काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आजदेखि साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुनधारास्थित काठमाडौँ मल अगाडि रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।
सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्त्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरेको जनाएको छ ।
गाडी पूर्ण रूपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभाबी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले सवारी दुर्घटना हुँदै आएका छन् ।
मादक तथा र लागु पदार्थ सेवन गरेर सवारी साधन चलाएको शङ्का लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुर्व्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा वा नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न पोखरेलले यात्रुलाई अनुरोध गरे ।
अभियानका क्रममा ट्राफिकसम्बन्धी आधारभूत जानकारी सहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको छ । ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानर समेत प्रदर्शन गरिएको छ ।
यात्रुको आवत जावत बढी हुने स्थानहरू काठमाडौँका न्युरोड, शान्तीवाटिका, कालीमाटी, कलङ्की, महाराजगन्ज, चाबहिल, गौशाला, कोटेश्वर लगायतका भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गते सम्म यो कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - २१:१६
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...
आषाढ़ ८ गते, २०८३ - २१:१५
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...
आषाढ़ ८ गते, २०८३ - २१:१०
काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...
आषाढ़ ८ गते, २०८३ - १९:४३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...
आषाढ़ ८ गते, २०८३ - १९:४१
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...
आषाढ़ ८ गते, २०८३ - १९:३६
प्रतिवाद गर्ने चेतावनी
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...



प्रतिकृया लेख्नुहोस्: