Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

बिरुवा बिक्रीबाटै मनग्गे आम्दानी गर्दै सिन्धुलीका नर्सरी किसान

खबरडबली संवाददाता

सिन्धुली  । गाउँमा गरे के हुदैन भन्ने उदाहरणा बनेका छन् सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, हिर्दिङ निवासी रमेश थापा ।  यतिखेर उनखलाई आफ्नो नर्सरीमा उत्पादन भएको जुनारको बिरुवा बिक्री गर्न भ्याइनभ्याइ छ ।

जुनारको बिरुवा रोप्ने मुख्य सिजन भएकाले बिरुवा बिक्री गर्दै आफ्नो दैनिकी बित्ने गरेको उनी बताउँछन् । हरेक वर्ष मनसुन सुरु भएपछि जुनारको बिरुवा बिक्री गर्ने सिजन पनि सुरु हुन्छ । विगत १० वर्षदेखि नर्सरी व्यवसाय गर्दै आएका थापाले यो वर्ष असारको सुरुदेखि अहिलेसम्म १३ हजार जुनारको बिरुवा बिक्री गरेकाे र अब १० हजार बिरुवा बिक्री गर्न बाँकी रहेकेा बताए । 

आफ्नो नर्सरीमा जुनारका अतिरिक्त कागती, एभोकाडो, खुर्पानेको पनि बिरुवा रहेको र सबै बिरुवा गरी ४० हजार जति बिक्री गरिसकेको उनले बताए । अहिलेसम्म बिक्री गरेको सबै बिरुवाबाट करिब २५ लाख रुपियाँ आम्दानी लिइसकेको पनि उनकाे भनाइ छ । थापाका अनुसार उनीसँग ३० हजार बिरुवा उत्पादन क्षमताका जुनारका बिरुवा उत्पादन गर्न तीन वटा प्लास्टिकका घर (स्क्रिन हाउस) छन् । प्लास्टिकको घरबाहिर खुला बगैँचामा पनि कागती, एभोकाडो र खुर्पानेको बिरुवा उत्पादन गरेका छन् । जुनारको बिरुवा प्रतिगोटा १२५ रुपियाँ, कागतीको एक वर्षको बिरुवा प्रतिगोटा २५ रुपियाँ, दुई वर्षको ६० रुपियाँ र स्क्रिन हाउसभित्रको बिरुवा १५० रुपियाँमा बिक्री हुँदै आएको छ । बिरुवा स्थानीयस्तरमा र रामेछाप जिल्लामा खपत हुँदै आएको नर्सरीधनी थापाको भनाइ छ । 

त्यस्तै गोलन्जोर गाउँपालिका–४, माझकुभिण्डे निवासी पदमबहादुर ठाडाको दिनचर्या जुनारको बिरुवा बिक्री गर्नमा बित्दै आएको छ । रोजगारीको खोजीमा लाखौँ रुपियाँ खर्चेर विदेश जाने युवाका लागि जिल्लाको दुर्गम क्षेत्रमा बसेर नर्सरी खेती गरी मनग्ये आम्दानी लिएर उनी पनि उदाहरणीय बनेका छन् ।

नर्सरीधनी ठाडाले गाउँमै बसेर ३९ वर्षदेखि नर्सरी खेतीबाट बर्सेनि लाखौँ रुपियाँ आम्दानी लिँदै आएका छन् । २०३८ सालदेखि नर्सरी खेती गर्दै आएका किसान ठाडाले असार  महिनामा मात्रै जुनारका बिरुवा बिक्री गरी अढाइ लाख रुपियाँ आम्दानी लिइसकेको बताए । आफ्नो सबै लगानी नै नर्सरीमा रहेकाले त्यसैको आम्दानीले घर खर्चदेखि छोराछोरी पढाउनेलगायतका व्यवहार टरेको उनले सुनाए । नर्सरीधनी ठाडाले १५ लाख रुपियाँ लगानी गरी चार हजार बिरुवा उत्पादन गर्ने क्षमताको एउटा स्क्रिन हाउस निर्माण गरेका छन् । उनले स्क्रिन हाउस र बाहिर खुल्ला ठाउँमा जुनारसहित सुन्तलाको बिरुवा उत्पादन गर्दै आएका छन् । 

अब तीन हजार जति जुनारका बिरुवा बाँकी रहेको र बिरुवा लगाउने समय भदौसम्म रहेकाले सबै बिक्री हुने उनले बताए । त्यसो त किसान ठाडाले नर्सरी सुरु गर्दा २०३८ सालमा बिरुवाको मूल्य प्रतिगोटा दुई रुपियाँ रहेकामा अहिले मूल्य वृद्धि भई प्रतिगोटा १२५ रुपियाँ पुगेको छ । बिरुवा कलमी र बिजु गरी दुई थरीका हुने गरेकोमा आफूले कलमी बिरुवा उत्पादन गरेको किसान ठाडाले बताए । उनले भने, “कलमी बिरुवाबाट उत्पादन छिट्टै लिन सकिने भएकाले किसान पनि कलमी बिरुवाप्रति नै आकर्षित हुन्छन् ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपर जोनका अनुसार सिन्धुली जिल्लामा जुनारका बिरुवा उत्पादन गर्ने नर्सरी २३ वटा दर्ता भएका छन् । तीमध्ये १४ वटा नर्सरीले बिरुवा उत्पादन गर्दै आएका छन् ।

जिल्लामा वार्षिक रूपमा २५ देखि ३० हजार वटा जुनारका बिरुवा बेच्न योग्य उत्पादन हुने तर दुई लाखभन्दा बढी उत्पादन हुँदै आएको उनले बताए  । जुनारका बिरुवा उत्पादन गर्न सुपर जोनले किसानलाई स्क्रिन हाउस निर्माणमा अनुदान, प्राविधिकलगायतका सेवा दिँदै आएको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...

ढुंगामुढा भएको मनोहरा क्षेत्रमा आज बिहानैबाट डोजर चल्दै

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...

बाँझो जमिनबाट ‘चिया गाउँ’सम्म : एउटा जुक्तिले फेरिएको रेशगाउँ

बागलुङ । कहिल्यै खेती नगरेर झाडीले ढाकिएको पाखो जमिन—रेशगाउँको पहिचान यही थियो। बसाइँसराइ बढ्दै जाँदा खेत बाँझै बस्न थालेका थिए, गाउँ सुनसान हुँदै थिय...

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ  ५० पैसा र बिक्रीदर १५१ र...

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

मकवानपुर । मकवानपुरको भिमफेदी कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको...

सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा झडप, २२ सुरक्षाकर्मी घाइते

भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी...

बाह्र दिनमा चार सय २२ विपद्का घटना, २७ जिल्ला प्रभावित

 काठमाडौं। वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि ...

फोप्लीमा झरीको रेकर्ड, याे साताभर वर्षाकाे सम्भावना

काठमाडौं । प्रिमनसुनको संकेत अब स्पष्ट देखिन थालेको छ। पछिल्लो २४ घण्टामा फोप्ली मा ९७.६ मिलिमिटर वर्षा मापन भएसँगै पश्चिमदेखि पूर्वसम्म मौसम सक्रिय ब...

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending