रामेछाप । रामेछापकाे उत्तरी भेगमा निर्माणािधन रहेकाे लिखु–२ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिन थाले सँगै स्थानय त्रसित भएका छन् । सुरुङ चुहिएर त्यसभन्दा तल्लो भागको बस्ती जलमग्न भएकाले डेढ महिनाअघि सुरुङमा पानी पठाउन बन्द गरिए पनि अहिले पुन पानी पठाउँदा पानी चुहीएकाे हाे ।
सुरुङमा पानी पठाउन बन्द भएको करिब १ महिनापछि चुहिएको पानी बन्द भएको भएपनि केही दिनअघि फेरि पानी हालेपछि पहिले जस्तै पानी चुहिन थालेको स्थानीय राजेन्द्र घिमिरेले बताए । दुगड समूहबाट निर्माणाधीन ५५ मेगावाट क्षमताको लिखु–२ जलविद्युत् आयोजनाले सुरुङमा पानी हालेर उत्पादन गृह परीक्षण गर्ने क्रममा रामेछापको उमाकुण्ड–२ गुम्देलको पेकरनास बस्तीमा जताततै पानीको मूल फुटेको थियो । पेकरनासका ४२ परिवार बसोबास रहेको क्षेत्रमा पानी चुहिन थालेपछि स्थानीय गाउँ छाडेर सुरक्षित स्थानमा सरेका थिए । तीमध्ये अति जोखिममा रहेका १६ परिवारलाई आयोजनाले खानेबस्ने व्यवस्था गर्दै आएको छ ।
जलविद्युत् आयोजनाको सुरुङ निर्माण नहुँदासम्म पेकरनासमा पानी थिएन । खानेपानीको सास्ती रहेको उक्त बस्तीमा सुरुङमा पानी पठाएपछि जताततैबाट पानी चुहिँदा स्थानीयले सुरक्षित स्थानमा स्थानान्तरणको माग गर्दै आएका छन् । तर आयोजनाले स्थानीयको मागप्रति बेवास्ता गर्दै सुरुङ चुहिएको नभई पानीको मूल फुटेको जनाएको थियो ।
स्थानीयको भागाभाग भएपछि प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहितको टोलीले अनुगमन गरेको थियो । उक्त टोलीले विपद् निम्तिन सक्ने भन्दै तत्काल सुरुङमा हालेको पानी बन्द गर्न निर्देशनका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । गृहमार्फत विद्युत् विकास विभागले आयोजनालाई सुरुङमा हालेको पानी बन्द गर्न भनेको थियो ।
विभागको निर्देशनपछि लिखुमा पानी फर्काएको आयोजनाले फेरि एक साताअघि सुरुङमा पानी हालेको हो । आयोजना उत्पादन गृहको परीक्षणमा जुटेको छ । आयोजनाको प्रभावित क्षेत्रमा पानी चुहिएपछि विद्युत् विकास विभागले विज्ञको टोली अध्ययनका लागि पठाएको थियो । उक्त टोलीले असार पहिलो साता विभाग र ऊर्जा मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । तर उक्त प्रतिवेदन सार्वजनिक नभएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: