सल्यान । प्रदेश राजधानी जोड्ने प्रमुख सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको छ । श्रीनगर खलंगा, कुपिण्डे बालुवासंग्रही सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका–९ ज्यामिरेदेखि बाबियाचौरसम्मको १ किलोमिटर ५ मिटर सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको हो ।
मध्य असारमा वर्षाको बीचमा कालोपत्रे गर्दा गुणस्तरहीन हुँदा एक हप्ता नपुग्दै कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ ।
करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे गर्न भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण कम्पनी प्राकृतिक निशान जेभीले भ्याट सहित १ करोड ४२ लाखमा २०७७ असार ७ गते सम्झौता गरेका थिए । २०७७ पुस ६ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि पटक पटक म्याद थप भएपछि अन्तिम पठक २०७८ चैत ३० गतेसम्म म्याद थप गरिएको थियो ।
अन्तिम पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि २०८० असार ११ गते ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयले दावी गरेको छ ।
निर्माण कम्पनीलाई निर्धारित समयभित्रै काम सम्पन्न गर्न पटक पटक आग्रह गर्दा पनि काम नभएपछि सम्झौताको म्याद सकिएकाले ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
असार ११ गतेपछि के काम भएको छ भन्ने जानकारी नभएको उनको भनाइ छ । त्यसअघि कहाँ के कति काम भएका थिए त्यो जिम्मा आफ्नो भएको उनले बताए ।
असार ११ गते अघिसम्मको कामको मात्र मूल्यांकन हुने र सोही अनुसारको भुक्तानी पनि हुने बताउँदै उनले त्यसपछिका विषय आँफुहरुसँगको सरोकारको विषय नभएको बताए ।
यता प्राकृतिक निशान जेसीका सञ्चालक डिल्ली केसीले ठेक्का रद्द भएको नभई वार्निङ मात्र दिएको दावी गरेका छन्। ठेक्का रद्द भएको होइन, एक हप्ताभित्र काम गर्न वार्निङ दिएको र उक्त समयभित्र आफूले काम सम्पन्न गरेको दावी छ।
डिजाइनमा नाला नभएकाले कालोपत्रे उप्किएको उनको भनाइ छ। नाला कम र साँघुरो घुम्ती राखिएकाले घुम्तीमा कालोपत्रे उत्रिएको केसीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: