Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रशासनले स्थानीय मिडियालाई कडाइ गर्दा सिमा क्षेत्रमा भारतीय पत्रकारको तमासा

खबरडबली संवाददाता

काठमाडौं । गत शुक्रबार बिहान एउटा ट्रक कोशीको पुलबाट खस्यो । दिउँसोतिर दुई भारतीय पत्रकार (एक पुरुष र एक महिला) कोशी व्यारेजमा देखिए । उनीहरूले रिपोर्टिङका नाममा त्यहाँ ड्यूटीमा रहेका प्रहरीहरूलाई केरकार गर्न थाले ।

पुरुष पत्रकार एक प्रहरीलाई थर्काउने शैलीमा सोधिरहेका थिए, ‘यहाँ ट्रक कि पल्टी कैसे हो ति है ?’ ती प्रहरीको जवाफ थियो, ‘थाहा भएन, सम्बन्धित निकायमा सोध्नुस् ।’

त्यसपछि पत्रकार क्यामरातिर फर्किएर चर्किए, ‘आप देख सक्ते हे, जो ब्यारेज पे अन ड्यूटी कर रहे उनको खुद पता नहीँ है कि ट्रक कि पल्टी कैसी होति है ।’

त्यसपछि अर्का प्रहरीलाई बुम तेर्स्याउँदै उही प्रश्न सोध्छन्, ‘यहाँ ट्रक कि पल्टी कैसे होति है ?’ ती प्रहरी भन्छन्, ‘ट्रकको पल्टी… कैसे हुन्छ कैसे हुन्छ…’

पत्रकार सोध्छन्, ‘हिन्दी नहीँ जानते है आप ?’ प्रहरीले नजान्ने भाव व्यक्त गरेपछि पत्रकार फेरि क्यामरातिर फर्किएर चिच्याउँछन्, ‘देखिए, यहाँकी पुलिसको हिन्दी नहीँ आति ।’

त्यही स्थानमा रिपोर्टिङ गर्न पुगेका थिए, विराटनगरका पत्रकार सोनुकुमार दास । भारतीय पत्रकारको प्रस्तुति देखेर उनलाई ओडाहा भयो । त्यसपछि उनले ती पत्रकारमाथि नै रिपोर्टिङ गर्न सुरू गरे ।

पुरुष पत्रकारलाई बुम तेर्स्याउँदै उनले सोधे, ‘तपाईंहरूले नेपालमा रिपोर्टिङ गर्न अनुमति लिएर आउनुभएको हो ?’ भारतीय पत्रकारले जवाफ दिए, ‘मैले प्रशासनमा गाडी राखेँ र रिपोर्टिङ गरेर आउँछु भनेर आएँ ।’

सोनुले सोधे, ‘प्रशासनले अनुमति दिएको कुनै प्रुफ छ तपाईंसँग ?’

ती पत्रकारले कुनै प्रमाण देखाउन सकेनन् । बरु फलाक्न थाले, ‘हेर्नुस्, नेपाल र भारतको रोटी बेटीको सम्बन्ध छ…’

तर, उनले आफ्नो कुरा सकाउन नपाइकन उनकी सहयोगी महिला पत्रकार बम्किन थालिन् । सोनुसँग उनको विवाद सुरू भयो ।

सोनुले आफू नेपाली पत्रकार भएको भन्दै भारतबाट आएर रिपोर्टिङ गर्न प्रशासनको अनुमति चाहिने दोहोर्‍याए ।

त्यसपछि महिला पत्रकारले भनिन्, ‘तपाईंसँग नागरिकता छ ? हेराउनुस् ।’

सोनुले आफ्नो परिचयपत्र देखाउँदै भन्छन्, ‘म नेपालको हुँ, तपाईं कहाँको हुनुहुन्छ ?’

त्यसपछि ती महिला होस गुमाउँछिन् र सोनुलाई अपशब्दसहित अश्लिल इशारा गर्छिन् । यति मात्र होइन, सोनूले आफूलाई गलत तरिकाले छोएको आरोपसमेत लगाउन भ्याउँछिन् । पुरुष पत्रकार पनि उनलाई साथ दिन्छन् । उनीहरूले सोनुको क्यामरा खोस्न प्रयास गर्छन् । नसकेपछि भिडिओ डिलिट गर्न आदेश दिन्छन् । तर, त्यहाँ उपस्थित स्थानीयहरूले भारतीय पत्रकारको कडा प्रतिकार गर्छन् ।

‘आफैं अश्लील शब्दहरू प्रयोग गर्ने, उल्टै छोएको आरोप लगाउने ?’ भन्दै स्थानीयहरू जाइलागेपछि भारतीय पत्रकार हच्किन्छन् ।

क्यामरातिर फर्केर पुरुष पत्रकार फुस्फुसाउँदै भन्छन्, ‘देखिए, ऐ ऐसे पत्रकार है जिसको हिन्दी बोलना नहीँ आता ।’

त्यसपछि उनीहरू दुवै त्यहाँबाट भाग्छन् ।

यस्तो लफडा भइरहँदा घटनास्थलमा प्रहरीको उपस्थिति भने देखिएको छैन । यस विषयमा  पत्रकार सोनु दासले प्रहरी निरिह बनेको आरोप लगाए । ‘प्रहरी नजिकै थिएँ, तर भारतीय पत्रकारले दादागिरी देखाउँदा उनीहरू निरिह बनेर बसिरहे,’ उनले भने ।

प्रहरीले हस्तक्षेप नगरेपछि सोनु आफैं प्रहरीसम्म पुगेका थिए । उनले भने, ‘मलाई पनि पक्राउ गर्नुस् र तिनीहरूलाई पनि पक्राउ गरेर कारबाही गर्नुस् ।’

तर, प्रहरीले स्थानीयबासी आक्रोशमा रहेको र घटनाले उग्ररूप लिन सक्ने भन्दै लाचारी देखाएको सोनुकाे भनाइ छ ।

भारतीय पत्रकारले सीमा क्षेत्रमा आएर दादागिरी देखाउने यो कुनै नयाँ घटना भने होइन । उनीहरू विनाअनुमति नेपालमा आएर रिपोर्टिङ गर्दै यथार्थभन्दा गलत रिपोर्टिङ गर्दै आएका छन् । 

नेपाली प्रहरी-प्रशासनले स्थानीय मिडियालाई कडाइ गर्ने तर भारतीय मिडियासामु लाचार देखिने गरेको स्थानीय सञ्चारकर्मीको गुनासो छ । नेपाली सञ्चारकर्मीले भारतमा अनुमति लिएर रिपोर्टिङ गर्दा पनि क्यामरा खोस्ने र भिडिओ डिलिट गर्न लगाउने गरिएको सोनु बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending