जनकपुरधाम । आज देखि शुरु भएको मलिमास अर्थात् पुरुषोत्तम मासको अवसर पारेर महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकाको गेरुकाधाम स्थित गेरुका नदीमा शाही स्नान सम्पन्न भएको छ ।
मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइमा निस्केको रथ सहितको शोभा यात्रा गेरुकाधाममा पुगेर बिहान शाही स्नान तथा गेरुका मन्दिरमा विशेष पूजापाठको आयोजना गरिइएको हाे ।
धनुषा तथा महोत्तरीको सिमानामा पर्ने गेरुका नदिमा शाही स्नानका लागि जनकपुरधामका विभिन्न मठ मन्दिरहरूबाट महन्थ, साधुसन्त सहितको टोलीले झाकी सहित गेरुका मेला पुगेका थिए । भगवान् विष्णु मलिमासमा गेरुका नदिमा वास बस्ने मान्यता अनुसार नदिमा स्नान गर्नका लागि हजारौँ व्यक्तिहरू मलिमास अवधिमा गेरुका पुग्ने गरेका छन् ।
एक महिनासम्म भगवान् विष्णु चीरसागरमा विराजमान हुने मान्यता अनुसार साउन महिना भरि नै गेरुकाधाममा ठूलो मेला लाग्ने गरेको छ । धार्मिक महत्वको गेरुका नदिमा स्नान गरेर गेरुकाधाममा रहेको भगवान् विष्णु सहितको मठ मन्दिरमा विशेष पूजा पाठ गर्ने चलन रहेको छ ।
शाही स्नानमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, प्रदेश सभाका सदस्य एवं सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष रामअशिष यादव, सामाजिक अभियन्ता अमरचन्द्र अनिल, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल, वातावरण संरक्षण अभियानीहरु सहितका विभिन्न मठमन्दिरका महन्थहरु सहभागी रहेका थिए ।
गेरुकाधाम तथा धनुषाधामलाई जोडेर धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकेको खण्डमा जनकपुरधाम आउने पर्यटकलाई दुई तीन दिन वास बस्नका लागि सहयोग पुग्ने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जानकारी दिए ।
मलिमास शुरु भएसँगै आज देखि लागेको गेरुका मेला भर्नका लागि नेपाल तथा भारतको विभिन्न भागबाट लाखौँ व्यक्तिहरू गेरुकाधाम पुग्ने गरेका छन् । करिब पाँच वर्षको अन्तरालमा यस पटक मलिमास परेको छ । गेरुकाको पुर्नरुत्थानका लागि झाकी सहितको रथ यात्रा जानकी मन्दिरले यस पटक निकालेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए ।
यता गेरुका नदिको संरक्षणमा विशेष ध्यान दिन आवश्यक रहेको छ । अहिले नदिमा पानीको बहाव निक्कै कम भएकाले नदिको संरक्षणमा पनि ध्यान दिनु पर्ने माग शाही स्नानमा सहभागी भक्तजनहरूले गरेका छन् । मेला एक महिना रहनेछ भने आइतबार र मङ्गलवार अत्यधिक भिड भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: