Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

प्रशासनले स्थानीय मिडियालाई कडाइ गर्दा सिमा क्षेत्रमा भारतीय पत्रकारको तमासा

खबरडबली संवाददाता

काठमाडौं । गत शुक्रबार बिहान एउटा ट्रक कोशीको पुलबाट खस्यो । दिउँसोतिर दुई भारतीय पत्रकार (एक पुरुष र एक महिला) कोशी व्यारेजमा देखिए । उनीहरूले रिपोर्टिङका नाममा त्यहाँ ड्यूटीमा रहेका प्रहरीहरूलाई केरकार गर्न थाले ।

पुरुष पत्रकार एक प्रहरीलाई थर्काउने शैलीमा सोधिरहेका थिए, ‘यहाँ ट्रक कि पल्टी कैसे हो ति है ?’ ती प्रहरीको जवाफ थियो, ‘थाहा भएन, सम्बन्धित निकायमा सोध्नुस् ।’

त्यसपछि पत्रकार क्यामरातिर फर्किएर चर्किए, ‘आप देख सक्ते हे, जो ब्यारेज पे अन ड्यूटी कर रहे उनको खुद पता नहीँ है कि ट्रक कि पल्टी कैसी होति है ।’

त्यसपछि अर्का प्रहरीलाई बुम तेर्स्याउँदै उही प्रश्न सोध्छन्, ‘यहाँ ट्रक कि पल्टी कैसे होति है ?’ ती प्रहरी भन्छन्, ‘ट्रकको पल्टी… कैसे हुन्छ कैसे हुन्छ…’

पत्रकार सोध्छन्, ‘हिन्दी नहीँ जानते है आप ?’ प्रहरीले नजान्ने भाव व्यक्त गरेपछि पत्रकार फेरि क्यामरातिर फर्किएर चिच्याउँछन्, ‘देखिए, यहाँकी पुलिसको हिन्दी नहीँ आति ।’

त्यही स्थानमा रिपोर्टिङ गर्न पुगेका थिए, विराटनगरका पत्रकार सोनुकुमार दास । भारतीय पत्रकारको प्रस्तुति देखेर उनलाई ओडाहा भयो । त्यसपछि उनले ती पत्रकारमाथि नै रिपोर्टिङ गर्न सुरू गरे ।

पुरुष पत्रकारलाई बुम तेर्स्याउँदै उनले सोधे, ‘तपाईंहरूले नेपालमा रिपोर्टिङ गर्न अनुमति लिएर आउनुभएको हो ?’ भारतीय पत्रकारले जवाफ दिए, ‘मैले प्रशासनमा गाडी राखेँ र रिपोर्टिङ गरेर आउँछु भनेर आएँ ।’

सोनुले सोधे, ‘प्रशासनले अनुमति दिएको कुनै प्रुफ छ तपाईंसँग ?’

ती पत्रकारले कुनै प्रमाण देखाउन सकेनन् । बरु फलाक्न थाले, ‘हेर्नुस्, नेपाल र भारतको रोटी बेटीको सम्बन्ध छ…’

तर, उनले आफ्नो कुरा सकाउन नपाइकन उनकी सहयोगी महिला पत्रकार बम्किन थालिन् । सोनुसँग उनको विवाद सुरू भयो ।

सोनुले आफू नेपाली पत्रकार भएको भन्दै भारतबाट आएर रिपोर्टिङ गर्न प्रशासनको अनुमति चाहिने दोहोर्‍याए ।

त्यसपछि महिला पत्रकारले भनिन्, ‘तपाईंसँग नागरिकता छ ? हेराउनुस् ।’

सोनुले आफ्नो परिचयपत्र देखाउँदै भन्छन्, ‘म नेपालको हुँ, तपाईं कहाँको हुनुहुन्छ ?’

त्यसपछि ती महिला होस गुमाउँछिन् र सोनुलाई अपशब्दसहित अश्लिल इशारा गर्छिन् । यति मात्र होइन, सोनूले आफूलाई गलत तरिकाले छोएको आरोपसमेत लगाउन भ्याउँछिन् । पुरुष पत्रकार पनि उनलाई साथ दिन्छन् । उनीहरूले सोनुको क्यामरा खोस्न प्रयास गर्छन् । नसकेपछि भिडिओ डिलिट गर्न आदेश दिन्छन् । तर, त्यहाँ उपस्थित स्थानीयहरूले भारतीय पत्रकारको कडा प्रतिकार गर्छन् ।

‘आफैं अश्लील शब्दहरू प्रयोग गर्ने, उल्टै छोएको आरोप लगाउने ?’ भन्दै स्थानीयहरू जाइलागेपछि भारतीय पत्रकार हच्किन्छन् ।

क्यामरातिर फर्केर पुरुष पत्रकार फुस्फुसाउँदै भन्छन्, ‘देखिए, ऐ ऐसे पत्रकार है जिसको हिन्दी बोलना नहीँ आता ।’

त्यसपछि उनीहरू दुवै त्यहाँबाट भाग्छन् ।

यस्तो लफडा भइरहँदा घटनास्थलमा प्रहरीको उपस्थिति भने देखिएको छैन । यस विषयमा  पत्रकार सोनु दासले प्रहरी निरिह बनेको आरोप लगाए । ‘प्रहरी नजिकै थिएँ, तर भारतीय पत्रकारले दादागिरी देखाउँदा उनीहरू निरिह बनेर बसिरहे,’ उनले भने ।

प्रहरीले हस्तक्षेप नगरेपछि सोनु आफैं प्रहरीसम्म पुगेका थिए । उनले भने, ‘मलाई पनि पक्राउ गर्नुस् र तिनीहरूलाई पनि पक्राउ गरेर कारबाही गर्नुस् ।’

तर, प्रहरीले स्थानीयबासी आक्रोशमा रहेको र घटनाले उग्ररूप लिन सक्ने भन्दै लाचारी देखाएको सोनुकाे भनाइ छ ।

भारतीय पत्रकारले सीमा क्षेत्रमा आएर दादागिरी देखाउने यो कुनै नयाँ घटना भने होइन । उनीहरू विनाअनुमति नेपालमा आएर रिपोर्टिङ गर्दै यथार्थभन्दा गलत रिपोर्टिङ गर्दै आएका छन् । 

नेपाली प्रहरी-प्रशासनले स्थानीय मिडियालाई कडाइ गर्ने तर भारतीय मिडियासामु लाचार देखिने गरेको स्थानीय सञ्चारकर्मीको गुनासो छ । नेपाली सञ्चारकर्मीले भारतमा अनुमति लिएर रिपोर्टिङ गर्दा पनि क्यामरा खोस्ने र भिडिओ डिलिट गर्न लगाउने गरिएको सोनु बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending