक सय २९ गरी एक हजार ८२ मुक्तकमैया परिवार पुन:स्थापन हुनबाट छुटेका छन ।   

“भूमिसुधार कार्यालय हुँदा मुक्तकमैयाको वृत्ति विकासका लागि घुम्ती कोष सञ्चालन गरिने व्यवस्था थियो” उनी भन्छन्, “भूमिसुधार कार्यालय मालपोत कार्यालयमा गाभिएपछि कार्यक्रम आउन छाडेका छन् ।”
 
“कोषको सोधिखोजी गर्दै मालपोत कार्यालयमा पुग्दा स्थानीय तहमा कार्यक्रम गएको छ भन्छन, स्थानीय तहमा जाँदा कार्यक्रमनै नभएको जफाब दिएर फर्काउन्छन्” उहाँ भन्नुहुन्छ, “स्थानीय तहले पनि मुक्तकमैया लक्षित गरी कार्यक्रमनै सञ्चालन नगर्दा अन्यौलमा छौँ ।”  घर निर्माणका लागि १० हजार रुपैयाँबाट तत्कालीन जिल्ला वन कार्यालयबाट कटनी मुछानीका लागि कटौती गरेको रकमबापतको काठ उपलव्ध हुनुपर्ने मुक्तकमैया अगुवाको भनाइ छ । जनता आवास कार्यक्रम अन्तर्गत भूमिहीन सुकुम्वासीसँगै मुक्तकमैयालाई अनिवार्य पक्की घरको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

संवैधानिक व्यवस्था अनुसार उच्च तहसम्म गुणस्तरीय तथा अनिवार्य नि:शुल्क शिक्षाको व्यवस्था गर्नु राज्यको दायित्व भए पनि मुक्तकमैयाका बालबालिकाले अझैसम्म नि:शुल्क शिक्षा पाउन नसकेको मुक्तकमैया समाज कञ्चनपुरका अध्यक्ष घाँसीराम रानाले बताए । “सरकारले मुक्तकमैयालाई बासका लागि उपलव्ध गराएको जग्गा चलभोगमा मात्रै अधिकार सीमित गरेको छ” उनले भने, “त्यस्तो जग्गाको पूर्ण प्रयोजनको अधिकार दिएको छैन, संविधानमा व्यवस्था भए अनुसारको सम्पतिको हकका आधारमा त्यस्तो जग्गामा मुक्त कमैयाको अधिकार स्थापित गरिनुपर्छ ।”

कञ्चनपुरमा विसं २०५७ को लगतमा समावेश भएका तीन हजार ४५ जना र विसं २०५९ को लगतमा समावेश भएका एक हजार चार सय ६१ गरी चार हजार ५०६ जनाले परिचयपत्र प्राप्त गरेका छन । परिचयपत्र प्राप्त गरेकामध्ये चार हजार दुई हजार ८९ले मात्रै जग्गा प्राप्त गरी पुन: स्थापन भएका छन । विसं २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

इरान-इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...

एसईईमा पाल्पाबाट चार हजार सात सय बढीले सहभागी हुने

तानसेन। पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइइ परीक्षा...

पितृशोकमा रहेका ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...

नवनिर्वाचित सांसदहरूले इतिहास लेख्ने अवसर सदुपयोग गर्नुपर्छ: उपसभापति अर्याल

काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...

सभापति र वरिष्ठ नेतालाई सम्भव भएसम्म भोलि उपस्थित गराउँछौँ : डीपी अर्याल

काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...

खोटाङमा हावाहुरी : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्‍याएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: