Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

उपचार खर्चको अभावमा जितबहादुर ओछ्यानमा

खबरडबली संवाददाता

बैतडी  ।  सुर्नया गाउँपालिका–२, ग्वानी घरकट्टेका ५२ वर्षीय जितबहादुर विष्ट उपचार खर्चको अभावमा विगत एक वर्षदेखि ओछ्यानमा थला परेका छन् । 

भारतमा ज्याला मजदुरी गर्ने क्रममा खुट्टा भाँचिएपछि उहाँलाई हिँडडुल गर्न पनि समस्या भएको छ । खुट्टामा राखिएको फलामको रड झिक्न पनि आर्थिक समस्या भएको उनी बताउँछन्  ।

उनको दायाँ खुट्टा भाँचिएको छ भने कम्मरमुनिको भागले राम्रोसँग काम गर्दैन । भाँचिएको खुट्टामा रड राखेर उनलाई हिँडडुल गर्न समस्या भएको छ । एक वर्षदेखि ओछ्यानमै  थला परेका छन्  । रड राखेको खुट्टाको नियमित उपचार गर्न नसक्दा पाप्रा निस्कन थालेको छ भने खुट्टा सुकेर चल्न नसक्ने अवस्था छ । खुट्टा भाँचिनुअघि नै श्रीमती गुमाएका विष्टले दुःखेसो पोखे । 

छोरा पनि सुस्त मनस्थितिको भएकाले वृद्ध आमाले स्याहार गर्ने गरेको पीडा उनले सुनाए । घरको आर्थिक अवस्था दयनीय भएका कारण जितबहादुरले उपचार गर्न नसकेको उनका नातेदार गणेश विष्टले बताए ।

उपचार खर्चका लागि स्थानीय सरकारसँग कुरा राख्न जाँदा बजेट नभएको भन्दै फर्काइदिने र अपाङ्गता भत्ता लिनका लागि पनि अस्पतालबाट चिकित्सकको सिफारिस खोज्ने गरेको आफन्त विष्टले बताए । कतैबाट पनि कुनै सुनुवाइ नभएपछि गरिबले ओछ्यानमै थला पर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनले मनकारी तथा सहयोगीसँग उपचार खर्चका लागि याचना गरेका छन्  ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending