Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

गाउँमै उत्पादन गदै महिलाहरु लुगाधुने साबुन

खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका १ कुन्तादेवीका महिलाहरु लुगा धुने साबुन बनाउन थालेका छन् । प्युठानमा मूख्य कार्यालय रहेको फ्युचर ट्रिम ओरेन्टेसनको दुइदिने तालीम पश्चात महिलाहरु लुगाधुने साबुन बनाउन थालेका हुन् ।

ओरेन्टेसनको गाउँगाउँमा स्वरोजगारका लागि महिला जागरण कार्यक्रम अन्तरगत पैसा  तिरेर सीप सिकेका स्थानीय महिलाहरुले आफैँ साबुन बनाउन थाले सँगै अहिले बजारको साबुन किन छाडेको उनीहरु बताउँछन् ।

आफैँले साबुन बनाउन थालेपछि २ महिनादेखि बजारको साबुन किन्न छाडेको स्थानीय बिमला फुयाल (धमला)ले  बताइन् । दुई महिना देखी आफैँले घरैमा तयार गरेको साबुन प्रयोग गर्दै आएको उनको भनाइ छ ।

सःशुल्क सीप सिकाउने  संस्था गाउँमा आएको मौकामा गाउँका एक दर्जन बढी महिलाहरुले दिनको ६ सय रुपैयाँ तिरेर २ दिन तालिम लिएका स्थानीय माधब धमलाको भनाइ छ । त्यसमध्ये ४ जना महिलाले अहिले निरन्तर रुपमा साबुन बनाइरहेको उनले बताए । तत्काल विक्रीका लागि नसोचिएको र घरायसी प्रयोजनका लागि बनाउने गरिएको उनले बताए ।

आफैँले बनाएको साबुन गुणस्तरीय समेत भएको उनीहरुको भनाई छ । साबुनका लागि चाहिने कच्चा पदार्थ भने तालिम दिने संस्थाले सशुल्क उपलब्ध गराउँदै आएको छ । संस्थाले उपलब्ध गराएको ७५० रुपैयाँको कच्चा पदार्थले तीन दर्जन बढी साबुन उत्पादन हुने र बजारमा किनीएको साबुन भन्दा गणस्तरीय हुने धमलाको भनाइ छ । गाउँमा अनजान संस्थाले दिएको तालीमलाई स्थानीय सरकारले उद्यमशीलता विकास गरीदिए गाउँमै स्वरोजगार मुलक काम गर्न सकिने उनीहरुको भनाइ छ ।

हाम्रो स्थानीय सरकारले यो क्षेत्रमा लगानी गरेर स्थानीय उत्पादनमा जोड दिने बेला भएको स्थानीय दीपक फुयालले बताए । सीप सिकाएर उद्यमशीलतासँगै रोजगारीको समेत प्रत्याभूति गर्नु आवश्यक भएको उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...

ढुंगामुढा भएको मनोहरा क्षेत्रमा आज बिहानैबाट डोजर चल्दै

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...

बाँझो जमिनबाट ‘चिया गाउँ’सम्म : एउटा जुक्तिले फेरिएको रेशगाउँ

बागलुङ । कहिल्यै खेती नगरेर झाडीले ढाकिएको पाखो जमिन—रेशगाउँको पहिचान यही थियो। बसाइँसराइ बढ्दै जाँदा खेत बाँझै बस्न थालेका थिए, गाउँ सुनसान हुँदै थिय...

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ  ५० पैसा र बिक्रीदर १५१ र...

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

मकवानपुर । मकवानपुरको भिमफेदी कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको...

सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा झडप, २२ सुरक्षाकर्मी घाइते

भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी...

बाह्र दिनमा चार सय २२ विपद्का घटना, २७ जिल्ला प्रभावित

 काठमाडौं। वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि ...

फोप्लीमा झरीको रेकर्ड, याे साताभर वर्षाकाे सम्भावना

काठमाडौं । प्रिमनसुनको संकेत अब स्पष्ट देखिन थालेको छ। पछिल्लो २४ घण्टामा फोप्ली मा ९७.६ मिलिमिटर वर्षा मापन भएसँगै पश्चिमदेखि पूर्वसम्म मौसम सक्रिय ब...

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending