Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

एमालेमा भूमिकाविहीन भएका भीम रावलकाे सकृयता बढ्दै

‘कमब्याक’को तयारी गर्न पुगे सुदूरपश्चिम

खबरडबली संवाददाता

काठमाडाैं ।  एमालेको १०औँ महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि पार्टीमा भूमिकाविहीन बनेका नेता भीम रावल पार्टी काममा फर्किन लागेका छन् । त्यसको सुरुवात गृहजिल्ला अछामबाट गरेका हुन् । 

१ साउनमा उनी अछामको साँफेबगर नगर कमिटीले राखेको प्रशिक्षण तथा अन्तर्क्रियामा सहभागी भएका थिए । उनले उक्त अवसरमा पार्टी नेता तथा कार्यकर्तालाई प्रशिक्षणसँगै अन्तर्क्रियासमेत गरे ।

एमालेको ब्यानर, झण्डा र चुनावचिह्नमुनि उभिएर नेता रावलले आफ्नाे पार्टी नेकपा एमालेलाई कसरी बलियो बनाउने र राष्ट्रियहितको पक्षमा उभ्याउने भन्नेमा ध्यान केन्द्रित हुनुपर्ने बताए । 

पार्टीमा अन्तरविरोध भइरहे पनि कुनै नेता विशेषसँग व्यक्तिगत रिसराग नभएको उनको भनाइ छ । तर, राष्ट्रिय मुद्दामा भने आफू अडिग रहेको पनि रावलले बताए । 

सौराह महाधिवेशनमा अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने उनी निर्वाचित भएको घोषणा गरिएको थियो । तर, आफू त्यो पदमा उम्मेदवार नै नभएको भन्दै उनले अस्वीकार गरेका थिए । उनकाे केन्द्रीय सदस्य नै नरहे पछि पार्टी स्थायी कमिटी सदस्य बन्ने बाटो बन्द भएकाे थियाे ।

पार्टीले सल्लाहकार परिषद् सदस्यमा मनोनीत गरे पनि आफूलाई नसोधी राखिएको भन्दै त्यहाँ बस्न पनि रावलले अस्वीकार गरेका थिए । त्यसले अध्यक्ष केपी ओली उनीसँग चिढिए । 

अघिल्लो संसदमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्वाग्रह राखेर पार्टी विभाजनलाई सघाएको भन्दै एमालेले लामो समय संसद अवरुद्ध गर्‍यो । एमाले सांसदहरू उभिएर नाराबाजी गर्दा नेता रावल पार्टी निर्देशनविपरीत बैठकमा सहभागी भउकाे थिए । 

नेता रावल ‘ट्रयाक’बाहिर रहेको टिप्पणी एमाले वृत्तमा भए पनि उनीमाथि कुनै कारबाही भने गरिएन । ३१ वैशाख २०७९ को स्थानीय चुनावमा पनि जिम्मेवारी नपाएको भन्दै रावल निष्क्रिय बसिदिए । तर, ४ मंसिरको आमचुनावको भने उनले तयारी गरेका थिए ।

क्षेत्र, जिल्ला र प्रदेश कमिटीबाट अछाम १ को प्रतिनिधिसभा सदस्यका लागि रावलको नाम एकल सिफारिस गरिएको थियो । तर, ‘पार्टी सम्पर्कमा नरहेको’ भन्दै अध्यक्ष ओलीले रावललाई टिकट दिएनन् । त्यसपछि ओली र रावलबीच लामो वाकयुद्ध भयो । निर्वाचनको अघिल्लो दिन मात्र गृहजिल्ला पुगेका रावल पार्टीका उम्मेदवारको प्रचारप्रसार गरेनन् । 

एमालेको मिसन ग्रासरुटमा पनि रावल आफ्नै किसिमले सक्रिय भए । तर, पार्टी उपाध्यक्ष विष्णु पौडेल अछाम जाँदा उनी कार्यक्रममा बसेनन् । कार्यक्रममा रावलको आलोचना भएपछि उनी समर्थकले विरोध गरेका थिए ।

त्यसले पौडेल र रावलबीच आरोप–प्रत्यारोपसमेत चलेको थियो । पार्टी हितविपरीत चलेको पौडेलको आरोपको खण्डन गर्न रावलले धनगढीमा पत्रकार सम्मेलनसमेत गरेका थिए । रावलको असन्तुष्टि र रवैयाका कारण सुदूरपश्चिम प्रदेशमा पार्टी कमजोर भएको निष्कर्षपछि एमालेले उनीसँग वार्ताका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समितिसमेत बनाएको थियो । अध्यक्ष ओलीसँग बसेर विवादको अन्त्य गर्ने टुंगोमा पुगे पनि त्यो साइत अजै जुरेको छैन । 

एमालेमा प्रदेश, जिल्ला, गाउँ र वडा अधिवेशनको तयारी सुरु भएपछि रावलले पार्टीमा सक्रियता बढाएका छन् । पार्टीका हरेक विवादित निर्णयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्दैआएका रावल ७० वर्षे प्रावधान हटाउने निर्णयको भने विरोध गरेका छैनन् । किनभने, त्यो प्रावधानले रावललाई ११औँ महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिन रोक्ने स्थिति थियो । सो प्रावधान हटेपछि रावल एमालेमै बस्ने र ‘प्रभावकारी’ कमब्याकको तयारीमा जुटेका छन् ।

एमालेले भदौभित्र प्रदेश कमिटीहरूको अधिवेशन गर्न निर्देशन दिएको छ । रावल प्रदेश, जिल्लादेखि गाउँ र वडा तहसम्म वर्चस्व देखाएर अझै पनि सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेताका रूपमा दरिन चाहन्छन् । २२ र २३ भदौमा एमालेले सु्दूरपश्चिम प्रदेश अधिवेशन तोकेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending