Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

एमालेमा भूमिकाविहीन भएका भीम रावलकाे सकृयता बढ्दै

‘कमब्याक’को तयारी गर्न पुगे सुदूरपश्चिम

खबरडबली संवाददाता

काठमाडाैं ।  एमालेको १०औँ महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि पार्टीमा भूमिकाविहीन बनेका नेता भीम रावल पार्टी काममा फर्किन लागेका छन् । त्यसको सुरुवात गृहजिल्ला अछामबाट गरेका हुन् । 

१ साउनमा उनी अछामको साँफेबगर नगर कमिटीले राखेको प्रशिक्षण तथा अन्तर्क्रियामा सहभागी भएका थिए । उनले उक्त अवसरमा पार्टी नेता तथा कार्यकर्तालाई प्रशिक्षणसँगै अन्तर्क्रियासमेत गरे ।

एमालेको ब्यानर, झण्डा र चुनावचिह्नमुनि उभिएर नेता रावलले आफ्नाे पार्टी नेकपा एमालेलाई कसरी बलियो बनाउने र राष्ट्रियहितको पक्षमा उभ्याउने भन्नेमा ध्यान केन्द्रित हुनुपर्ने बताए । 

पार्टीमा अन्तरविरोध भइरहे पनि कुनै नेता विशेषसँग व्यक्तिगत रिसराग नभएको उनको भनाइ छ । तर, राष्ट्रिय मुद्दामा भने आफू अडिग रहेको पनि रावलले बताए । 

सौराह महाधिवेशनमा अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने उनी निर्वाचित भएको घोषणा गरिएको थियो । तर, आफू त्यो पदमा उम्मेदवार नै नभएको भन्दै उनले अस्वीकार गरेका थिए । उनकाे केन्द्रीय सदस्य नै नरहे पछि पार्टी स्थायी कमिटी सदस्य बन्ने बाटो बन्द भएकाे थियाे ।

पार्टीले सल्लाहकार परिषद् सदस्यमा मनोनीत गरे पनि आफूलाई नसोधी राखिएको भन्दै त्यहाँ बस्न पनि रावलले अस्वीकार गरेका थिए । त्यसले अध्यक्ष केपी ओली उनीसँग चिढिए । 

अघिल्लो संसदमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्वाग्रह राखेर पार्टी विभाजनलाई सघाएको भन्दै एमालेले लामो समय संसद अवरुद्ध गर्‍यो । एमाले सांसदहरू उभिएर नाराबाजी गर्दा नेता रावल पार्टी निर्देशनविपरीत बैठकमा सहभागी भउकाे थिए । 

नेता रावल ‘ट्रयाक’बाहिर रहेको टिप्पणी एमाले वृत्तमा भए पनि उनीमाथि कुनै कारबाही भने गरिएन । ३१ वैशाख २०७९ को स्थानीय चुनावमा पनि जिम्मेवारी नपाएको भन्दै रावल निष्क्रिय बसिदिए । तर, ४ मंसिरको आमचुनावको भने उनले तयारी गरेका थिए ।

क्षेत्र, जिल्ला र प्रदेश कमिटीबाट अछाम १ को प्रतिनिधिसभा सदस्यका लागि रावलको नाम एकल सिफारिस गरिएको थियो । तर, ‘पार्टी सम्पर्कमा नरहेको’ भन्दै अध्यक्ष ओलीले रावललाई टिकट दिएनन् । त्यसपछि ओली र रावलबीच लामो वाकयुद्ध भयो । निर्वाचनको अघिल्लो दिन मात्र गृहजिल्ला पुगेका रावल पार्टीका उम्मेदवारको प्रचारप्रसार गरेनन् । 

एमालेको मिसन ग्रासरुटमा पनि रावल आफ्नै किसिमले सक्रिय भए । तर, पार्टी उपाध्यक्ष विष्णु पौडेल अछाम जाँदा उनी कार्यक्रममा बसेनन् । कार्यक्रममा रावलको आलोचना भएपछि उनी समर्थकले विरोध गरेका थिए ।

त्यसले पौडेल र रावलबीच आरोप–प्रत्यारोपसमेत चलेको थियो । पार्टी हितविपरीत चलेको पौडेलको आरोपको खण्डन गर्न रावलले धनगढीमा पत्रकार सम्मेलनसमेत गरेका थिए । रावलको असन्तुष्टि र रवैयाका कारण सुदूरपश्चिम प्रदेशमा पार्टी कमजोर भएको निष्कर्षपछि एमालेले उनीसँग वार्ताका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समितिसमेत बनाएको थियो । अध्यक्ष ओलीसँग बसेर विवादको अन्त्य गर्ने टुंगोमा पुगे पनि त्यो साइत अजै जुरेको छैन । 

एमालेमा प्रदेश, जिल्ला, गाउँ र वडा अधिवेशनको तयारी सुरु भएपछि रावलले पार्टीमा सक्रियता बढाएका छन् । पार्टीका हरेक विवादित निर्णयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्दैआएका रावल ७० वर्षे प्रावधान हटाउने निर्णयको भने विरोध गरेका छैनन् । किनभने, त्यो प्रावधानले रावललाई ११औँ महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिन रोक्ने स्थिति थियो । सो प्रावधान हटेपछि रावल एमालेमै बस्ने र ‘प्रभावकारी’ कमब्याकको तयारीमा जुटेका छन् ।

एमालेले भदौभित्र प्रदेश कमिटीहरूको अधिवेशन गर्न निर्देशन दिएको छ । रावल प्रदेश, जिल्लादेखि गाउँ र वडा तहसम्म वर्चस्व देखाएर अझै पनि सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेताका रूपमा दरिन चाहन्छन् । २२ र २३ भदौमा एमालेले सु्दूरपश्चिम प्रदेश अधिवेशन तोकेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending