Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सुरू

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरू भएको छ। 

शनिबार भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबारस्क्वायरमा ‘साइकल कनेक्ट संस्था’ले आयोजना गरेको उक्त च्यालेन्ज बागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईंले रिबन काटेर शुभारम्भ गरेका हुन्।

तीन वर्षदेखि सञ्चालन हुँदै आएको ‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नाका साथै पर्यटकीय विकासमा ठूलो टेवा पुर्‍याउँदै आएको गोसाईंले बताए। सफलतापूर्वक सञ्चालन हुँदै आएको यस च्यालेन्जले साइकल यात्रीलाई प्रोत्साहन दिनाका साथै यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्‍याएको उनले चर्चा गरे।

संस्थाका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुमित बालाले यस वर्ष कार्यक्रममा छ सयभन्दा बढी साइकल यात्रीको सहभागिता रहेको बताए। उनले भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउनुका साथै टर्की र सिरियाका भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

भक्तपुर तथा काभ्रेका अधिकांश पर्यटकीय क्षेत्रको सौन्दर्यलाई नियाल्दै एक सय किलोमिटरको यात्रा आज एकै दिनमा सक्ने बालाले बताए। उनका अनुसार बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरू भएको साइकल यात्रा सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, नीलबाराही, बेँसीगाउँ, दुवाकोट हुँदै चाँगुनारायणसम्म पुगेको छ। 

यो यात्रा त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, विरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमी, सल्लाघारी हुँदै पुन: भक्तपुर दरबार क्षेत्रमा पुगेर साँझ ७ बजे समापन गरिने संयोजक बालाले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: