काठमाडौं । नेपाली चलचित्र सफल हुनुको एक महत्त्वपूर्ण कारण गीत–सङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीत–सङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्दै आएको छ ।
पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीत–सङ्गीत लोकप्रिय हुने गरेको छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायत चलचित्रमा गीत–सङ्गीत झै कथावस्तुले चर्चा पाउन सकेन ।
प्रचारप्रसारको सशक्त माध्यम मानिए पनि केही समययता भने गीत–सङ्गीतमा उल्लेख लगानी भएको पाइँदैन । गीत–सङ्गीतमा गरिने लगानी अझै बढ्नु पर्ने सङ्गीतकार अर्जुन पोखरेलले बताए।
“चलचित्रमा हुने गीत–सङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीत अनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतिसङ्ग्रहमा भने त्यो लागू छैन”, सङ्गीतकार पोखरेलले भने।
निर्देशक पुर्नेन्दु झाले चलचित्रको पहिलो पचार नै गीतमार्फत हुने बताए। “चलचित्रको प्रचारप्रसार सुरु नै गीतमार्फत गर्ने प्रचलन छ किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य ट्रेलर लगायतका सामग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भने।
उनले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को गीतको लागि होलीको माहोल सिर्जना गरेका थिए। निर्देशक प्रदीप भट्टराई पनि गीत–सङ्गीतलाई महत्त्वका साथ चयन गर्छन्। उनले निर्देशित ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’ को सफलताको श्रेय गीत–सङ्गीतलाई पनि जान्छ । उल्लेखित चलचित्रको सङ्गीत कर्ण प्रिय बनेका थिए ।
“हामीले कथाअनुसार नै गीत राख्ने गरेका छौँ । केही आफ्नै र केही बजारले निर्देशित गरेका गीत सङ्गीतलाई समेट्ने गरेका छौँ”, निर्देशक भट्टराईले भने। गीत–सङ्गीत लोकप्रिय नभएका चलचित्रहरू असफलसमेत भएका छन् । केही थोरै चलचित्र छन्, जसमा गीत–सङ्गीतको आवश्यकता देखिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: